-नाम्सादिम संवाददाता

काठमाडौं । मोडल स्वस्तिका योन्जनले अभिनय गरेको गीत ‘सँगै जिउने कसम खाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

योन्जनले अभिनय गरेकाे यो दोस्रो म्युजिक भिडियो हो । युट्युव मार्फत सार्वजनिक भएको उक्त भिडियोमा गायक धिरज पौडेलको स्वर रहेको छ ।

गायक पौडेलको उक्त जिजिविसा एल्बममा संग्रहित छ । स्वस्तिकाको अलवा भिडियोमा संगम पोखरेल र विशाल शाक्यको अभिनय रहेको छ । कृष्ण पौडेलले निर्देशन गरेको भिडियोको छायाँङ्कन ओम मगरले गरेकाे हाे ।

SHARE