स्वरसम्राट नारायण गोपालको स्मृतिमा भक्तपुरमा नारायणगोपाल स्मृति साँझ हुने भएको छ। भक्तपुरमा पहिलो पटक हुन लागेको स्मृति साँझ भक्तपुर सांगीतिक समाजको आयोजनामा हुन लागेको हो। कार्यक्रम भक्तपुरको सूर्यविनायकमा यहि पाैष २२ गते हुनेछ।

गायक कर्णदासलगायत राष्टियस्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले नारायणगोपाल गुरुवाचार्यका गीत गाउने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष कपिल कसपालले जानकारी दिए।

भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारलाई गोलबद्ध गर्दै जाने उद्देश्यका साथ एक महिना अगाडि स्थापित समाजको उक्त कार्यक्रममा गुरुवाचार्यका मन छुने गीतलाई करिब १२ कलाकारले गाउने जनाइएको छ। रासस

SHARE