–नाम्सादिम संवाददाता
नेपाली संगीतिक क्षेत्रले छुट्टै किसिमले फड्को मारिरहेको छ । यससंगै नव गायक गायिकाहरु जन्मिने क्रम पनि बढिरहेका छन् । यस क्षेत्रमा कतिपय संगीत बुझेर त कतिपय नबुझे पनि रहर पु¥याउँन लागिपरेका छन् ।

यत्तिबेला नव गायक सुवास लामा तामाङले भने संगीतकाे विषयमा अाफूले केही सिकेर यस क्षेत्रमा प्रवेश गरेका छन् । उनले भर्खरै  ‘एशियाको आँगनीमा’ नेपाली राष्ट्रिय गीत लिएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकाे हाे । उक्त गीतमा तामाङको नै शब्द, संगीत र स्वर रहेको छ । उनलाई गीत गाउँन सपना लामा, तेम्बा लामा र अन्जलि शेर्पाले साथ दिएका छन् ।

गीतलाई शुक्रबार सङ्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरेको छ । स्वयत्न योञ्जनले निर्देशन गरेको उक्त गीत जर्सिङ पौवा र बौद्धमा छायाङ्कन गरेको हो ।

म्युजिक भिडियोमा फुर्साङ योञ्जन तामाङ, निकेश योञ्जन, रुपा लामा, शहिल लामा, स्मृति मगर र अर्यान लामा लगायतले अभिनय गरेका छन् ।

लोक पप र तामाङ सेलो गीत पनि छिट्टै बजारमा लिएर अाउने तयारी गरिरहेको नव गायक सुवास तामाङले नाम्सादिमलाई बताए ।

SHARE