गान्बाले डेन्बा भन्दै गर्दा
एउटा हातको आइराक र
अर्को हातको कोम्हेन्दोले
छ्योत् गर्दै
सगुन पोङ बाड्नु भयो
र त्यसै क्षण देखि
म पाराङको भए
र पारङ मेरो भयो।

हामी सुभ कामको लागि
शुभ समयको लागि
हरेक शुभ क्षणको लागि
को म्हेन्दोले
रङ्ग्याएर हाम्रो हत्केला र निधारहरु
सुनौलो भाग्य लेख्ने गर्छौ।

को म्हेन्दो यस्तो फूल हो
जस्लार्इ कसै संग तुलना गर्न मिल्दैन।
जो रस मात्र चुस्ने भमरा
सितल बहने हावा
न्यानो घाम
र सुन्दर जुन
पहाड मुस्कुराउने पाडाला म्हेन्दो
र मन्दिरको अछेता
यी सबै-सबै आफैमा चोखो भएर पनि
को म्हेन्दोलार्इ स्पर्श गर्न पाउदैनन।
किन कि
को म्हेन्दो यस्तो फूल हो
जो ईस्वर भन्दा माथिल्लो दर्जामा छ।

पाराङ म को म्हेन्दो हुँ
को म्हेन्दो सृष्टि हो
को म्हेन्दो आफैमा एउटा
संस्कार हो
को म्हेदो आफैमा एउटा
एतिहास हो।
त्यो को म्हेन्दो भित्र तामाङ पहिचान छ
र यो (म) को म्हेन्दो भित्र सिङ्गो तिमी छौ।
म त्यो को म्हेन्दोको संरक्षण गर्छु
तिमी यो को म्हेन्दोलाई प्यार गर्नु।

-शीतल थोकर तामाङ (रामेछाप )

SHARE