-सानु कान्छा तामाङ 

तामाङ समुदायले  कहिले देखी पुन: तामाङ लेख्न र तामाङ भाषा  बोल्न पाइयो भनेर जान्न पाउनु नितान्त जरुरी सम्झेर यो सानो इतिहासका अधुरा सत्यलाई पूर्णता दिने प्रयास गरेको छु । इतिहासका अलिखित दस्ताबेजहरु हराएर जान्छन र कसैले थाहा पत्तो पाउदैन यो धेरै दु:खलाग्दो कुरा हो । हामीले यस कुराको खोज अनुसन्धान गर्नु जरुरी छ । 
हुन त इतिहासको त्यो काल खन्ड समाप्त भएर गैसकेको छ । अहिलेको जल्दो बल्दो बिषयले जती महत्व त्यो इतिहासका कुराले नपाउला आफ्नो ठाउँमा छ यद्द्पी यती हुँदा हुँदै पनि कुनै बेला मेरा आप्पा र मेह्मेले मलाई र मेरो समुदायलाई कत्ती संघर्ष गरी आज तामाङ्को छोरा छोरी भनेर गर्बका साथ भन्न पाउने बनाएको रहेछ भन्ने कुरा थाहा भएन भने ‘एउटा खास कुरा त हामीले थाहानै पाएनछौं भनेर सदैब खड्की रहने छ हाम्रा नयाँ पिढीहरुमा ।
माथि मैले एक ठाउँ पुन: भन्ने शब्द लेखेको छु । त्यसलाई सुरुवातको बिन्दु मान्दै आज भन्दा करिब १६० वर्ष पहिलेको एउटा दस्तावेज तिर लाना चाहन्छु । त्यति खेर एउटा राष्ट्रिय दस्तावेजको रुपमा नेपालको मुलुकी एन १९१० जारी भएको थियो । जती बेला जङ्ग बहादुर राणा जस्ता व्यक्तीको हातमा राज्यको शक्ती केन्द्रित थियो । पृथ्बीनारायण शाहले नेपाल एकीकरणको नाममा बिभिन्न तामाङ राज्यहरुलाई षड्यन्त्रपूर्ण तरिकाले आफ्नो बनाउदै लगेका थिए । भबिष्यमा पुन खतराका  रुपमा  तामाङ राज्यका ति पराजित शक्तीहरु मात्र भएको ति शासकहरुको ठम्म्याइ थियो । यस् कारण अब यि तमाङहरुलाई राज्य परास्त गरेर मात्रा हुँदैन यो तमाङहरु पुन: सङ्गठित हुन गएमा शासन सत्ता खोसिन सक्छ भन्ने कुरा थाहा पाएका थिए षड्यन्त्रकारी शासकहरुले ।
किन भने पराजित राज्य मध्य तमाङहरुको मात्रा यस्तो जातिय राज्य थियो जस्को आफ्नै भाषा, आफ्नै धर्म आफ्नै संस्कार, चाड पर्व, आफ्नै नियम कानुन राज्य सन्चालनका बिधी, सुरक्षा निकाय देखी सबै कुरामा तमाङ राज्य सम्पन्न थिए ।  परास्त भएर पनि आफ्नो भाषा, धर्म, संस्कारहरुलाई जीवन्त राख्न उद्दत तमाङहरु पुन: सङ्गठित हुन सक्ने सम्भावना देखेका ति षड्यन्त्रकारी शाहबङ्शीय शासकहरुले तमाङहरुलाई जरै देखी उखेलेन भने भबिष्यमा खतरा हुन्छ भन्ने निर्क्रिस्ट सोचका कारण सम्पूर्ण तवरले तामाङ  समुदायलाई नष्ट पार्न लागि परे ।
जबर्जस्ती संस्कार बदल्न लगाउनु, रितिरिवाजमा हस्त्क्षेप गर्नु, रुढीवादी कुरामा विश्वाश गर्न वाध्य पार्नु जस्ता कुराको प्रसस्त प्रमाणहरु हामी माझ बिद्यमान छँदै छ । उदाहरणको लागि दसैं तामाङहरुको चाड हुँदै होईन । यस्को बारेमा मौका मिले कुनै दिन लेख्ने प्रयास गर्ने छु । तैपनी हस्तक्षेपको नमुना स्वरुप यहाँ सानो कुरा थप्दै के उल्लेख गर्न चाहन्छु भने सांस्कृतिक हस्त्क्षेप गर्ने क्रममा सबै प्रजाहरुलाई दसैं अनिवार्य रुपमा मनाउन आदेश जारी भयो । यदी कसैले सरकारको आदेश पालना नगरी दसैं नमनाइकन आदेशको उल्लङ्घन भएको पाएमा ति व्यक्ती वा परिवारलाई फाँसी को सजाए हुने भनेर सजाए तोकिएको थियो ।
अब दसैं मनाएको नमनाएको ति शासक वर्गले कसरी थाहा पाउने त ? त्यसका लागि गाउँका मुखिया जमिनदार डिँड्ठाले काम पाए । तमाङहरुले त दसैं मनाउदैन भन्ने कुरा थाहा छँदै थियो । अब तामाङ मात्रले दसैं मनाएको प्रमाण  पुर्‍याउनु पर्ने अर्को हुकुम भयो । अब तमाङ समुदायले दसैंमा घर अगाडि ढुङ्गाको देवी बनाइ वलिको रुपमा कुखुराको भाले काटेर भालेको गर्दनको भुत्ला सहितको छाला तप तप रगत चुहाउँदै ढोका माथी भित्तामा टास्नु पर्ने भयो ।यदी यसो नगरिएको पाएमा गाउँका ति नारदहरुले देशका शासकहरु कहाँ खबर पुर्‍याउने र त्यस्तो आदेश उल्लङ्घन गर्नेलाई फाँसीको सजाए हुने भए पछी तमाङहरुले दसैं मान्न बाध्य भए ।
हाल त्यो एक संस्कारको रुपमा गाउँघरमा राम्रै सँग देख्न सकिन्छ । यसरी सबै पक्षबाट आक्रमणका शिकार बनेका तमाङ समुदायलाई समाप्त पार्ने योजना गर्दा गर्दै पनि तमाङ समुदायले आफ्नो सस्कारका महत्वपूर्ण विधीहरु (मर्दा पर्दाका) नछोडेको देखेपछी १९१० को मुलुकी एेन लागुगरी अब उपरान्त मास्न र मासिने मतुवाली जातको रुपमा तमाङ समुदायलाई गनना गरिने र यि जातलाई भेडा बाख्रा सरी कमारा कमारी वा दासको रुपमा किन् बेच समेत हुन सक्ने छ, यसो गरेमा कानुन उलङ्घनको कुनै वात लाग्ने छैन ।
यस् जातले  आफ्नो नामको पछाडि तमाङ जनाउने कुनै शब्द प्रयोग गर्न वा भाषा बोलेको लेखेको पाईएमा फासी वा देश निकालको सजाय समेतको कानुन पारीत भएको मुलुकी एन लागु भयो । (तपाईं १९१० को त्यो मुलुकी एेन हेर्न सक्नु हुन्छ) यो कानुन लागु भए पछीका घटनाहरुको लेखजोखा कतै अलिखित रुपमा रहेको हुन सक्छ यो खास अनुसन्धानको बिषय पनि हुनस्क्छ । यद्द्यपी यो मुलुकी एन लागु भएरै छाडे र तमाङ समुदायको पहिचाहन समाप्त भयो । तमाङहरु माथि पशुवत व्यवहार  सुरुभयो । दास दासीको रुपमा तमाङ समुदायको पहिचाहन सिमित बने ।
स्मरण रहोस् यो समयमा संसार भरी विश्व युद्ध घमासान चल्दै थियो । बेलायती पक्षधर जङ्ग बहादुरले सोझा तमाङहरुलाई बेलायती सेनाको सयोगार्थ पठाउने भए । कती सेनामा गए, युद्धबाट फर्के या फर्केन हिसाबनै थिएन । जती धेरै युद्धमा मारिन्थे जङ्गेलाई त्यती नै फाईदा हुन्थ्यो किन भने मृतकको नाममा आएको आर्थिक सहयोग राणाहरुको ढुकुटिमा जम्मा हुन्थे ।  यसै बिच युद्धमा जाने र फर्किनेहरुको माझबाट एक जना तमाङ योद्धाको नाम यहाँ उल्लेखनिय छ त्यो नाम हो सर्दार जङ्बिर तमाङ । उनी तमाङहरुले सदैब स्मरण गर्नु पर्ने नाम पनि हो । १९८९ को दसकमा सेनाबाट फर्किएका उनी केही शिक्षित पनि भएर फर्केका थिए । सेनाको जागिरबाट फर्केका जङगबिरलाई त्यती बेला पिर पर्‍यो । किनकी उस्लाई आफ्नो जात भाषा सबै हराएको थाहा भयो । अनी उनले तमाङको इतिहास, जात, भाषा, धर्मको कसरी पुनर्स्थापना गर्न सकिन्छ भन्ने तिर लागि परे । उनी चलाख ब्यक्तित्व भएका कारण एउटा जुक्ती निकाल्न सम्भब पनि भयो । उनको जुक्ती र योजना यस्तो थियो । 
त्यती बेला राणाजिहरुका थुप्रै रानीहरुहुने गर्थ्यो । सरदर जङ्गबिर तमाङ १९८९ तिर भिम शम्शेरको पालामा बेलायती सेनाबाट फर्केका थिए । भिम शम्शेरको पनि थुप्रै रानीहरु थिए । उनिहरु जहाँ जुन ठाउमा राम्री तरुनी या आईमाई पाए पनि त्यस्लाई रखेल ल्याइते या अरु कुनै रुपमा प्राप्त गर्थे । यहाँ त्यो जिल्ला त उल्लेख गर्न सकिएन तै पनि पुर्बी जिल्लाका ति तमाङ चेलीको नाम उल्लेख गर्न चाहन्छु जसलाई भिम शम्शेरले ल्याइतेको रुपमा दरबार भित्र्यएका थिए । त्यो नाम तमाङ समुदायले बिर्सन मिल्दैन, उनी हुन महरानी सिता । उनी तमाङ चेली हुन । उनको माइतिको थर ब्लोन थियो । 
सर्दार जङ्गबिरले आफ्नो गुनासो सिता महारानी समक्ष राखे पछी एउटा योजना बनेको पाईन्छ । जङ्गबिर र केही तमाङ मिलेर एउटा बिन्तिपत्र तयार पार्ने, त्यो बिन्तिपत्र भिम शम्शेर जब सिता महारानीकोमा रात बिताउन आउछन त्यती बेला सिता महारानीले त्यो क्षणलाई उपयोग गरी आफ्नो माइतीको जात भाषाको संरक्षणका लागि बिन्तिपत्र सहित अनुरोध गर्ने । यसरी बनेको योजना १९८९ भाद्र ६ गते सफल भएको प्रमाण हामीले पाउछौ ।
१९८९ भाद्र ६ गतेका दिन एउटा ईस्तिहारमा लाल मोहोर लगाइ तमाङ जात माथि लगाएको प्रतिबन्ध हटाएको उल्लेखित ईस्तिहार जारी भयो यद्द्य्पी १९१० को मुलुकी एन भने सचिएको थिएन । यसरी करिब ८० बर्षको लामो काल खन्ड पस्चात पुन: तमाङले तमाङ भाषा र जात  लेख्न र बोल्न पाउने भएको पाउछौ । हामीले ति दुई महान ब्यक्तित्व यस धर्तीमा न आएको भए तमाङ भन्ने जात र उन्को भाषाको भबिस्य कसैले आकलन गर्न सक्दैन थियो यस्तै हुन्थ्यो भनेर । आज हामी हाम्रो भाषा बोल्छौ । नामको पछाडी थर लेख्छौ गर्बका साथ उनै महान ब्यक्तित्वको कारण । त्यसैले उहाहरु प्रती श्रद्धा सुमन अर्पन गर्दै, थुजुछे ।
SHARE