तेमाल फाउण्डेसनले नेपाली कवितामा तामाङ साहित्यकारको योगदान भन्रे विषयमा कार्यपत्र सहित साहित्यिक यात्र कार्यक्रम सम्मन्न गरेकाे छ । यसै कार्यक्रममा ३० जना साहित्यकारले अा-अाफ्नाे कविता पनि राखेका थिए । साथै कार्यक्रममा गाेले केअार चालिसेलिले नेपाली कवितामा तामाङ साहित्यकारको योगदान भन्ने विषयमा राखेकाे कार्यपत्र यसप्रकार रहेकाे छ ।
विषय प्रवेश
कविता भनेको भावनात्मक यथार्थताको अनुपम संयोजनयुक्त कलात्मक सिर्जना हो । जहाँ भावनाले रङ भर्दछ । यथार्थताले सत्य निरुपित गर्दछ । अनुपम संयोजनले कलात्मकता थपेको हुन्छ । त्यसैले कविता सिर्जनाको उत्तम स्वरूप पनि हो । भोगाई, बुझाई तथा भावनालाई शाब्दिक संयोजनपूर्ण कौशलताले उजिल्याएको हुन्छ । अन्ततः आकर्षक साथै मर्मस्पर्शी कविताको जन्म भएको हुन्छ । त्यही कविता जन्माउने शिल्पी नै कवि/वयित्री हुन् । विश्व साहित्यको फूलबारीमा नेपाली कविता पनि आफ्नै स्थानमा फुलिरहेकै छ । स्रष्टाहरु कविता जन्माउने क्रममा लगातार जुटिरहेकै छन् । त्यसमा तामाङ साहित्यकार (कवि/कवयित्री)हरुका आफ्नै योगदान रहेका छन् । यहाँ नेपाली कविता र तामाङ साहित्यकारलाई सङ्क्षिप्त रुपमा चिनाउने प्रयास गरिएको छ । तिनका योगदान बारे चर्चा गर्ने जमर्को गरिएको छ । 
नेपाली कविता                                                                                                            सामान्य अर्थमा– नेपाली कविता भन्नाले नेपाली शब्दहरुका संयोजनबाट सिर्जित कविता भन्ने हुन्छ । यो आम बुझाई हो । यहिनेर, कथित नेपाली भाषा बाहेकका अन्य मातृभाषाहरुमा सिर्जना गरिएका कविता चाहिँ नेपाली कविता होइनन् त भन्ने प्रश्न टड्कारो रुपमा उठेका/उठाएका पाइन्छन् । नेपालको संविधानको धारा ६ मा ‘‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’’ भनेको छ । सोही संविधानको धारा ७ (१)ले देवानागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’’ भनेको छ । त्यस्तैगरी धारा ७ (२)ले ‘‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ’’ भनेको छ । प्रस्तुत् व्यवस्थानुसार– देवनागरी लिपिमा लेखिने नेपाली भाषा हो । अब प्रश्न उठ्छ तामाङ भाषालाई देवनागरी लिपिमा लिपिबद्ध गरे त्यो नेपाली भाषा किन नहुने ? देवनागरी लिपिमा लेखिने जति सबै नेपाली भाषा नै हुन् त ? त्यसो हो भने, देवनागरी लिपि नेपाल र नेपालीले मात्रै लेख्छन् र ? यहाँ संविधान आफैँ अस्पष्ट रहेको छ । यही अस्पष्ट बीचै पनि अन्य भाषालाई राष्ट्रभाषाको नाम दिएको छ । अनि त्यस्ता राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भनेको छ । यद्यपि, संविधानले राष्ट्रभाषाको मान्यता दिएका भाषाले पनि आफूलाई नेपाली नै दाबी गर्दै आएका छन् । यदि राष्ट्रभाषालाई नेपाली होइन भन्ने हो भने ठूलो समस्या देखिनेछ । यसप्रकार नेपालको संविधानले नै नेपाली कविता भनेको यही हो भनेर किटान गाह्रो तुल्याएको छ । 
तामाङ साहित्यकार                                                                                                       नेपाली संंवैधानिक व्यवस्थाको कारण कस्तो साहित्यलाई नेपाली साहित्य मान्ने भन्ने समस्या देखिएको हो । यो समस्या अझै फैलिँदो छ । अहिले आएर कस्ता स्रष्टालाई तामाङ साहित्यकार मान्ने भन्ने पनि समस्या नै भएको छ । कसैले तामाङ कुलमा जन्मेका स्रष्टा मानेका छन् । कोहीले तामाङ भाषामा साहित्य सिर्जना गरेका तामाङ (तामाङ इतरसमेत) स्रष्टा नै तामाङ साहित्यकार हो । कतिका मतानुसार तामाङ विषयवस्तुलाई तामाङ भाषामै सिर्जना गर्ने मात्रै तामाङ साहित्यकार हो । कतिका लागि भने तामाङ कुलमा जन्मेका तर कुनै पनि भाषामा साहित्य सिर्जना गर्ने स्रष्टा नै तामाङ साहित्यकार हो । यिनै अप्ठेराले तामाङ साहित्यकार को भन्ने प्रश्न उभ्याएको छ । फेरि पनि, तामाङ साहित्यकार हो वा होइन भनेर छुट्ट्याउनै नसक्ने अवस्था छैन । केही स्रष्टाका हकमा भने कतिले तामाङ साहित्यकार मान्छन् त कतिले होइन भन्छन् । उदाहरण स्वरूप लिनुपर्दा– पारिजात र कृष्णभुषण बल हुन्; जसले तामाङ भएर पनि गैरतामाङ भाषामा साहित्यिक सिर्जना गरे । त्यस्तैगरी केही स्रष्टा जो जन्मतः तामाङ होइनन्; यद्यपि तामाङ भाषामा साहित्यिक सिर्जना गरेका छन् ।
नेपाली कवितामा तामाङ साहित्यकारको योगदान                                                                         ‘नेपाली कविता’ आफैँमा अन्यौलताको बन्दी जस्तो भएको छ । त्यस्तै समस्याबाट तामाङ साहित्यकार पनि ग्रस्त छन् भन्दा खासै फरक पर्दैन । यद्यपि, आयोजकले छनौट गरेको प्रस्तुत् शीर्षकको मनसाय भने केही हदसम्म स्पष्ट रहेको महशुश गरेको छु । यसप्रकार जन्मतः तामाङ भएर पनि साहित्यमा जमेका तर नेपाली (भनिएको) भाषामा कविता लेखेका साहित्यकारको योगदानलाई इङ्कित गर्न खोजेको भन्ने बुझेको छु । यसक्रममा पारिजात तथा कृष्णभूषण बल लगायतका केही कवि कवयित्रीहरुलाई लिन सकिन्छ । नेपाली कविताको आधुनिक काल १९९१ देखि यताको समयलाई लिने गरेका पाइन्छन् । त्यसमा पनि २०१७ सालसम्मको स्वच्छन्दतावादीधारा, २०१७ देखि २०३५ सम्मको प्रयोगवादीधारा साथै २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणादेखि यतालाई समसामियक धाराको रूपमा विभाजन गरेका पाइन्छन् । वास्तवमा नेपाली कविताको इतिहासमा २०३६ पछि देखिएको समसामयिक धारा अन्तर्गत वmेही तामाङ साहित्यकारहरु उदाएका देखिन्छन् । तिनमा जीवन थिङ, नोर्देन रुम्बा र कृष्णभुषण बलका नाम अग्रपङ्क्तीमा रहेका छन् । उनीहरुले नेपाल तथा भारतमा साहित्यमार्फत राजनैतिक परिवर्तनका लागि अतुलनीय योगदान दिएका छन् । त्यसो त संसारका हरेक परिवर्तनमा साहित्यकार र तिनका सिर्जनाले महङ्खवपूर्ण भूमिका खेलेका देखिन्छन् । यसप्रकार साँच्चैको परिवर्तन साहित्यबिना असम्भव देखिन्छ ।नेपाली साहित्यमा लागेर योगदान पु¥याएका धेरै स्रष्टाहरु छन् । तिनमा तामाङ स्रष्टाहरुलाई पनि भूल्न सकिन्न । त्यस्ता अजर अमर साहित्यिक व्यक्तित्वहरुमध्ये पारिजात पनि एक हुन् । ‘‘वि.सं. २०१३ सालमा ‘धरती’ पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्ययात्रा शुरु गरेकी थिइन् (https://ne.wikipeia.org/s/35h) ।’’ उनले २०१४ सालमै आकांक्षा (कवितासङ्ग्रह) ल्याएकी थिइन । त्यस्तैगरी पारिजातका कविता साथै २०५०÷मृत्युपछि पनि उनको बैशालु वर्तमान नामक कवितासङ्ग्रह प्रकाशित भएको देखिन्छ । यसर्थ नेपाली कविता विधामा प्रवेश गर्ने पहिलो स्रष्टाको रूपमा पारिजात देखिएकी थिइन् । पारिजातको कविता र कवित्व बारे जति चर्चा न÷गरे तापनि नजरअन्दाज गर्न सकिने वmुरा होइन । अघिल्लो छिमलका उल्लेखित स्रष्टाहरुले नेपाली भनिएको भाषामा लेखे । तामाङ भाषामा लेखेनन् भन्ने आधारमा तामाङ साहित्यकार होइनन् भन्नेहरु पनि नभएका होइनन् । यद्यपि तिनीहरूले तामाङ वा भूमिपुत्रको तर्पmबाट तत्कालीन समयमा पनि सिर्जना गरेका देखिन्छन् । पारिजातले लेखिकी थिइन्–
जुनी काट्नु एउटा बाजी 
धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग्य र अतिशयोक्ति हुन जान्छ आपैmँप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जब रमाइलो दिन रङ्गीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थिति थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सन्छु ।
म बाजीलाई अर्थ दिन बिर्सन्छु
मान्यता दिन बिर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।

स्रोतःhttp://inepal.org/nepalipoems/tag/nepali-poems-collection-of-parijat-bishnu-kumari-waiba/ .

पारिजात नेपाली राजनैतिक आन्दोलनसँग नङमासु झैँ जोडिएकी थिइन् । राल्फा आन्दोलन निकै चर्चित रह्यो । उनका हरेक रचना/सिर्जनाहरु उत्कृष्ट रहे । मदन पुरस्कार पनि प्राप्त गरेकी थिइन् । उनको शिरिषको फूल अमेरिकामा समेत उल्था गरी विश्वविद्यालयले पाठ्यक्रममा राख्यो । नेपाली कविता विधामा पनि यिनको योगदान रहेको स्पष्ट छ । तथापि, केही तामाङ स्रष्टाहरुले भने यिनलाई तामाङ साहित्यकार मानेका छैनन् । यिनले तामाङ भाषामा लेखिनन् भन्ने उनीहरुका गुनासो हुन् । यस्तै गुनासो भोगेका अर्का कवि कृष्णभुषण बल पनि हुन् । कृष्णभुषण बल (जन्म २००४ चैत १ – मृत्यु २०६९ असार ११) ‘‘एक सशक्त तथा कालजेयी नेपाली कवि हुन् । नबुझिने र नअर्थिने प्रयोगवादी धाराबाट नेपाली कविताको अस्तित्वमाथि नै आशङ्का उठिरहेको सन्दर्भमा नेपाली कवितालाई सम्प्रेष्य विम्ब र भाषाशैलीका माध्यमबाट पाठकसँग पुनः तादात्म्य सम्बन्ध जोडन्मा कवि कृष्ठाभूषण बलको योगदानको उच्च मूल्याङ्कन गरिन्छ । खास गरेर गम्भीर व्यञ्जनात्मक अर्थ दिने विम्बहरुको समायोजन कृष्णभूषण बलको मौलिक विशेषता हो । नेपाली कविताको शक्तिमा भावनाको कला टिपेर यिनले बनाएको विम्बको शिखर धेरै अग्लो छ । नश्लीय रोग र धर्मको धङधङीबाट टाढै रहेका तथा राजनीतिको भाङ नलागेका कविताजस्तो शालीन व्यक्तित्वका धनी बल एउटा सिंगो कविता हुन् ।        (https://ne.wikipedia.org/s/1ebw।  । ’’कवि बलको ‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’ निकै चर्चित मध्येको एउटा कविता हो । यो कविता २०४१ सालमा कस्तो भएको थियो भन्ने एउटा जिज्ञासा हुन सक्छ । २०६२/०६३ मा भएको परिवर्तनपछि यसले राम्रै चर्चा बटुलेको थियो । विशेषतः सङ्घीयतावादीहरूले यसलाई सङ्घीयताको माग गरिएको कविताको रूपमा अथ्र्याउँदै आएका छन् ।


काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन 

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

 

नाघ्नुपर्छ पैतालाहरुले अब भन्ज्याङहरु
टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु
उठ्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
ज्वालामुखीझैँ फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातहरुका काँडाहरु अब टेक्न सक्नुपर्छ ।
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ ।

स्रोतः उही (भोलि बास्ने बिहान, २०४१ wiki_


जीवन थिङको बारेमा त्यति धेरै चर्चा पाइएका छैनन् । ‘‘जीवन थिङ सिक्किमका एकजना चेतनशील विद्रोही कवि हुन् । उनी थोरैमात्र बाँचे तर धेरैथोक सिक्किमका हितखातिर भनेर गए, उनले थोरै मात्र लेखेर गए तर सटीक, सही र यथार्थका कटुसत्य साहित्यमार्फत भनेर गए । सिक्किममा मार्गको नाम जीवन थिङ रह्यो तर उनको जीवन–दृष्टि र देशप्रतिको स्वाभिमानी उत्कण्ठा धूजा धूजा भयो । २३ वर्षको उमेरमा मृत्युवरण गरे यिनले । तर सिक्किमले बिर्सन नहुने र जातीय हिसाबले नेपालीले मनमा र आँखामा राख्नुपर्ने नाम बनाएर जीवन थिङ हामीबाट टाढा भए पनि … – प्र.सं. (साहित्यिक मासिक जनमत, वर्षः २६, अङ्कः ६ साहित्यिक अङ्कः १४४, पृष्ठ ३०) ।

’’ उनको ‘चिसो कथा एउटा सपनाजस्तै देशको’ (६) मा

–कस्तो अचम्म यो घरका आमाबाबुहरु                                                                                 छिमेकीकै पैँचोमा छोराछोरी पाल्छौं भन्छन्                                                                                 कस्तो अचम्म यो घरका छोराछोरीहरू                                                                                       एक मुठी चामलसित पुर्खाको चिहान साट्छौं भन्छन् … (उही, पृष्ठ ३२) ।

उल्लेखित पहिलो छिमलपछि फूलमान बलले पनि आफूलाई नेपाली कविता विधामा समेत सशक्त रूपमा उभ्याएको छ । २०६९ माघमा प्रकाशित उनको ‘महाभारतकी मैच्याङ’ नामक कवितासङ्ग्रह साँच्चैको पठनीय साथै सङ्ग्रहनीय पनि रह्यो । तामाङ जनजीवन, मिथक, ऐतिहासिक तथ्य साथै राजनैतिक चेतनायुक्त उनका कविताहरु अब्बल छन् । तिनै मध्ये उदाहरण–

प्रियशी कान्तिपुरी !
… भन–
तिम्रा दरबारको भित्ताहरुमा
–कसको पसिना बगेको छ ?
ती मन्दिर टुँडाल र हिटीमा
–कसको पीडा कुँदिएको छ ?
ऊ ।… त्यहाँ म अझै धुनहरु पोखिएको सुन्छु जीवनको
विम्वहरु सल्बलाएको देख्छु पीडाको
तिमी त

 

हामीले विना मजुरी,
भिमफेदीबाट
काँध हालेर
बोकी ल्याएको गाडीमा सयर गथ्र्यौ
औंलामा रगत उम्लिन्जेल बुनेको चमरको चिसो हावा खान्थ्यौ
म तिम्रो घोडाको लिदी सोर्थे
तबेलामा अनिदो रात बिताउँथे
तिम्रै लागि आँपको भारी बोकेर साँगा भन्ज्याङ उक्लिँदा
धेरैपटक मैले खुट्टा मर्काएको छु । …

(महाभारतकी मैच्याङ, २०६९, पृ. ५८) ।

यतिबेला नेपाली कविता विधामा केही तामाङ साहित्यकारहरु सक्रिय देखिएका छन् । तिनमा राबत, मुक्तान थेबा, राजु स्याङ्तान र बिना तामाङ लगायत रहेका छन् । राबत नेपाली साहित्यमा निकै अगाडि बढिसकेका छन् । उनका कवितामा समसामयिकताको अलावा तामाङपनको तरङ्ग उर्लिएका पनि पाइएका छन् । उन्मुक्ता पुस्तासँग जोडिएका साहित्यकार मुक्तान थेबा र राजु स्याङ्तानका कविताहरुमा पहिचानका वmुरा बढी छन् । सङ्घीयता, युगीन इतिहासको प्राणले युक्त छन् । बिना थिङ तामाङको कविताहरु पनि अब्बल छन् । यी तीन जना स्रष्टाहरुले नेपाली कविता विधामा आ–आफ्नो स्थान बनाउँदैछन् । साथमा लक्ष्मी रुम्बाले पनि तीनजनालाई पछ्याइरहेकी देखिएको छ ।

विशेषतः आफ्नै समुदायको घेराभित्र नै धेरै रमाइरहेका तामाङ कवि/कवयित्रीहरु धेरै छन् । तिनीहरु कथित नेपाली र तामाङ (कथित अनेपाली) भाषामा कलम चलाइरहेका छन् । समुदायबीच लामो समयदेखि सक्रिय छँदा–छँदै पनि कथित मूलधारले पत्याएको जस्तो छैन । त्यस्ता कवि कवयित्रीहरुमा निरुभक्त वाइबा, सिर्जना गोले, सजना गोले, चन्द्र बज्यू, ईश्वर थोकर, रिना बम्जन, शितल थोकर, रुपक जमरा साथै गोले केआर चालिसेली लगायत छन् । यिनका अतिरिक्त प्रताप बल तामाङले कृष्ण दिमिले योञ्जन (प्रयास, २०६०), मोक्तान भाइ (मेरा भुतकालिन बकपत्रहरु भाग– १, २०५५ साथै संक्षिप्त बुद्ध महिमा खण्ड– १, २०६१), प्रताप बल–तामाङ (आस्याङ तिमी आफैँ सोंच, २०६१, म एकलो जीवन बिताउने यात्री, २०६५), राबतको (राजधानी मास्तिरको राजधानी) साथै बिना तामाङ सुनगाभाकी (रातोघर)समेत बिर्सन नमिल्ने कवि र सिर्जनाहरु हुन् । त्यस्तैगरी बामपन्थी राजनीतिमा सक्रिय हर्ष स्याङ्वो (आवाज हराएको शहरमा, २०६६) प्रकाशित रहेको छ । उनका रचनाहरुमा मजदूर र मालिकबीचका साथै राजनैतिक चेतनाका कुरा रहेका छन् । हाल नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य रहनुभएको मोहन गोलेको भाले बासेन, २०६१ ले पनि राजनैतिक अधिकारको लागि आवाज उठाएको देखिन्छ ।  नेपाल प्रसाद स्याङ्दन (ओन्छ्यान प्रजातन्त्र/कठै प्रजातन्त्र, २०६१ साथै चेङ्मा सेमला ताम/चोखो मनको कुरा, २०६४) भने तामाङ र नेपाली दुवै भाषामा रहेका छन् । त्यस्तैगरी निरुभक्त वाइबा (ह्याङ्दा थोबो झूसी रप्ना लबा खला, २०७०) मा तामाङ कविताका अतिरिक्त नेपाली साथै अङ्ग्रेजीमा समेत कविता रहेका छन् । सं. अमृत योन्जन–तामाङ (ह्याङ्ला व्हाइ÷हाम्रो गीत,२०६८)मा पनि तामाङ र नेपाली उल्थासहितका कविताहरु रहेका छन् । तामाङ भएर पनि नेपाली कविता प्रकाशन गरेका अन्य स्रष्टाहरुमा– गोविन्द राज लामा–घिसिङ (झुपडी, २०६८), राजकुमार मोक्तान (शान्तिको अपहरण, २०६८), चाहना तामाङ ‘माधवी’ (चाहनाका उत्सर्गहरु, २०६९), फुर्पा तामाङ (मेरो रसुवा रोइरहेछ, २०६९), ईश्वर थोकर (प्लिक्सी, २०६९) साथै जीवन लामा यात्रा (निर्दोषी मान्छे, २०७२) लगायत रहेका छन् ।यसप्रकार कथित नेपाली भनिएको भाषामा लेखिएका कविताको साथै तामाङ भाषामै रचित कवितालाई पनि एक अर्थमा नेपाली साहित्यभण्डारमा भण्डार गर्ने आँटको आवश्यकता देखिएको छ । त्यसो गरेमा सबै तामाङ भाषी साहित्यकारहरु समेत मूलधार वा नेपाली साहित्यकार हुनेछन् । यसो गर्ने हो भने धेरै जना तामाङ साहित्यकार (कवि)हरु पनि नेपाली साहित्यकार हुनेछन् । अन्यथा तामाङ भाषामै सिर्जना गरिरहेका तामाङ साहित्यकारहरु नेपाली साहित्यकार हुने छैनन् । यसको परिणाम आङ्कलन सहज पनि छैन ।

५. उपलब्धी                                                                                                                    हरेक कार्यको केही न केही उपलब्धी हुन्छन् नै ! तामाङ साहित्यकारका सिर्जनाले नेपाली साहित्यमा इटा थप्ने काम पक्कै  भएका छन् । कतिले पुरस्कार प्राप्त गरेका छन् । कतिपय चर्चामा रहे । कोही आफ्नो स्थान बनाउने क्रममा छन् । चर्चा बटुल्न सफल वा असफल जेजस्तो भएपनि केही कृतिहरुसमेत प्रकाशित  भइसकेका छन् । परेको बेला हाम्रा  तामाङ भनेर गर्व गर्न पाएका छौं । यतिखेर आएर पारिजात, कृष्णभुषण बल, फूलमान वल र राबतलाई छुटाएमा नेपाली साहित्यको एउटा पाटो ह्वाङ्गै हुनेछ । यहिनेर तामाङ भएवैm कारणले पनि जुनसुकै भाषामा सिर्जना गरेतापनि तामाङ सौन्दर्यशास्त्र र विश्वदृष्टिकोणलाई समात्न सक्नुपर्दछ ।

चुनौती 

पाइलैपिच्छे चुनौती छन् । त्यसैले जीवन भएको छ । जीउने आधार प्राप्त भएको छ । त्यसकारण नेपाली कविताविधामा लागेका वा लाग्ने वा लाग्न चाहनेका लागि केही चुनौती अवस्य छन् । विशेषगरी भाषिक समस्याले वmेही हदसम्म पिरेको पनि देखिन्छ । नढाँटी भन्नुपर्दा थोरै बाहेक अधिकांश तामाङ साहित्यकारहरुमा भाषिक समस्या छ । तामाङ भाषामै रहेको क्षेत्रीय भेद साथै नेपाली भनिएको भाषामा हुन जाने अशुद्धिले पनि चुनौती थपेको स्पष्ट देखिएको छ । परिणामतः कति तामाङ कविका नेपाली भनिएको भाषामा लेखिएका कविता कविता हुन सकिरहेका छैनन् । त्यस्तैगरी धार्मिक आस्था, राज्यसत्ताको हेराई, मूलधार र मूलधार बाहिरको भनेरर हेर्ने गलत मान्यता पनि कायमै छन् । साहित्यबाट गुजारा असम्भव प्रायः नै रहेको छ । तामाङले आफ्नो सौन्दर्यशास्त्रलाई स्पष्ट रूपमा चिन्न र अँगाल्न सकिरहेका छ्रैनन् । नेपाली मूलधारको भनिएको सौन्दर्यशास्त्रलाई बुझ्ने क्रममा नश्लीय रूपमा कहिँ कतै कमजोरी हुनु स्वाभाविक मान्नुपर्दछ । कतिपय तामाङ साहित्यकारहरुले समेत तामाङ सौन्दर्यशास्त्रलाई बुझ्न सकेका छैनन् । कतिले तामाङ सौन्दर्यशास्त्रको खूब बखान गर्दै आएका छन् । यद्यपि, उनीहरुका बुझाईमा रहेका विविध कमजोरीका कारण तामाङ सौन्दर्यशास्त्रको बोक्रा मात्रै छल्किरहेका देख्न सकिन्छ । तामाङ भएर, तामाङ आँखाको निर्माण गर्न नसकुञ्जेल यो समस्या समाधान हुने छैन । जनस्तरसम्म पुगेर स्थानीय तामाङ भाषा र बुझाईलाई जस्ताको त्यस्तै उतार्ने कार्य कम्ता गाह्रो छैन ।

अबको बाटो 

अब तामाङ साहित्यकारले तामाङ सौन्दर्यशास्त्रको खोक्रो मन्त्र जपेर हुँदैन । साँच्चैको तामाङ सौन्दर्यशास्त्रको मुहान पत्तालगाउन सक्नुपर्छ । धेरै मुहानहरुलाई जोडेर महासागरको निर्माण गर्न सक्नुपर्छ । त्यही महासागरमा डुबुल्की मारेर मोती निकाल्न सक्नुपर्छ । अर्को अर्थमा भन्ने हो भने– तामाङ मौलिक सौन्दर्यशास्त्रको पहरो फोर्ने आँट गर्नुपर्छ । त्यही पहरो फोडेर बोम्बोसेल निकाल्न सक्नुपर्छ । यसको लागि सौन्दर्यशास्त्र मात्रै भनेर पुग्दैन । आदिवासीवादभित्र पनि तामाङवादमा छिर्न सक्नुपर्छ । यहाँ तामाङवादलाई ब्राह्मणवाद शब्दलाई जसरी हेर्नु हुँदैन । तामाङ साहित्यकारले जतिसक्तो धेरै भाषामा दखल राख्दै जानु राम्रो हुनेछ । आफूलाई नेपाली साहित्यकारको रुपमा उभ्याउन सक्नुपर्छ ।सौन्दर्यशास्त्रमा पनि समयानुकूल परिवर्तन आउनसक्छन् । हरेक परिवर्तनले राम्रै मात्र गर्छ भन्ने छैन । बर्बाद पनि गर्छ सक्छ । तामाङवाद भनेको आदिवासीवादको मूलजरा हो । त्यो अब कहिल्यै फेरिने वा परिवर्तन हुने सम्भावना छैन । त्यो भनेको तामाङ पुर्खाको वाद (दिव्यआँखा) हो । तिनैले आर्जेका धर्म र संस्कृति अनि संस्कारको परिचायक हो । यसको मुख्याधिकारी भनेका– बोम्बो, तम्बा, लामा र चोहो हुन् । ‘ह्रुई’ (थरप्रणाली) र ‘ह्रुईरी बप्बा ह्रुईगी ‘फो ल’लाई चिन्न र आत्मसात् गर्न नसकेसम्म तामाङ विश्वदृष्टिकोणलाई बुझ्न सक्ने छैनौं । त्यो बिनाको तामाङ सौन्दर्यशास्त्र भनेको खोस्टो मात्रै हुनेछ । त्यसकारण तामाङ साहित्यकारहरूले आपूm को हुँ भन्नुको साथसाथै को होइन भन्ने पनि खोज्न र बुझ्न अपरिहार्य छ । लिबरल डेमोक्रेसी तथा कम्न्यूजम्को दर्शनले मात्रै तामाङ सौन्दर्यशास्त्रलाई जगाउन सक्तैन । त्यसका लागि बोम्बोको थुदम, तन्त्र, मन्त्र र यन्त्रको धूनलाई जस्ताको त्यस्तै टिप्न र बुझ्न सक्नुपर्दछ । ढ्याङ्ग्रो र खेदङमा डुबुल्की मार्न जरुरी हुन्छ । तम्बाको शब्द संयोजन शैली, सङ्गीत साथै विश्वदृष्टिकोणलाई आफ्नै हृदय बनाउन आवश्य छ । तामाङ विश्वदृष्टिकोणको केस्राहरु केलाउन र त्यसैमा आफूलाई लीन बनाउनुको विकल्प छैन । अन्यबाट प्रभावित बुझाई, दृष्टिकोण, मान्यता र सोचाईलाई त्याग्न सक्नुपर्छ । तामाङ बाहेकका माइण्डको डिकोलोनाइजिङ प्रोसेस चाल्ने आँट गर्नुपर्छ । कम्तिमा पनि आफ्नो रगत, पसिना र संसारमा तामाङ विश्वदृष्टिकोणलाई मुटु बनाउन ढिलो गर्नु हुँदैन । यसपछिको तामाङ साहित्यकारले नेपाली र नेपालीत्व (राष्ट्रियता)मा व्याप्त अन्यौलतालाई हटाउन सक्नेछ । साँच्चैको नयाँ नेपाल निर्माणसँगै संसारलाई नै नयाँ र उचित धारमा प्रवाहित गर्ने क्षमता प्राप्त गर्नेछ । तामाङ साहित्यकारहरुको तर्पmबाट नेपाली कविता विधा (साहित्य)मा अतुनलनीय योगदान दिन सकिनेछ । थुजेछे !!!

 

SHARE