-युग लामा

१८ नोभेम्बर, कुवेत । “ह्याङ्लान ह्रिमठीम ह्याङ्लान ग्योई, ह्याङ्सेन तोरतोर छार्नालाई” भन्ने मुल नाराको साथ नेपाल तामाङ घेदुङ कुवेत स्थापनाको सातौ वार्षिक उत्सब तथा दोश्रो अधिबेशन नोभेम्बर १७ तारिक शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा गरेकाे थियाे ।

अधिबेशनले सुरेश ग्याबालाई अध्यक्ष र कृष्ण सिङ्तानलाई महासचिब पदमा सर्बसम्मत चयन गरेकाे छ । घेदुङको केस राम लामा,संरक्षक राजेन्द्र तामाङ, सल्लाकार आशबहादुर लोप्चन, निर्मल स्याङ्तान लगायतले संयुक्त रुपमा कलसमा दिप प्रज्ज्वल गरी कार्यक्रमको उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा तामाङ सांस्कृतिक घेदुङका कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । आन्तरिक रुपमा गरेका सातौ वार्षिक उत्सब तथा दोश्रो अधिबेशनमा कुवेतमा रहेका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनिय उपस्थित रहेको थियो । कार्यक्रम निबर्तमान अध्यक्ष अमृत तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्चालन निबर्तमान महसचिब सुरेश ग्याबाले गरेका थिए ।

कार्यक्रममा उपस्थित हुनु भएका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले नेपाल तामाङ घेदुङ, काँस्की जिल्लामा निर्मित घेदुङको निर्माणधीन भबनलाई सहयाेग रकम उठाएका थिए । सहयाेगका लागि कुवेती दिनार ११५ केडी अर्थात लगभग ४० हजार रुपैयाँ संकलन भएकाे निबर्तमान घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङले जानकारी दिए ।

यसै गरी उक्त कार्यक्रममा कृति गोलेको सकृयातामा सिन्धुपाल्चोक जिल्लाको बिरामी निरोज नेपालीलार्इ नेपाली २६ हजार सहयाेग गरेका छन् । नेपालीलार्इ ढाँडमा ऐजेरु पालएर हिडडुल तथा सुत्न समेत नसक्ने भएको र आर्थिक अभाबका कारण उपचार गर्न सकिरहेकाे थिएन । सहयोगीहरूलार्इ अभियानत कृति गोलेले हार्दिक धन्आयवाद दिएका थिइन् ।

SHARE