राजधानीमा चलिरहेको गैरआवासीय नेपाली संघ (एनआरएन) को निर्वाचन भर्खरै मतदान सकेको छ । इलेक्ट्रोनिक मेशिन प्रयोग गरिएको हुँदा अबको केहिबेरमा नै परिणाम सार्वजनिक हुने बताएको छ । निर्वाचनमा १८५४ मतदाताले ७६ जना उम्मेदवारलाई मतदान गरेका छन् ।

मतदानका लागि न्यू योर्क र विभिन्न देशबाट आएका तामाङहरुले पनि गुरुङलाई भोट दिएका छन् । गुरुङलाई नै भोट किन भनेर नाम्सादिमले न्यू योर्कबाट आउने टिमलाई सोधेका छौं ।

तामाङ सोसाइटी अफ अमेरीकाका अध्यक्ष शान्त थोकर तामाङ

भिजन २०२० लाई गुरुङले बाहेक अरु उम्मेद्वारले सफल बनाउन नसक्ने भएको हुँदा । एउटा पत्रकार सम्मेलन गर्न नसक्ने उम्मेद्वारले कसरी संघलाई सञ्चालन गर्न सकिन्छ ? संघ चलाउन धेरै गह्रो छ । सक्रिय भएर लाग्न सक्नु प¥यो । गुरुङ एडुकेडेट छिन् । सक्षम र सक्रिय भएर काम गर्न सक्ने पनि हुन् । एनआरएनलाई शेष घलेले २ वर्षा कार्यकाल चलाउदा संघको उचाईलाई धेरै माथि पु¥याउन सफल भयो । यस कार्य सफल बनाउन घले र गुरुङ सक्रियताका साथ लागिपरेको थियो । अरु उम्मेदवारहरु सक्षम अनुभवी छैन । विदेशमा बसेर आफ्नो बानी व्यवाहार पनि सुधार्न सकेको छैन, भने संस्था कसरी चलाउने ? त्यसैले अहिले जमुनाले मात्र संस्थालाई अगाडि बढान सकिन्छ अरुले सकिन्न ।

तामाङ सोसाइटी अफ अमेरीकाका सल्लाहकार ईन्द्र तामाङ

जमुना गुरुङ पहिले कार्य समितिमा सदस्य मात्र थिइन् । तर उनको श्रीमान शेष घलेले बनाएको योजना र विभिन्न ठाउँमा गरे, भएको कार्यक्रममा सक्रियताका साथ लागि परिन् । एनआरएनलाई यहाँसम्म ल्याउन गुरुङको ठुलो योग्दान रहेको छ । घलेले बनाएको योजना सफल बनाउन गुरुङलाई धेरै सजिलो हुनेछिन् । अरुले गर्नुप¥यो भने जिरो लेबलदेखि गर्नुपर्ने हुन्छ । अरु उम्मेद्वारमा जमुनाको जत्ति अनुभव, सक्रियता छैन । अरुले जित्यो भने काम भन्दा पनि समय मात्र सकिने काम गर्न सक्ने क्षमता नदेखेको हुनाले जमुनालाई भोट हालेको हो । जमुनाले नै जित्छ भन्ने आश पनि छ ।

तामाङ सोसाइटी अफ अमेरीकाका सल्लाहकार भरत मोक्तान

असल नेतृत्व चयन गर्ने सवालमा मैले जमुना गुरुङलाई भोट हालेको हुँ । यो भन्दा अगाडिको कार्यकालमा पनि सक्रियताका साथ लागि परेको र शेष घलेको श्रीमति भएको नाताले पनि गर्न बाँकी योजनाहरु सफल बनाउन सकिन्छ भन्ने विश्वास भएर । जमुना आफै पनि सक्षम दिर्घाकालिन योजना भएको हुनाले । लाप्राकको नमूना बस्ती सम्पन्न गराउन सक्ने । एनआरएनको भवान निर्माण कार्य सम्पन्न गर्न सक्ने । र दिगो विकास र एनआरएनलाई नेपालीहरुको साझ बनाउने हो भने गुरुङले बाहेक अरु उम्मेद्वारले सम्पन्न गर्न सक्दैन ।

 

SHARE