-नाम्सादिम 
पृथ्वी नारायण शाहले नेपालको मुलबासीहरुमाथि लादेको खास एकाधिकार गणतन्त्र नेपालमा अहिले सम्म पनि कायमै रहेको छ । कतिपय मुलबासीहरु त्यहाँबाट बिस्थापित पनि बनाएका छन् । राज्यसत्ताले अझै बिस्थापित गराउने चलखेल खेलिरहेकै छन् । विभिन्न ठाउँमा मुलबासीहरुलाई पछाडि पार्ने काम पनि भइरहेको नै हो । विगतमा ति समुदायलाई शोषण दमन र अत्याचार गरेर राखेकै थियो ।

प्रा.डा.एच.जी.बेहर (जर्मनी)द्धारा लिखित पुस्तक नेपालः Geschenk der Götter (Nepal Gifts of the Gods), by Hans-Georg Behr बाट साभार गरिएको विचारोत्तेजक सन्दर्भहरु नेवार समुदायले पढ्नुपर्ने देखिन्छ ।

राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहासको पाठ्यक्रममा पनि पाइन्छ । तर वास्तविक इतिहास लुकाइको देखिन्छ । यस पुस्तकले लुकाएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ ।

केहि अंश यसप्रकार रहेका छन् ।

१. गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकारले नै गरेको थियो । तर यो कुरा नेपालको मुलधारको इतिहासबाट लुकाएको पाइन्छ । यस सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पनि लण्डनमा सुरक्षित रहेको छ । इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवनमा पनि भेट्न सकिन्छ ।
२. त्यत्तिबेला गरेको गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअनेको दस्तखत रहेको छ । जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखालीले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नुपर्ने सम्झौता भएको थियो । हाल चलेको ब्यापारिक मार्ग जहाँबाट भारत र चीनबीच नेपाल भै ब्यापार चलेको थियो ।

३. लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नुपर्ने लामो नाल भएको शक्तिशालि बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्रप्ता गरेका थिए । सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोर्खाले किर्तिपुर कठिन युद्द गरेर जितेका थिए । कीर्तिपुर अदम्य शाहस देखाउदा देखाउँदै उच्चस्तरीय हतियार सामु टिक्न सकेनन । त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएको उल्लेख गरेको छ । मारिएकाहरुमा धेरैजसो नेवार समुदाय रहेको उल्लेख गरेको छ । यस्तै गोर्खाली सेनाले विजय भएर बाँचेका कीर्तिपुरका जनताको नाक काटेको थियो ।

४. भक्तपुरको राजा रणजित मल्लले पृथ्वी नारायण शाहलाई पालेका थिए । पालन पोषण गरेर हुर्कायो, बढायो पछि आफैलाई अपमान ग¥यो । उनलाई मारिएनन तर आँखा फोडियो र बनारसमा निर्वासनमा पठायो । ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वी नारायण शाहसंग कुनै शब्द बोल्न चाहँदैन थियो । जहाँबाट दिनको एक कचौरा भात छिराउथ्यो । केहि दिनपछि त्यो कचौराको भात जस्ताको तस्तै देखियो त्यसपछि त्यस प्वालमा इट्टाले टालिदिएको थियो ।

५. पृथ्वी नारायण शाहले जे जत्ति गरेको थियो त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाह अनुसार गरेका थिए । उनले पृथ्वी नारायणलाई भनेका थिए –‘नेपालका जनता ज्यादै मेहनती र बुद्धिमानी छन् । त्यसैले तिनीहरु एकदम खतरनाक पनि छन् । तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गाढ्ने गरि आतंक फैलाउन सक्नुपर्छ । उनीहरुलाई अब कयौं शताब्दि सम्म पनि शासन तत्तामा आउन दिनु हुँदैन । शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनुपर्छ । यस्तो गर्नका लागि कडा नियम र हत्य हिंसाको साथ लिनुपर्छ ।’

६. तत्पश्चात स्थानीय नेवारहरुलाई पढ्न लेख्नबाट पनि बन्चित गरिएको थियो । नयाँ निर्माण कार्य गर्न रोक लगाएको थियो । भत्केको घर मन्दीर पुननिर्माण गर्न पनि रोक लगाएको थियो । ब्यापार ब्यबसायमा नियन्त्रण गरेको थियो । सम्बत १७६७ को कर श्रेस्ता फेला परिसकेको छ । जुन आज काठमाडौंमा अस्तित्वमा छैन ।

७. स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिएमा फाँसी नै दिन थालियो । सम्बत १७७० मा मात्रै २५०० नेवारहरु सजायको नाममा मारिएका थिए । यस्तो व्यापक दमनको नतिजा स्वरुप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थालेका थिए । दमन र अत्यचार बिरुद्द बोल्नसाथ मारिने स्थति बन्यो । तेस्रो पुस्ताका नेवारसम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएको मान्छे नै बाँकी रहेनन् । विगतका ति शोषण दमनलाई बिर्सन थालेका छन् ।

SHARE