हरुवाहरुको तिहास लेखिएको नै कहाँ छ र ? आफ्नो समुदायको तिहास लेख्नेहो भन्ने हरेक युद्धा जित्नै पर्छ । 
आफ्नो समुदायको जिउँदो    ईतिहास लेख्नको निम्ती उठ्  
मूलबासी मंगोल समुदाय हो     आफ्नो जिउँदो ईतिहास लेख्नको निम्ती उठ – सधै पशु जस्तो बनेर नसुत ?  
 
आदरणिय दाज्यु भाई, दिदी बहिनिहरु मृत्यु भन्ने कुरा हामी जन्मे देखिनै हाम्रो अघी पछि हिडिरहेको हुन्छ, यसैले मृत्यु देखी नडराउ । अस्तित्वबिहिन बाँच्नु भनेको पनि मर्नु सरहनै हो । हामी यस समय मृत्युको बचाँई बाँचीरहेका छौ ।
 
बुझ्नै पर्ने कुरा 
पिपा गोश्वारा हली-गोठाला भारी बोक्नेजस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि तामाङ समुदायले इतिहासमा कहीँ कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरुसँग आत्मसमर्पण गरी तिनीहरुलाई सहयोग गरेको इतिहास छैन । वर्तमान समयमा तामाङ समुदायका हजारौँ युवा-युवतीहरु आफ्नो पुर्खा र समुदायको गौरवमय इतिहासलाई निरन्तरता दिँदै सामन्ती हिन्दू आर्यन शरणार्थी बाहुन-क्षेत्री शासकहरुको हातमा पुगेको आफ्नो शासनसत्ता र भूमि खोस्नका लागि मंगोल डेमोक्रेटिक पार्टीमा एकबद्ध भएर विद्रोहको उदघोष गरिरहेका छन् र सामन्ती बाहुनवादी राज्यसत्ताका विरुद्र धावा बोलिरहेका छन् । जसका कारण बाहुनवादी सामन्ती राज्यसत्ताको अवस्था आईसीयुमा राखेको र मृत्युशैयामा छटपटाई रहेको बिरामीको जस्तो भएको छ भने हिमाल, पहाड, तराई सबैतिर बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्ध नाराहरु गुंजना थालेको छ ।
राजनीतिक चेतना नभएको मान्छे सिङ र पुच्छर नभएको पशु जस्तै हो । यो एक्काईसौं शताब्दिमा पनि हामी बिदेशी आक्रमणकारी बाहुनहरुको हनुमान, गोठाला, खेतला, हरुवा, चरुवा भएर बाँचीरहेका छौ । यो देशको सम्पूर्ण तामाङ समुदाय र ८० प्रतिसत मूलबासी मंगोल समुदायको मुक्तिको निम्ती पहिचान सहितको संघियता र संघियता सहितको सम्बिधान निर्माणको निम्ती निर्णयक बिद्रोह गर्नै पर्छ । यसको निम्ती समस्त तामाङ समुदाय र मूलबासी मंगोल समुदायको मुक्तिको निम्ती मंगोल डेमोक्रेटिक पार्टीले निर्णयक र शसक्त बिद्रोह गर्ने छ ।
यस खण्डमा कहिल्यै पनि बाहुनबादी शासक संग नझुक्ने तामाङ समुदायको ईतिहास कोर्ने जमर्को गरेका छौ र हामी यसरि नै सबै मूलबासी मंगोल समुदायको ईतिहास लेख्दै जाने छौ । यतीखेर मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु राष्ट्रीय मुक्ती आन्दोलनमा सहभागी भई रहेकाछन । हामी सम्पूर्ण मूलबासी मंगोल समुदायलाई यस निर्णयक र अन्तिम बिद्रोहमा सहभागी भई दिनु हुन हार्दिक अपिल गर्दछौ ।
तामाङ समुदाय नेपालको प्रमुख मूलवासी समुदाय पनि हो । यस लेखमा हामी निम्न वुँदाहरुमा छलफल गर्नेछौ ।
विषयसूची
१) वसोवास, २) इतिहास, ३) कथन, ४) तामाङसालीङ  क्षेत्रको ऐतिहासिक पृष्ठभूमि,  ५) लोक बाजाहरू र ६) तामाङका थरहरु 
 तामाङ समुदायको वसोवास
तामाङ समुदायको बसोबास नेपालको पचहत्रै जिल्लामा पाइन्छ । मध्यमाञ्चल विकास क्षेत्रको काठमाडौं, भक्तपूर, ललितपूर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपूर र सिन्धूलीमा भने तामाङहरु वहुसंख्यक रुपमा आवाद रहेको छ । नेपाल बाहिर भारत, मंगोलिया, चीन र तिब्बतमा समेत तामाङहरु बसोवास गर्दछन् । अखिल भारत तामाङ बौद्ध संघको २०५९ सालको प्रतिवेदन अनुसार भारतमा मात्रै तामाङहरुको जनसंख्या १४ लाख छ भनि प्रस्तुत गरिएकोछ ।
तामाङ समुदायको इतिहास
 
तामाङ इतिहासः रचना गरिएका इतिहासहरूले तामाङ समुदायलाई यहीकाल खण्‍डमा, यही देश र प्रदेशबाट वर्तामान तामाङहरूको आदिम थलो रहेको भू-भाग स‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणीत गर्न सकेको छैन । तामाङहरू आफुलाई नेपालको भूमीपुत्र मूलबासी समुदाय भनेर गर्ब गर्दछन् । नेपालकै एक आदिम पुरानो  तामाङ समुदायको इतिहासलाई नेपालका शासकहरूले उल्‍लेख तथा महत्‍व दिएको पाइदैन ।
तामाङ समुदायको राज्‍य, अधिराज्‍य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्‍छविकाल, उत्‍तर लिच्‍छविकाल, मध्‍य तथा आधुनिक नेपालको इतिहासमा उल्‍लेख गरेको छैन । नेपालका शासक जातिहरूले तामाङ समुदायलाई  राजनैतिक, आर्थिक, सामाजिक, सांस्‍कृतिक, धार्मिक, शैक्षीक, भाषिक आदिमा मात्र नभएर इतिहासमा नै तहसनहस, शोषण, दमन र उत्‍पीडन गर्दै आईरहेका छन्, जो वर्तमान सम्‍म निरन्‍तर चलिरहेकैछ ।
तामाङ समुदायलाई सामन्‍ती राज्‍यसत्ताका सत्ताधारि बिदेशी बाहुन जातिका इतीहासकार, मानवशास्‍त्री समाजशास्‍त्री तथा भाषा शास्‍त्रीहरूले लेखेको रचना इतिहासमा  ठग्‍नुसम्म ठगेको छ । 
तामाङ समुदायलाई मात्र होइन सिङ्‌गो मुलुकको मूलबासी समुदायको पहिचान र अस्तित्वलाई नमेट गरी बाहुन छेत्री साशक तथा अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन् ।
सत्ताधारी सेन तथा विष्‍ट राजालाइ, गोर्खामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुर्बमा राइ र लिम्‍बुका राजालाई हराएको इतीहास लेखेको छ । तर ती समुदायको भन्‍दा बढि जनसंख्‍या भएको काठमाडौ उपत्‍यकाको तत्‍कालिन मल्‍ल रज्‍य याम्‍बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्त‌पुर)को वरिपरि कैयौं किपट र कविलाहरूमा रहेका स्‍वतन्‍त्र राज्यहरुको उदय हुनु पूर्ब नै वाइबा, रूम्‍बा, बल, ग्‍हीसीङ आदि थरका तामाङ राजाहरू र राज्‍य अस्ति‍त्‍वमा थिए । तामाङ राज्‍य र राजाहरूको बारेमा तामाङहरू मौखीक रूपमा अझै भनिरहेका छन्, यो – यो ठाउँमा फलानो राजा थियो ।
ती राजाका दरवारका अस्‍तित्‍वहरू र भग्‍नावशेषहरू विभिन्‍न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्‍छ । ताम्‍बा अर्थात मैखिक इतिहास परम्‍पराबाट पछिल्‍लो चरणमा तामाङ लिपिमा लामा  बौद्ध धर्मा लिपिबद्ध तामयीग लिपिमा भएका दोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्‍पत्तिका नाम  थरहरू, हाम्रा, जीक्‍तेन तामछ्योअ, रूअीछेन च्‍योप्‍गे, कुक्‍पाखा छ्याअी, तामाङ च्‍युनीला ठङुसा थेन वब्‍सा आदि हस्‍तलिखित पुस्‍तकहरू पाइएको छ । तामाङ समुदायको बारेमा लेखेको भन्‍दा कैयौं गुणा बढि सूचनाहरू मौखिक परम्‍परामै संरक्षित रहेको पाइन्‍छ । यही परम्‍पराको माध्‍यमबाट तामाङहरूले एक पुस्‍ताबाट अर्को पुस्‍ता सार्दै आजसम्‍म जे जस्‍तो अवस्‍थामा भएपनि तामाङको इतिहासलाई बचाएर ल्‍याएका छन् । मौजुदा मौखिक  र भग्‍नावशेषको रूपमा पाइएका प्रमाण तथा तथ्‍यहरूको वैज्ञानिक अनुसन्‍धान, अध्यायन, उत्‍खनन, बिश्लेषण, लेखन जस्‍ता कार्यहरू आर्थिक एवं प्राबिधिक रूपले पनि वर्तामान अवस्‍थाका तामाङ समाजको क्षमता र वशमा छैन भने हिन्‍दु सामन्‍ती राज्‍यसत्तालाई त्‍यसमा कुनै चासो र मतलब छैन ।
जसले गर्दा आज तामाङ समुदायको सामाजिक इतिहासका हाम्रा महत्‍वपुर्ण भौतिक सम्‍पदा, निधिहरू तथा मौखिक सम्‍पदाहरू दिनानुदिन, आज, भोलि, पर्सी हुदै अवशेषहरूको पनि अवशेषको रूपमा सधै भग्‍नावशेष्‍मै रहन बाध्‍य छन् । आज हाम्रो सामु विभिन्‍न देशका थुप्रै अन्‍वेषकहरू, समाजसशास्‍त्री, भाषाशास्‍त्री, मानवशास्‍त्री, प्रागैतिहासिक एवं पाषाण पुरातत्‍व विज्ञहरूले अध्‍ययन, अनुसन्‍धान, उत्‍खनन् गरेर पत्ता लगाएका तथ्‍यहरु, शोधपत्रहरू विदेशी भाषाहरूमा बग्रेल्‍ति रहेका छन् ।
अब ती विदेशी भाषाहरूमा भएका तामाङ समुदायका वारेमा लेखिएका, रचिएका अभिलेखहरू संगालेर या संग्रह गरेर आफ्नो भाषामा, पुण: अध्यायन तथा विश्लेषण गरी भावि तामाङ सन्‍तानहरूलाई पुर्खाको इतिहास पुण: लेखन गरी नयाँ इतिहासको सृजना गरेर भए पनि सन्‍तोष लिनुपर्ने छ । त्‍यो नयाँ इतिहास लेख्‍ने दायित्‍व आज तामाङ समुदायको संघ तथा नवसन्‍ततिहरूको थाप्‍लोमा आइपरेको छ । तामाङ इतिहास संग सम्‍बन्‍धित तामाङहरूको इतिहासका मौखिक अवशेषहरूलाई आफुले सुने, देखेको र स्‍वदेशी तथा विदेशी अन्‍वेषकहरूको विभिन्‍न पत्रपत्रिकामा लेखादि तथा पुस्‍तकादिमा विभिन्‍न रूपमा प्राप्‍त सूचनाहरूको आधारमा तामाङ समुदायको उत्‍पत्ति, उद्गम् इतिहास र मौखिक रूपमा रहेको तामाङ अधिराज्‍य र राजाहरूका इतिहासलाई समेटिएको छ । 
नेपालका विभिन्‍न कालका तामाङहरूको सानातिना घटनाक्रमहरुलाई तथा रीमठीम, आर्थिक लगायत अन्‍य पक्षहरूलाई छाडेर यहाँ खासगरी उत्‍पत्तिबारे संक्षिप्‍तमा र तामाङ राजा र राज्‍यको मौखिक रूपमा संरक्षित रहेको सारहरूलाइ संगालेर प्रस्‍तुत गरीएको छ । तामाङ समुदायका राज्‍य अनि राजाहरूको इतिहास खोज्‍न तथा बुझ्न पर्दा वारम्‍बार दोहोरिने र सुनिने तामाङ भाषाका शब्‍दहरू परिभाषा तथा तामाङ भाषामा खूल्‍न आउने कथा विस्‍तार प्रस्‍तुत गरिएकोछ । तामाङ समुदाय नेपालको मूलबासीहरू मध्‍ये एक महत्‍वपुर्ण समुदाय हो । तामाङ भाषा बोल्‍नेहरूलाई तामाङ भनेर चिनिन्‍छ । नेपालमा डम्फु, टुङना, मुर्चुङ्गा र सेलो भन्‍नाले तामाङ  समुदायलाई बुझाउछ । अनि यो समुदायको चिनारीको रूपमा आफ्नै घरबुना सुतीको स्‍यामा लुंगी जस्‍तो फरिया, ग्‍या गाबरको, ग्‍या तोकरोक, उनी राडी, पाखी स्‍योल्‍दो सुकाअी लुकुनी, पेङ्का अल्‍लोको घरबुना लुगा अनि लोक्‍ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्‍से, नाम्‍लो बुन्‍ने, थाङ्का चित्रकला, मकुण्‍डो खोप्‍ने मास्‍क, आदि मौलिक पेशाहरू रहेको छ । तामाङ शब्‍दको अर्थबारे विभिन्‍न ब्यक्तीहरूले आ-आफ्नै मनगढन्‍ते कुराहरू गर्दै आएको हुँदा यहाँ तामाङ शब्‍दको अर्थ, प्रयोग,  ऐतिहासिकता र व्‍यापकता आदि वारे निम्‍न अनुसार चर्चा गरिएको छ ।
 
तामाङ शब्‍दको इतिहास र प्रयोग

तामाङ शब्‍द मुख्‍यतय नेपालको राजधानि वरिपरि घेरिएर घना बस्‍ती भएको नेपालमा प्रथम आबाद गर्ने मंगोल मूलको मानव समुदायलाई बुभाउन प्रयोग भइ आएको छ । तामाङहरूले आफ्नो  समुदायमा आफ्नो  परिचय तामाङ भनेरै चिनाएको पाइन्‍छ । त्‍यसो त तामाङ शब्‍दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरौं । विदेशी बिध्वान म्‍याक्डोल्‍डका अनुसार हालको मुस्‍ताङ जिल्‍लाको गुन्‍थाङ जो पुराङ राज्‍यको एक भाग थियो । त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्‍म राज्‍य गरेको थिए । उनको वंशावलीमा तल्‍लो मुस्‍ताङमा रहेका 'शे मोन शेरिब अधिराज्‍य'का तामाङहरुलाई दबाउन मूक्तिनाथमा किल्‍ला बनाउन लगाएको बृतान्‍त उल्‍लेखित छ । सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचक शब्‍दको रूपमा प्रयोग भएको तथ्‍यले तामाङ भन्‍नुमा गर्ब गर्ने तामाङहरूलाई दबाउन मूक्तिनाथमा किल्‍ला बनाउन लगाएको वृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचक शब्‍दको रूपमा प्रयोग भएको तथ्‍य उजागर गरेका छन ।
उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य) को पुस्टी हुन्छ ।
प्राग ऐतिहासिककाल देखि नै तामाङहरु काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा  बिभिन्न पुरातत्वविद्हरुले अफ्नो अध्ययन र अनुसन्धानमा उल्लेख  गरेकाछन । तत्कालिन नेपाल सरकार र सोभियत रुस सरकार बीच २०३४ मा भएको साँस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविबिद्धालय, पुरात्व संस्थाका प्रागऐतिहासिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेन्को र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरु फेला पारेका थिए, जुन हतियारहरु ३० हजार वर्ष पुरानो भएको दावी छ । प्राप्त ढुङ्गाका हतियारहरुमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय भएर नेपालको काठमाडौँ सम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरु नै हुन् भन्ने प्रसंगले पनि तामाङहरु ३० हजार वर्ष पहिले देखि नै काठमाडौँमा बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ।
तामाङ समुदायको कथन
तामाङ समुदाय मंगोल वंशका हुनाले  महामञ्जुश्रीले काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक  दृष्टीकोणबाट विश्लेषण गर्दा  तामाङ समुदाय काठमाडौँ  बसोवास गर्ने पहिलो  समुदाय हो भन्ने कुराको पुष्टी हुन्छ ।
तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४० मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरुमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्ता पूर्वक आफ्नी छोरी भृकुटीको तिब्बती राजा श्रङचङ गम्पो सँग विवाह गरि नेपाल तिब्बत बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए ।
तत्पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत फर्केका थिए । उनी सँग आएका घोडाचढी सेनाहरु मध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरु नेपालमै बसेका थिए । घोडाचढी सेनाहरुलाई तामाग भनिन्थ्यो । त्यही तामाग नै कालन्तरमा तामाङ भयो भनेर भनिन्छ, जुन कुरा गलत छ, किनकी नेपालका लिच्छबी राजाहरु पनि तामाङ समुदायकै हुन । 
त्यसैगरि अंशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले शासन चलाएका थिए । धपाईएका उदयदेव तिब्बतमा शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए । स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो । उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेनाहरु लिएर नेपाल आई आफ्नो पैतृक सिंहसन पुन प्राप्त गरे । नरेन्द्र देवको सहायतार्थ आएका घोडाचढी सेनाहरुलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौन्दर्य र यहाँका बासिन्दा तामाङहरुलाई मन परेर नेपालमै बस्न थाले ।
केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ ककानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले।
ऐतिहासिक पृष्ठभूमि र तामाङसालीङ  क्षेत्र
तामाङ समुदाय बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको सरकारले सूचिकृत गरेको ५९ समुदायहरू मध्ये ठूलो जनसंख्या भएको समुदाय हो । तामाङ समुदाय नेपालको सबै भन्दा पुरानो समुदाय मध्ये एक हो । मुख्यतय नेपालमा तामाङ भाषा बोल्ने र बौद्ध धर्म मान्ने समुदायलाई तामाङ भनेर चिनिन्छ । नेपालमा डम्फु, टुङ्ना, मुर्चुङ्गा, विनायो र सेलो (स्यालु) भन्नाले तामाङ समुदायलाई बुझाउँछ । अनि आफ्नै घर बुना स्यामा (लुँगी जस्तो फरिया), ग्या (गातो), गाय्.-बरको, ग्याय्.-तोकोरोक, उनी राडी, पाखी स्योल्दो, सुर्काअी (लुकुनी), फेङ्गा (अल्लोको घरबुना गातो लुगा), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का (चित्रकला), मकुन्डो खोप्ने (मास्क), आदि मौलिक पेसाहरू हाम्रो तामाङ राष्ट्रीयताको चिनारी हो । नेपालमा बसोबासको हिसाबले हामी तामाङहरू गणेश हिमाल, लाङटाङ हिमालको उपत्यकाहरू देखि सम्पूर्ण पहाडी क्षेत्रमा फैलिएको हुँदा हिमाली तथा पहाडी भुगोलमा वसोवास गर्ने मुख्य र महत्वपूर्ण समुदाय हो ।

 

तामाङ शब्द निर्माण बारे विभिन्न मतहरु भए ता पनि तामाङ शब्दले नेपाल र एसियाली हिमालय क्षेत्रको प्राचिन र ऐतिहासिक समुदायलाई बुझाउँछ । काठमाण्डौ उपत्यकाको मानव सभ्यताको आरम्भको कुरा गर्नु पर्दा स्वयम्भू पुराण र स्थानीय जनश्रुति अनुसार उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्जुश्रीका निर्वाणकाय (टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु (काठमाण्डौ) उपत्यका आउनु भयो । श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखि आफ्नो राल्डी (खड्ग)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोकजनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाए भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वकी अध्ययनको निचोड छ ।
 
सन १९७८ मा नेपाल रसिया सँस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्वविद्धालयका प्रागऐतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लभ सेटेन्कोले काठमाण्डौको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो । यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष) का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए । यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धाकर्ता डा. सेटेन्कोले आफ्नो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया (पेकिङ) हुँदै याम्बु (काठमाण्डौ) उपत्यकामा आइ पुगेको अनुमान लगाएका थिए । पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड समुदाय तिब्बत र हिमालय हुँदै काठमाण्डौ उपत्यका आइ पुगेको निष्कर्ष उनले निकालेका थिए । एसियाकै जेठो मानव विकास चिनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाण्डौ उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ समुदाय मंगोल समुदाय सँग मिल्ने हुँदा महाचीनबाट आउनु भएका महामन्जुश्री (फाबा ज्याम्पेयाङ) ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने ऐतिहासिक जनआख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ।
त्यसैगरी आफूलाई ज्याम्पालयाङ (महामञ्जुश्री) कै सन्तानको रूपमा दाबी गर्ने तामाङ समुदाय आज पनि काठमाण्डौ उपत्यका भित्र र वरिपरि याम्बु, सैंबु, मुर्मी, मुल्मी, सँयजु (सैंजु), सँय आदि उल्लेखित तामाङ समुदाय सँग सम्बन्धित थुप्रै ऐतिहासिक अभिलेखहरूलाई केलाई खोज्ने हो भने लिच्छविकाल देखि मध्यकाल सम्मकै पाइन्छ । उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबै भन्दा पुरानो मानव समुदाय हुन भन्ने कुरा बिध्वान मानव तथा समाजशास्त्री स्व.जनकलाल शर्माले पनि उल्लेख गर्नु भएको छ । जसको धर्म, भाषा, सँस्कृति, वेषभूषा, रूपरंग आदी चिनिया मंगोल मूलका सँग हुबहु मिल्छ ।
 
यही ऐतिहासिक तथ्यले तामाङ समुदाय नेपाल कै सबै भन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ । त्यति मात्र होइन, तामाङ समुदायको महान् चाड नयाँ वर्ष ल्होछार उत्सवले पनि तामाङ समुदाय पुरानो हो भन्ने प्रमाणित गर्छ, किन भने काठमाण्डौ उपत्यकामा प्रागैतिहासिक काल देखि रहि आएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्त्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र (ल्होकोर च्युङनी) रहेका छ । यो प्राचीन चिनियाँ तत्त्वीय खगोलशास्त्रका प्राचीन संकेत चिन्हहरूले नेपालमा आलेखन प्रणाली आउनु अगाडी नै यो चित्रलिपि प्रणालीय खगोलशास्त्रको प्रयोग भएको पुष्टि गर्दछ । अझ यसले नेपालमा यो परम्परा प्रागऐतिहासिक काल देखि नै थियो भन्ने पुष्टि गर्दछ ।
नेपालमा यो चिनियाँ खगोलशास्त्र अनुसारको नयाँ वर्ष उत्सव (ल्होछार) तामाङ समुदायले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउने गरि आएका छन् । अर्थात् चिनियाँ र तामाङ ल्होछार पद्धती एउटै हो । नेपालको यो तत्त्वीय खगोल तथा ज्योतिष शास्त्रको प्रयोग कहिले देखि आरम्भ भयो भन्न कठीन भएता पनि चीनमा यो परम्परा आज भन्दा पाँच हजार वर्ष अघि देखि अर्थात् चिनको सिया राज्यकालमा (२१००-१६०० ई.पू.) प्रचलनमा आएको हो र तत्त्वीय ज्योतिष तथा खगोल शास्त्र परम्परा आजसम्म पनि त्यही रुपमा चलिरहेको छ।
त्यसकारण तामाङ समुदायको महान् चाड ल्होछार नयाँ वर्ष उत्सवमा मात्र सीमित छैन  यो उत्सव तामाङ समुदाय र तामाङसालीङ भूमिको प्राचीनतालाई पुष्टि गर्ने एउटा प्राचीन सांस्कृतिक आधार समेत भएको छ । यसको साथै संसार मै चलिरहेको राष्टि्य मुक्ति आन्दोलन भन्दा नेपालका हामी तामाङ लगायत मूलबासीहरुको राष्टि्य मुक्ति आन्दोलन पनि पृथक रहन सकेन जसको फलस्वरुप तामाङ समुदायको, तामाङ राष्ट्रको राष्टि्य मुक्ति आन्दोलन चलिरहेकोछ । यो तामाङ समुदायको राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ समुदायको अर्थात् राष्ट्रको छुट्टै  संघिय ताम्साली गणराज्यको पहिचानलाई राजनैतिक मान्यता समेत स्थापित गर्न थोरै सफलता तर्फ उन्मुख भइसकेको छ । यही सन्दर्भमा तामाङ राष्ट्रको ऐतिहासिक र प्राचिन गणराज्यको उत्खनन अध्ययनले तामाङसालीङ भित्र तीन प्राचिन संघिय तामाङ गणराज्यहरु रहेको तथ्य पुष्टि हुन आएको छ ।
तामाङ समुदायको केन्द्रीय संघिय गणतन्त्रात्मक राज्य भएको कुरामा भने कुनै सन्देह छैन । यस विषयमा अझ विस्तृत र व्यापक रुपमा गहिराइ सम्म पुग्न थुप्रै अध्ययन अनुसन्धानहरु हुन जरुरी छ । तामाङ समुदाय वा राष्ट्रको प्राचीनता र  संघियतालाई बुझ्न र बुझाउन यहाँ यस लघु अध्ययनमा थोरै प्रयास गरेको छु । बोद संघियताको पर्याय नै महान एवं विशाल संघिय तामाङ समुदाय (राष्ट्र) र राष्ट्रीयता होः तामाङ शब्द प्रयोगका दृष्टिले मुख्यतय नेपालको राजधानी वरिपरिको र उपत्यकामा प्रथम आवाद गर्ने मंगोल मूलको मानव समुदायलाई बुझाउन प्रयोग भइ आएको छ । तामाङ शब्दको प्रयोग विदेशी बिध्वान म्याक्डोनाल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो'। त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेका थिए । उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका 'से मोन शेरिब अधिराज्य'का तामाङहरूलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगाएको भन्ने वृतान्त उल्लेखित छ । सो वृतान्तले तामाङ शब्दलाई राष्ट्रको रूपमा र समुदाय (राष्ट्र) वाचक संज्ञाको सूचकको रूपमा ७०० वर्ष अघि देखि प्रयोग भएको तथ्यको उजागर भएको छ । किन भने एउटा राज्य वा राष्ट्र वा मुलुकलाई डर अर्को राज्यबाटै हुन्छ । त्यो कुरा यहाँ झल्किन्छ ।
तसर्थ यो नै नेपालमा भेटिएको तामाङ राष्ट्र (समुदाय) लाई बुझाउन तामाङ शब्दको प्रयोग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो भने यो क्षेत्रलाई माथ्लो मुस्ताङ भोटको रूपमा चिनिन्छ । यही क्षेत्र तिब्बतमा सबै भन्दा पहिले बौद्ध धर्म फैलिनुमा महत्व राख्ने अुअीसाम्य (सामय्) गोन्पा बन्नु भन्द पहिले बनेको हो भन्ने विश्वास गरिएको लोगेकर (लोग्यागार) गोन्पा छ । अनि यही क्षेत्रमा नेपाल कै साबै भन्दा पुरानो मानव वस्तीको पुरातात्वीक अवशेष भेटिएको छ । तामाङ समुदायको लिखित वंशावलीमा यो क्षेत्रलाई तामाङ समुदायको उदगम स्थलको रुपमा उल्लेख गरिएको छ र उत्तरी बौद्ध सम्प्रदाय सबै भन्दा पुरानो मत ङीङमा सम्प्रदायका अनुयायी सबै भन्दा पुरानो (३० हजार वर्ष अघिको मानव समुदाय) र धरै जनसंख्या भएको मूलबासी समुदाय पनि तामाङ नै हुनुले पनि त्यो क्षेत्र तामाङ समुदायको बाब्सा उदगम स्थल हो भन्ने कुराको पुष्टि हुन्छ ।
तामाङ वंशावली अनुसार हुम्ला, जुम्ला भन्दा माथिका चीनको तिब्बतको दक्षिण पश्चिमको मानवसरोवर भन्दा मुनि तिरको उरवर प्रदेशलाई 'स्याङस्युङ' युल भनिन्छ । हाल यो चिनको दक्षिण पश्चिम तिब्बतमा अर्थात् माथिल्लो मुस्ताङको उत्तर पश्चिम तर्फ पर्छ । तामाङ वंशावलीमा तामाङ समुदायको 'स्याङबो' थरको 'बाब्सा' उद्गम स्थल 'स्याङस्युङ' हो अर्थात् 'स्याङस्युङ युलरी स्याङबो बाब तथा नेपालका हालको मुगु जिल्लाको कर्मारोङ क्षेत्र जहाँ झै आफूलाई तामाङ भनेर चिनाउनेहरु छन्  वंशावलीमा 'मुगु ग्याल्सारी मोक्तान बाब' अर्थात् मुगु राज्य मोक्तानको उद्गम स्थल हो भनेर वर्णण  गरिएको पाइन्छ । यही क्षेत्र आसपास 'स्याङस्हुङ युल्टी स्याङबो बाब', 'मुगु ग्याल्साटी मोक्तान बाब', र 'पुराङ च्यात्टी पाख्रीन बाब' (हालको मुक्तिनाथ क्षेत्र) तामाङ वंशावली अनुसार प्राचीन तामाङ 'बाब्सा' अर्थात् वासस्थान 'पुराङ' हो । मुक्तिनाथ क्षेत्रको नाम मुक्तिनाथसँग नजोडिदा ता का पुराङ कै अधीनस्थ क्षेत्र थियो र आज पनि स्थानिय भाषामा यस क्षेत्रको स्थान नाम 'पुराङ' नै भनेर भनिन्छ । पुराङ तामाङ वंशावली अनुसार तामाङ समुदायको उद्गम स्थल हो ।
आजसम्म मुक्तिनाथ देखि मुनीतिरका बासिन्दा जो मातृभाषामा आफ्नो समुदायलाई बुझाउन 'तमङ' शब्दको प्रयोग गर्ने थकालीहरूको मूल थलो कागबेनी, ठीङी, जोमसोम, मार्फा आदि स्थानहरू रहेका छन् । त्यस्तै थकालीहरू माझ आफ्नो जातीय चिनारी दिदा थकाली भित्र पनि लालचन, भट्टचन, सेरचन, गौचन भनेर चिनाउन नचाहने र आफूलाई आफ्नो भाषामा चिनाउनु पर्दा तामाङ भनेर चिनाउनु मै गर्व गर्नेहरू आज पनि जोमसोम, ठीनी लगायत गाउहरुमा पाइन्छन् । त्यसो मात्र होइन आजका तामाङसालीङ  भुगोलका ऐतिहासिक संघिय गणराज्यको अभ्यास आजसम्म ज्युका त्यु छन । थाकखोलामा मात्र ३ गाउले, १२ गाउलेको रुपमा अर्थात् अनेत्र १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ जस्तै प्राचीन विशाल बोद संघियता भित्रको गणराज्यहरुको अवशेषको स्वरुप पाइन्छ । त्यसैगरी गुरुङ समुदायमा आज भोलि गुरुङ भन्नुमा भन्दा बेसी तमु भन्नुमा गर्व गर्दछन् ।
हुम्लाका लामाहरू पनि पहिले हुम्ली तामाङ भनेर चिनाउने गर्दथ्यो, मुगु कार्मारोङ क्षेत्रकाहरुको पाँच पुस्तासम्मका लेखोटमा आफ्नो जातिगत वंशकारुपमा तामाङ लेख्ने गरेको अभिलेख पाइन्छ । उनीहरुले पनि जभोलि आफ्नो छुट्टै पहिचानको खोजिमा 'लामा' भन्नुमा गौरव गर्न थालेका छन् । ता पनि नेपालको राजधानीलाई नेपालको सिमानाको उत्तर हिमाल, दक्षिणमा चुरे, तराइ या पूर्व-पश्चिम चारैतिर घेरेर घना बसोवास रहेको तामाङ समुदाय जसलाई यहाँका सामन्ती शासकहरुले भोटे, लामाभोटे, घलेभोटे, घले, लामा भनेर विदेसी या फरक राष्ट्रको अर्थमा हेय भावले सम्बोधन गर्ने गरेको थियो, आज पनि छ । यही कुरा हाम्रो आधारभूत राष्टि्य पहिचानका आधार भएको छ । यहाँ सामन्ती सत्ताधारीबाट भोटेको संज्ञा पाएका हामीहरुको भाषा, संस्कृति र भेषभुषामा एकरुपता र समता पाइन्छ ।
हाम्रो प्राचीन पहिरन मुख्य रुपमा उनबाट बुनेको बनेको हुन्थ्यो । जसमा आजभोलिको भाषामा स्योल्दो (छ्युपा), वख्खु, आङदुङ, पाङदेन, कीटी आदि मुख्य मौलिक पहिरन सम्पूर्ण बोद (भोट) क्षेत्रमा भेटिन्छ । त्यो हुम्लाका हुम्ली या मुगुका मुगाली होस् अथवा मनाङका मनाङगे, रसुवा, सिन्धुपाल्चोकका तामाङ, सोलुका स्यार्पा, संखुवासभाका सिङसा, ताप्लेजुङ ओलाङचुङगोला, तोप्गेगोलाका सबैको एउटै हो । त्यस्तै मुगुका कार्मारोङबाहरुको या हुम्ली तामाङको भाषा आज पनि नुवाकोट, रसुवा, धादिङका तामाङ समुदायको विभिन्ना परम्परागत सांस्कृतिक अवसरहरूमा नाच्ने स्याब्रु नृत्य शैली र गाउने 'बोमसाङ' गीत अर्थात् लुको भाषासँग ठ्याक्कै मिल्छ । कतिपय गित त उस्तै पनि हुन्छ । यसो हुनाको मुख्य कारक तत्त्व बोद केन्द्रकृत संघियता नै हो । त्यसकारण हामीलाई बोद अर्थात् भोट राष्ट्र र राष्टि्यताका नेपाली भएकाले नै भोटको भोटे भनेर हेय तरिकाले सम्बोधन मुख्य गरेर सामन्ती बाहुनहरुले गर्ने गरेको हो।
 
तसर्थ तामाङ, तमङ र तमु भनेको मन देखिका भावनात्मक रूपमा गौरव पूर्ण मौलिक अभिव्यक्ति सहितको एउटै समुदाय  वा राष्ट्रको पहिचान हो । १८ औं शताब्दी अघिसम्म तामाङ भनेपछि हालको चिनिया तिब्बतको अधिनस्त क्षेत्र वाहेकका सबै बोद वा जडान हिमालय श्रृंखलामा बसोबास गर्नेहरु बोद अर्थात् भोट राष्ट्र वा समुदायको नै हुन् । जब देखि भोट राष्ट्रको सङ्घात्मक स्वराज्यहरू बिदेशी बाहुन जातिय  अधिनायकत्वको मुठ्ठीमा परे तब देखि जडान हिमालय श्रृंखलाका सबै समुदाय वा राष्ट्रहरुलाई लामा, लामा भोटे भनि हेयको भावनाले सम्बोधन गर्ने गरेको हो । यसरी सम्बोधन गरेबाट बोद (भोट) भन्नुले छुट्टै गणराज्यका (भारती, अमेरीकी भने झै) हो भन्ने पुष्टि हुन्छ । एकै चोटी बोद राष्ट्रवादको नामनिसान मेट्न कठीन भएकै कारण गोर्खा राज्यका उदय र अवसान पछि पनि तामाङ समुदायलाई भोटे, लामा, लामा भोटे, घले, घले भोटे, आदि संज्ञा दिएर छुट्टै राष्ट्र र राष्टि्यताको व्यवहार गरेको छ । 
त्यसैले तामाङ समुदाय लार्के, मुस्ताङ, दोल्बो, मुगु लगायत माथिल्लो बोद (भोट) क्षेत्रका आदिम बासिन्दा हुन् । ता पनि आजका तामाङहरूले त्यसताका आफूलाई 'हामी बाह्र तामाङ' भन्नुमा नै बढी गर्व गर्ने गर्दथ्यो । आफ्नो संघिय  गणराज्य समुदाय वा राष्ट्रकै रुपमा 'बाह्र तामाङ' (३ गाउँले, १२ गाउँले अर्थात् १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ) भन्ने संघियताको अवशेष अझै पनि पाइन्छ । जहाँ प्राचीन सङ्घात्मक समाजिक व्यवस्था थियो । जसको प्राचीन अवशेष तामाङ समुदायमा छ । हामी तामाङ नै होऔं भन्ने दावी जहानीया तानाशाही राणा शासनकालमा पनि तत्कालीन ब्रिटिस सरकारका ठूला कमान्डरको अङ्गरक्षक तथा सेवक तामाङ सरदार बहादुर जंगवीर तामाङले आफूहरू पहिले देखि नै तामाङ भनेर चिनिने कुरा 'हामी बाह्र तामाङ' भन्ने दाबीका साथ बाह्र तामाङलाई लामाभोटे नभनी आफ्नो थर लेख्दा तामाङ नै लेख्न पाउ भनि तत्कालीन नेपाल सरकारलाई निवेदन लेखेका थिए।
उनको यो निवेदनको सुनुवाइ स्वरूप वि.स. १९८९ भाद्र ६ का दिन तामाङलाई 'लामाभोटे' नभनि 'तामाङ' नै भनी बोलाउनु र लेख्न लगाउनु भन्ने लिखित आदेश समेत भए । बहादुर जंगबीरले 'हामी बाह्र तामाङलाई' तामाङ भन्नु भनी दाबी गर्नुले शासकहरूले 'लामाभोटे' भनेर संबोधन गर्ने गरे ता पनि आफू भित्र पहिले देखि नै समुदाय वाचक नाम 'तामाङ' राष्ट्र र राष्ट्रीयताको पहिचान थियो भन्ने कुराको यस तथ्यले पुष्टि गर्छ । तामाङ शब्दले ठूलो जनसंख्या भएको अर्थात् एउटै भाषा, धर्म, संस्कृति भएको जनसमुदाय भन्ने बुझाउँछ । तामाङ  समुदायको ता ले महान, ठूलो, वृहत्, विशाल आदि अर्थ बुझाउँछ भने 'माङ' शब्दले पनि धैरै संख्या भएको जनसमुदाय भन्ने अर्थ बुझाउँछ त्यसकारण तामाङ शब्दले केन्द्रकृत संघिय विशाल र महान गणराज्य अर्थात् विशाल तामाङ राष्ट्र र राष्ट्रीयताको पनि संकेत गर्दछ ।
 
यही बोद (भोट)  समुदाय वा राष्ट्रको अर्को पर्याय विशाल, महान सङ्घ र बृहत्तर जनसंख्या भएको राष्ट्र ( समुदाय ) को ऐतिहासिकता र महत्वलाई नबुझ्ने र जाना-जान तामाङ समुदायको ऐतिहासिक तथा प्राचीनताको अस्तित्व नस्विकार्ने र तामाङ  समुदायको महानतालाई होच्याउने नियतिले कोही-कोहीले तमकबाट तामाङ भएको हो भन्ने  भन्ने संकोचित र कल्पित अर्थमा तामाङ शब्दलाई अर्थ्याउने गरेको पनि पाइन्छ ।
तामाङ वंशावलीमा तिब्बतीलाई बुझाउन 'बोद' वा 'बोअी', चीनलाई 'ग्यामी' वा ग्यानाक, भारतलाई 'ग्याकार', पाकिस्तानलाई 'सहोरलीङ, अुरगेनलीङ', बर्मालाई 'कामारलीङ', लङ्कालाई 'बेतालीङ' भनिन्छ । बरु खसभाषि सामन्तहरुले आधिपत्य कायम गरेपछिको गोर्खा राज्यको तथाकथित एकीकरणको नाममा औपनिवेशिक विस्तार, सँस्कृतिक दमन, उपेक्षा र हस्तक्षेप पछि स्थापित गरेको गोर्खा राज्यको गोर्खा भाषा उर्फ खस नेपाली भाषामा तिब्बत र तिब्बतीलाई बुझाउने 'भोट' शब्दको निर्माण तामाङ भाषाको बोत (बोद) शब्दबाट भएको हो । अर्थात् भोट भन्ने शब्द तामाङ भाषाको बोद वा बोत शब्दबाट व्युत्पत्ति भएर बनेको हो ।
त्यसैले तामाङहरू आजका तिब्बती भूमिका बासिन्दा (तिब्बती) होइन । तिब्बतीलाई बुझाउन तामाङ भाषामा बोद, बोअी तथा बोदकी म्ही वा बोअीम्ही र बोत्पा वा बोअीपा आदि शब्दहरुको प्रयोग गरिन्छ । यीनै तथ्यहरूले जुन बेला देखि उपर्युक्त देश वा राज्यहरू अस्तित्वमा आए त्यतिखेर देखि नै तामाङहरूको स्वराज्य गणराज्य जनपदहरूको रूपमा 'तामाङसालीङ' भूगोलमा थियो जसलाई खसहरुले एउटै मानव सभ्याताका वा नश्लका भएकै कारण हामीलाई उनीहरुले हालको चीनीया तिब्बतीको रुपमा व्यवहार गरेको पाइन्छ । जसले वास्तवमै हामी पहिले छुट्टै राष्ट्र र राष्ट्रियता बोकेको गणराज्यका बासिन्दा हौं भन्ने कुराको सोझै पुष्टि हुन्छ । जबकी तिब्बतलाई बुझाउने तामाङ भाषाको शब्द बोदलाई नै तिब्बतीहरु बोअी भनेर उच्चारण गर्दछन् भने तामाङ भाषामा बोद नै उच्चारण गरिन्छ । यसले पनि तिब्बतीको तुलनामा तामाङ भाषा पुरानो भाषा भएको संकेत गर्दछ । अर्को कुरा तामाङ भाषाको तोर्पो बोदबाट तोर्बोद अर्थात् माथिल्लो भोट अर्थमा प्रयोग हुने शब्दको उच्चारण तथा व्युत्पत्तिबाट तोबात, तुबात हुँदै तिबातबाट हालको तिब्बत शब्दको निर्माण भएको पाइन्छ ।
आज पनि नेपालमा लार्के, माथ्लो मुस्ताङ, माथ्लो दोल्बु (तामाङ वंशावली अनुसार वर्णनमा उल्लेख स्याङस्युङ, मुगु ग्याल्सा, पुराङक आदि) क्षेत्रलाई माथ्लो भोट क्षेत्र भनेर स्थानियस्तरमा भनिन्छ । यसले के सिद्ध गर्दछ भने बोद (बोअी) वा तिब्बती बुझाउने शब्द यथार्थमा प्राचीन होस या आजको तामाङ भाषामा आफ्नै एउटै भूक्षेत्रको तल्लो वा माथ्लो भूभाग भन्ने अर्थ बुझाउने शब्द भएकाले नेपालको भुगोल भित्रको तल्लो मार्पा, रोङपा बोद या माथ्लो भोट तोर्पा तोयपा बोद (भोट) यो क्षेत्र नै प्राचीन तामाङसालीङको भूभाग हो । विशाल र ठूलो समुदायलाई जनाउने 'तामाङ' शब्द स्वयंले तामाङ राष्ट्रको महान तथा विशाल ऐतिहासिक, भाषिक, सांस्कृतिक एकरुपतामा संघिय, अनेकता र ऐतिहासिक समुदाय अर्थात् राष्ट्र र राष्ट्रीयताको रुपमा बुझाउने भएकाले बोद (भोट) प्राचीन संघिय जनपदीय संरचना भित्रको एक बृहत्तर गण तामाङ समुदाय  र राष्ट्रियता वा तामाङ राष्ट्र र राष्ट्रियता हो ।
जो आजको तामाङसालीङमा सिमित भएको छ । तामाङसालीङ भूगोल र संघिय तामाङसालीङ गणराज्यको पुष्ट्याइः तामाङसालीङ भन्नाले तामाङ समुदाय वा राष्ट्रीयताको समग्र भूगोललाई बुझाउँछ । यहाँ राष्ट्र वा समुदाय बुझाउने 'तामाङ' शब्द र 'लीङ' अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टै भूक्षेत्र वा प्रदेश वा महादिप र उपमहादिप वा महादेशलाई बुझाउन प्रयोग भइ आएको प्राचीन शब्द हो । यो तामाङ राष्ट्र वा समुदाय  वाचक शब्द 'तामाङ', मातृभूमि बुझाउने शब्द 'सा' र विशाल भूगोललाई जनाउने शब्द 'लीङ' यी तीन तामाङ भाषाका शब्दहरुका बीचमा भाषाविज्ञानका ध्वनी परिवर्तन सम्वन्धि सिद्धान्त अनुसार तथा सन्धिका सिद्धान्त अनुसार सन्धि भइ तामाङसालीङ. शब्द बनेको हो । त्यस कारण तामाङ भाषामा ताम्बा मौखिक कथ्य परम्पराको इतिहाको वर्णनमा पनि प्राचीन जम्बुदिलाई जाम्बुलीङ, मध्येपूर्वलाई उरगेनलीङ तथा सहोरलीङ, मंगोलीया आसपास भूक्षेत्रलाई समदेनलीङ आदि लीङ प्रत्यय वा सर्ग जोडेर ठूलो भूक्षेत्र वा भूगोललाई बुझाउने शब्दको रूपमा प्रयोग भएको पाइन्छ ।
कसैकसैले ताम्बासालीङ भनेर भने पनि 'ताम्बा' (ताम पान्तीबा, ताम पाङबा-कथ्यबाट व्युत्पत्ति भइ बनेको शब्द) शब्द तामाङको प्राचीन उदगम स्थल तथा वर्तमान तामाङसालीङको सबै तामाङ भूभाग र समुदायमा परिचित र प्रचलनमा छैन । तर विशाल भूक्षेत्र बुझाउन भने लीङ प्रत्ययको प्रयोग सबै तिर भइ रहेको पाइन्छ । त्यसकारण विशाल तामाङ भूगोल तथा प्राचीन संघिय तामाङ गणराज्यलाई बुझाउने शब्द 'तामाङसालीङ' भाषा वैज्ञानिक दृष्टीकोण र तामाङ समुदायको प्राचीन मौलिक इतिहासको अध्ययनले पनि तामाङ समुदायको ऐतिहासिक भुगोलको पहिचान बुझाउने शब्द हो भन्ने पुष्टी गर्दछ । तामाङ समुदायको केन्द्रकृत राज्यको बारेमा स्पष्ट थ्य फेला नपरे पनि हामी मूलबासीहरु सबैको छुट्टा छ्ट्टै संघिय गणराज्यहरुको अवशेषका रुपमा भने अझै विभिन्न स्वरुपमा भेटिन्छ ।
जसमा संयुक्त गाउँ ( बाह्र तेमाल, बाह्र गोरस्याङ, बाह्र मगरात, दस लिम्बुवान) वा सभाहरु थुप्रै पाइन्छ । तराइका दनुवार, थारु लगायतमा पाइने 'सौराठ' जातीय सङ्घिय सभा हो । यसको निरनतरता 'थरूहट' त्यस्तै तामाङहरुको 'बाह्र तामाङ', लिम्बूको 'दश लिम्बूवान', मगरको 'बाह्र तथा अठ्ठार मगरात', मुस्ताङे थकालीको 'बाह्र गाउँले' आदि नेपालका मूलबासीहरुको प्राचीन संघिय गणराज्यका अवशेषहरु हुन । यही अवधारणाका आधारमा तामाङ मूलबासीको बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि संघिय केन्द्रीय गणराज्यहरुका अवशेष नै हुन भन्न सकिन्छ । यी नै बाह्र तेमाल, बाह्र लच्याङ, बाह्र गोरस्याङ आदि प्राचीन गणराज्य नै आजका तामाङ राष्ट्र, राष्ट्रीयताको भूभाग अर्थात तामाङसालीङ हो ।
नेपालमा आजको नयाँ परिवेसमा यहाँका तामाङ मूलबासीले चाहेको स्वयत्त भूमि अर्थात तामाङसालीङ स्वायत्त गणराज्य भनेकै यही तामाङसालीङ हो । यहाँ तामाङसालीङ राज्य भन्नाले नेपाल भन्दा छुट्टै तामाङ मुलुक भन्न खोजेको होइन । बहुराष्ट्रिय नेपाल राज्यमा ४५० वर्ष देखि सत्तासीन जातिको एकभाषी, एकधर्मालम्बीको मात्र सर्वसत्तवादी हावीको कारण उपेक्षा र उत्पीडनबाट मुक्त हुने क्रममा भर्खर बन्न लागेको संघिय नयाँ नेपालको राज्यपुनःसंरचनाको अपयिरहार्यता आवश्यकतालाई आत्मसाथ गर्दै नेपालको भुगोल भित्र ऐतिहासिक रुपमा आफ्नो एउटा छुट्टै पहिचान र गौरव बोकेको गणराज्यका अवशेष र विशेषताहरुको समग्र अस्तित्वलाई जिन तीन बाचइ आएका तामाङ राष्ट्रको भुगोल तामाङसालीङको कुरो मात्र गरिएको हो ।
नयाँ नेपालको नेपाली राष्ट्र र राष्ट्रीयताको पहिचान भनेको क्षेत्री बाहुनको अर्थात् खस-जातिको खस राष्ट्र र खस-अहंकारी राष्ट्रवाद, खसभाषा र खस-संस्कृति मात्र होइन नेपालका भूमीपुत्र मूलबासीहरू लगायत नेपालको भुगोल भित्रको सम्पूर्ण राष्ट्र र राष्ट्रियताको पनि हो नेपाल । तसर्थ तामाङ, गुरुङ, मगर, राइ, लिम्बू, नेवार, मैथिल, भोजपुरा, अवध, थारु, धिमाल, कोचे, मेचे, होलुङ, तोप्केगोला, सेर्पा आदि मूलबासीको भाषा, धर्म, सँस्कृति नेपाल कै नेपाली राष्ट्रीयता र पहिचान हो । तर नेपाल गणतन्त्र मुलुक घोषणा भएतापनि यहाँ खसजातिको भाषा, धर्म, संस्कृतिले वाहेक नेपालमा अरू राष्ट्र (समुदाय) ले समान व्यवहार प्राप्त गर्न सकेको छैन  । 
त्यस्तै मध्ये एक उपेक्षा र दमनमा परि राखेको तामाङ राष्ट्र र राष्ट्रियता नेपालमा छुट्टै मौलिक पहिचान बोकी राखेको अहिलेका अधिकांस राजनैतिक दलहरूको मानस पटलमा नकोरिएको वा जानाजान उपेक्षामा पारिएको एउटा भुक्षेत्र तामाङसालीङ हो जसलाई संघिय नेपालको एउटा गणराज्य बनाइनु पर्छ । संघिय तामाङसालीङ गणराज्यका अवशेष तथा रुम्बा, अुअीबा (वाअीबा) र दोङ थरका तामाङ गणराज्य प्रमुख: तामाङसालीङ भुगोल भित्र अझै प्राचीन तामाङ संघिय गणराज्यका थोरै अवशेषहरु रहेको कुरा माथि नै पुष्टि भइसकेको छ । जुन कुरा तामाङ समुदायको वंशावलीमा उल्लेख भएको पाइन्छ । तामाङ समुदायको छुट्टैगणराज्यहरु नहुँदो हो त तामाङ वंशावलीहरूमा तामाङ भाषामा छिमेकका गणराज्यहरूको नाम तथा तीनको वर्णनहरु, वृतान्तहरु पनि नहुनू पर्ने हो।
आज भोलिस सम्म दरबारका भग्नावशेष वाहेक थुप्रै गणराज्यहरु अर्थात् स-साना कविला वा गाउँका संघ नायक ग्याल्बो-ग्ले (राजा) हरूको नाम र वर्णन तामाङ समुदायका विभिन्न थर (कविला-समूह) का उत्पत्ति तथा राजघरानाको वृतान्त पाइन्छ । गणराज्यको स्वरूप र कविलाई गणराज्यका संघनायक राजाहरुको स्वभाव भने सामन्ती भुरेटाकुरे प्रकृतिका थियो भन्न सकिने आधार पाइन्छ । यसको दसीको रूपमा मुस्ताङ भोटको जोमसोम लगायत धादिङ जिल्लाको सेमजोङ, सल्यानटारका याबेङ खोलाको नजिकका ग्ले (घले) सङ्घ वा गणनायक राजाका दरवारका भग्नावशेष, रसुवाका गोलजोङका संघनायक ग्ले (घले) राजाको दरबार र किल्लाहरूको भग्नावशेष, नुवाकोट ककनीका रुम्बा थरका गणनायक अर्थात् राजाको दरबार र तीनको भग्नावशेष, तेमाल काभ्रेका रीन्जीन दोर्जे दोङको दरबार, रामेछापको ताल्ज्युका ग्हीसीङ राजाका दरबारका भग्नावशेष आदि तामाङ गणतन्त्रात्मक सङ्घीय तथा स्वराज्यहरूको अस्तित्व र अवशेष भेटिन्छन् । यी नै प्राचीन तामाङसालीङ क्षेत्र देखि वर्तमान तामाङसालीङ क्षेत्रहरूमा बाह्र साना गणराज्यहरूको जनप्रतिनिधि मूलक १२ तामाङको केन्द्रीय संघिय गणराज्य प्रणालीको अवशेषका रूपमा (१२ जनाको जनपद वा संघिय स्वरूप) जन समिती वा सभा वा परिषद वा संगठन पूर्वमा '१२ तेमाल', मध्येमा '१२ लाच्याङ', 'मध्य पश्चिममा १२ गोरस्याङ' र पश्चिममा मुस्ताङ भोट क्षेत्रमा जोमसोम भेगमा '१२ गाउँले' (थकाली तमङहरूको १२ गाउँको प्रतिनिधि रहेको जन संगठन आज पनि छ) आदि अझैसम्म संघिय प्रणालीका गणराज्य व्यवस्थाको अवशेषका रूपमा रहेको पाइन्छ ।
यी मध्ये केन्द्रीय तामाङ गणराज्यहरुमा बाह्र गोर्स्याङ अर्न्तगत पश्चिम १ नम्बर त्रिशुली नदीबाट पश्चिम २ नम्बर सम्मका प्राचीन तामाङ कविला तथा वस्तीहरु पर्दछ र अुअीबा थरको दाकुर अुअीबा, तत्कालीन बाह्र गोर्स्याङ तामाङ गणराज्यका सबैभन्दा अन्तिम सङ्घ वा गणनायक वा प्रमुख थिए। उनको गणराज्यको केन्द्र सेमजोङ थियो भने बाह्र लाच्याङ अर्न्तगत त्रिशुली नदी देखि पूर्व सिन्धुपाल्चोक, दोलखा छेउसम्म अर्थात् पूर्व १ नम्बरका उत्तरी भेग पर्दथ्यो । बाह्र लच्याङ गणराज्यको अन्तिम संघका गणनायक वा प्रमुखको रुपमा ग्याल्बो देउसिं बारु तामाङ समुदायको रुम्बा थरका थिए । त्यसैगरी बाह्र तेमाल अर्न्तगत हालको काठमाण्डौको दक्षिण पूर्व ललितपुर, काभ्रे दाप्चा, तेमाल, कोशीको पारी हुँदै पूर्वको दुःधकोशी सम्मका गाउँ तथा कविलाहरु पर्दथ्यो सो गणराज्यको केन्द्र तिमाल र त्यसको अन्तिम गण प्रमुख दोङ थरका रीन्जेनदोर्जे तामाङ थिए भन्ने कुरा तामाङ समुदायको वंशावली तथा मौखिक इतिहासका अवशेषहरुको अध्ययनले देखाएको छ । यी क्षेत्रहरु नै प्राचीन समय देखि आजसम्म पनि तामाङ बाहुल्य क्षेत्रकै रुपमा रहेका छन् । उपत्यकाको उत्तर पश्चिम कुनाको डाडामा बाह्र लच्याङ गणराज्यको सङ्घ वा गणनायक वा प्रमुख ग्याल्बो देउसिं बारुको जोङ (राजधानी) कारकानीमा (ककनी) थियो । उनको माइलो भाइ साङग्ये रुम्बा बौद्ध धर्मका सिद्ध लामा थिए । उनको हालको नागारजुन रानी बन क्षेत्र जामाचोमा गुम्बा थियो । उनको सन्तानहरु जामाचो भेगमा नै बस्थ्यो ।
अहिले मुडखु चेक पोष्ट भएको स्थानबाट अलि माथि नागारजुन पछाडी रुम्बाहरुको बस्तीको भग्नावशेषहरु आज पनि देख्न पाइन्छ । आजभोलिको रानी बन (रानी बगैचा) बनाउन राज्यले अधिकरण गरेपछि जामाचोको रुम्बा वस्तीलाई आजभोलिको वैखुमा १०० रोपनी भन्दा बढी क्षेत्रफल बराबरको जग्गा मुआब्जामा दीइ (साङग्ये बारुको सन्तानहरुलाई) जामोचोबाट सारेको कुरा स्थानीय सम्भु लामा र उनका काकाहरु बताउँछन् । यहाँकै रुम्बाका सन्तान एक समूह काठमाण्डौको स्वयम्भू र अर्को एक समूह बौद्ध परिसरमा गुम्बामा पूजापाठ सञ्चालन गरेर बसेको भेटिन्छ । वैखुका रुम्बा लामाहरुलाई सेरतो (सेर्बा) असिना रोक्ने फीरफीरे (हावाको पंखा) हालेर धार्मिक विधि गरेर असिना रोक्ने काम मल्लकाल देखि राणा कालसम्मका सरकारबाट जिम्मा पाएका देखिन्छ । त्यस वापत जनताबाट माना पाथि अन्न पारिश्रमिक उठाउन पाउने हकबारे लिखित इस्तीहार जारी गरी दिएको पाइन्छ । जसमा ठमेल भगवान बहाल देखि किर्तिपुर सम्मको क्षेत्र तोकेको थियो । रूम्बा ग्लेका बारेमा यस्तो जनस्रुति पाइन्छ । भनिन्छ 'ककनीका रुम्बा र पाख्रीन बीचमा ठूलो युद्ध र बिबाद भएपछि रुम्बाहरुबाट पाख्रीनहरुको वंश नै नास हुने गरी युद्ध भए।
त्यसबेला रुम्बाकै छोरी चेली पाख्रीनको बुहारीको कोख रहेका भान्जा पाख्रीनले ककनीका ढुङ्गे धारामा नुहाउँदै गर्दा तीरले हानेर मामा रुम्बा ग्याल्बो (संघ नायक) को हत्या भएपछि रुम्बा ग्याल्बो (संघ वा गणनायक) को अन्त्य भयो भन्ने मौखिक आख्यान अज पनि सुन्न पाइन्छ । रुम्बा ग्याल्बोका ग्याल्खाङको विभिन्न अवशेषहरु नुवाकोट जिल्लाका ककानी अर्थात् ककनी डाँडोको जङ्गल भित्र रहेको कुरा ककनीका बासिन्दाले आज पनि बताउने गरेको छ । यस्तै भग्नावशेषहरु र मौखिक आख्यानहरु बाह्र तेमालका दोङ ग्याल्बो, बाह्र गोरस्याङका अुअीबा ग्याल्बोको पनि रहेको पाइन्छ। त्यसकारण प्राचीन तामाङ संघिय गणराज्यको अवशेष तामाङसालीङ हो । यही तथ्यले तामाङसालीङ आजको संघीय गणराज्य हुन सक्ने दह्रो आधारशीला खाडा गरी दिएको छ । तामाङसालीङ भूगोल र संघिय तामाङसालीङ गणराज्यको पुष्ट्याइः तामाङसालीङ भन्नाले तामाङ समुदाय वा राष्ट्रीयताको समग्र भूगोललाई बुझाउँछ । यहाँ राष्ट्र वा समुदाय बुझाउने 'तामाङ' शब्द र 'लीङ' अर्थात् तामाङ राष्ट्रको भाषामा गाउँ, जिल्ला, क्षेत्र वा अन्चल भन्दा ठूलो छुट्टै भू-क्षेत्र वा प्रदेश वा महादिप र महादिप वा महादेशलाई बुझाउछ ।
तामाङ समुदायको लोक बाजाहरू
तामाङ समुदायले डम्फू, टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन् ।
तामाङका थरहरु 
हालसम्म तामाङ समुदायमा १४८ वटा भेटिएका छन् । तिनीहरुलाई अंग्रेजी अल्फाबेटीकलमा राखीएको छ ।
१.बज्यु, २.बल, ३.बलदोङ, ४.बामतेन, ५.ब्लेन्देन, ६.ब्लोन, ७.बम्जन, ८.ब्राङदोङ, ९.ब्रासिङगर, 
१०.चाकेन्गोचुमी, ११.चेलेङगार्ते, १२.चिम्कन, १३.च्यापाङखोर,
१४.छेकपाल, १५.छोदेन, १६.छ्योईमी,
१७.दामराङ, १८.दारताङ, १९.डिमदोङ, २०.डन, २१.दोङ, २२.दोङपा, २३.दोसिङ, २४.डुम्जन, 
२५.फिउवा, २६.गाल्देन, २७.गाङताङ, २८.गेमसिङ, २९.ग्यावतेन,
३०.घले, ३१.घिसिङ, ३२.घुन्सादे, ३३.घुन्सादेन, ३४.ग्लान, ३५.गोले, ३६.गोम्च्यो, ३७.गोम्देन, ३८.गोम्जा, ३९.गोन्देन, ४०.गोङ्वा, ४१.गोङ्वो, ४२.गोङ्सो, ४३.गोथर, ४४.ग्राङदान, ४५.ग्राङदेन, ४६.ग्रोम्बा, ४७.ग्रोम, ४८.ग्रोप्चन,४९.ग्याबा, ५०.ग्याव्तेन, ५१.ग्याम्दान, ५२.ग्याम्देन, ५३.ग्याङताङ, ५४.ग्योमचो, 
५५.हेन, ५६.हिम्टुङ, ५७.होप्तेन, 
५८.जिम्बा, ५९.जोग्ना, ६०.जोन्गान, ६१.जुमि, 
६२.कागते, ६३.काल्देन, ६४.कमैवा, ६५.काम्देन, 
६६.खानीखोर, ६७.ख्युल्पा, ६८.ख्युङवा, ६९.कोल्देन, ७०.कोम्ग्दान, 
७१.लला, ७२.लामागोन्जु, ७३.लामाखोर, ७४.लो, ७५.लामिनखोर, ७६.लोप्चन, ७७.लुङवा, ७८.लुङपा, 
७९.महेन्दोङ, ८०.माम्वा, ८१.मनाङथेन, ८२.मान्देन, ८३.मार्पा, ८४.मेन्सिङ, ८५.मिकचन, ८६.मितक, ८७.मोदेन, ८८.मोक्चन, ८९.मोक्तान, ९०.मुलुङ, ९१.म्याल्पा, 
९२.नाजुङ, ९३.नेगी, ९४.ङाके, ९५.ङार्वा, 
९६.ङार्देन,९७.ङिल्पा, ९८.ङोङचो, ९९.ङयोजो, १००.ङयाचेन, 
१०१.न्यासुर, १०२.न्यारवा, १०३.ङयोङदोङ, 
१०४.पाल्देन, १०५.पाजुतेन, १०६.पाखरिन, १०७.पाल्चोके, १०८.पाङवोतेन, १०९.पाङतेन, ११०.फेवा, १११.प्रभुवा, ११२.रम्पोद, ११३.रिम्तेन, ११४.रुम्बा, 
११५.साइ, ११६.साम्देन, ११७.साङग्री, ११८.सर्वखोर, ११९.सेङजेवा, १२०.सेनतेन, १२१.स्वाङवो, १२२.स्याङरी, १२३.स्योरतेन, १२४.सिङगन, १२५.सिङगर, १२६.सिङतान, १२७.सुक्तान, १२८.सुम्बा, १२९.स्याम्जन, १३०.स्याङजुवा, १३१.स्याङतान, १३२.सयाङदन, १३३.स्यानतेन, १३४.स्योङतान, १३५.स्योरतेन, 
१३६.थाङतेन, १३७.थीङ, १३८.थोकर, १३९.तितुङ, १४०.तोइवारा १४१.तोइसाङ, १४२.तोङयार, १४३.तुन्बा, १४४.तुपा, १४५.वाईबा, १४६.वालिम, 
१४७.योर्सादेन, १४८.योन्जन गरी जम्मा अहिले सम्मा १४८ वटा थरहरु तामाङ समुदायमा भेटिएको छ । कतिपए थरहरु नमिलेको पनि हुन सक्छ र अरु पनि थरहरु बढ्न सक्ने हामिले अनुमान गरेकाछौ ।
तामाङको ताम्बा र बोम्बो 
नेपाली इतिहास रच्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका तामाङ समुदायलाई इतिहासमा लामा, भोटे, मुर्मी, से, सेमोन आदि नामले पुकारिन्थ्यो । ऐतिहासिक कालखण्डमा आएका गम्भीर प्रकृतिको उत्पीडन, अपहेलना, भेदभावजस्ता दुर्घटनाहरू, महासंकटहरूका बाबजुद छुट्टै पहिचान स्थापित गराई पुस्तौनी सँस्कृतिक धरोहर हस्तान्तरण गर्दै हालको स्थितिसम्म आइपुग्दा सँस्कृतिमा धनी समुदायको रुपमा तामाङहरू परिचित छन् । तामाङ सँस्कृतिको मूल धरोहर भनेको ऐतिहासिक विरासत ताम्बा, सामुदायिक विरासत बोम्बो र धार्मिक विरासत लामाजस्ता संस्थाहरू हुन् । यी तिनै संस्थामध्ये कुनै एकको मात्र अनुपस्थितिमा पनि तामाङ सँस्कृति पूर्ण हुँदैन ।
 
(क) ताम्बा
ताम्बाले अभिव्यक्त गर्ने ब्रम्हाण्डको उत्पत्तिको काव्यात्मक कथा, मानव उत्पत्तिको कथा, बाम्बो र लामाहरूको महत्त्व सम्बन्धी तामाङ संस्कार सँस्कृतिको व्याख्या नै तामाङ समुदायको मुख्य आधारशीला हो । लिपिबद्ध हुन नसकेको तामाङ इतिहास, वंशवर्णन आदि यति लामो कालखण्डसम्म व्यवस्थित रहनुमा ताम्बाको अग्रणी भूमिका छ ।
(ख) बोम्बो
तामाङ सँस्कृतिको आत्मामा बौद्ध संस्कार प्रवेश गर्नुअघि यस समुदायको सम्पूर्ण कर्मकाण्डीय कार्य बोम्बोहरूको आधारमा सञ्चालन हुने गर्दथ्यो । प्राकृतिक अनुष्ठान, परम्परागत उपचार पद्धति र कुल, कुल्यानको कार्य बोम्बोहरूले गर्दै आइरहेकाले बोन्बोको भूमिका तामाङ संस्कारमा अग्रणी स्थानमा कायमै छ ।
बुझ्नै पर्ने कुरा 
पिपा गोश्वारा हली-गोठाला भारी बोक्नेजस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि तामाङ समुदायले इतिहासमा कहीँ कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरुसँग आत्मसमर्पण गरी तिनीहरुलाई सहयोग गरेको इतिहास छैन । वर्तमान समयमा तामाङ समुदायका हजारौँ युवा-युवतीहरु आफ्नो पुर्खा र समुदायको गौरवमय इतिहासलाई निरन्तरता दिँदै सामन्ती हिन्दू आर्यन शरणार्थी बाहुन-क्षेत्री शासकहरुको हातमा पुगेको आफ्नो शासनसत्ता र भूमि खोस्नका लागि मंगोल डेमोक्रेटिक पार्टीमा एकबद्ध भएर विद्रोहको उदघोष गरिरहेका छन् र सामन्ती बाहुनवादी राज्यसत्ताका विरुद्र धावा बोलिरहेका छन् । जसका कारण बाहुनवादी सामन्ती राज्यसत्ताको अवस्था आईसीयुमा राखेको र मृत्युशैयामा छटपटाई रहेको बिरामीको जस्तो भएको छ भने हिमाल, पहाड, तराई सबैतिर बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्ध नाराहरु गुंजना थालेको छ ।
SHARE