पृथ्वी नारायण शाहले नेपालको मुलबासीमाथि लादेको खस एकाधिकार गणतन्त्र नेपालमा अहिले सम्म कायमै अही खस एकाधिकारले मुलबासीलाइ आफ्नो थाक्थालोबाट बिस्थापित गर्ने ठुलो षड्यन्त्र कार्यान्वयन गर्ने काम तिब्र रुपले हुदै यसलाई रोक्न सबै मुलबासी एकजुट होऔँ !
 
प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकNepal: Geschenk der Götter (Nepal Gifts of the Gods), by Hans-Georg Behr बाट साभार गरिएको विचारोत्तेजक सन्दर्भहरु हरेक नेवारले पढनै पर्दछ । कृपया एक पल्ट पढ्नु होला ।राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ । यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ । पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा प्रस्तुत छ ।
1. गोर्खाली सेनालाई प्रशस्त आर्थिक उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पनि लण्डनमा सुरक्षित इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो
2. त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि क्याप्टेन सिअने(Captain Ceane) को दस्तखत जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो यो त्यहि ब्यापारिक मार्ग हो जहाँ बाट हालको भारत चीन बीच नेपाल भै ब्यापार चलेको थियो
 
3. लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुर कठिन युद्द गरि जिते कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदै पनि उच्चस्तरीय हतियार सामु टिक्न सकेनन त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए मारिएकाहरुमा सबै नेवारी समुदायका थिए
हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे ।
 
4. भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वी नारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे उनि मारिएनन तर उनको आँखा फोडियो हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वी नारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए मौन मात्रै बसी रहे तेज नरसिंगलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियोत्यहाँ सानो प्वाल थियो, जहाँ बाट दिनको एक कचौरा भात छिराउथ्यो केहि दिन पछी त्यो कचौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो
 
5.पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे उनले पृथ्वी नारायणलाई भनेका थिए – ‘नेपालका जनता ज्यादै मेहनती बुद्धिमान छन त्यसैले तिनीहरु एकदम खतरनाक छन् तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ उनीहरुलाई अबको कयौं शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ यस्तो गर्न कडा नियम तरवार (हत्या हिँसा)को साथ लिनै पर्छ
 
6. तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो नया निर्माण कार्य गर्न रोक लगाइयो भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो व्यापार ब्यबसायमा नियन्त्रण गरियो सम्बत १७६७ को कर श्रेस्ता फेला परेको , जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन
 
7. स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो सम्बत १७७० मा मात्रै पनि २५०० नेवारहरु सजायको नाममा मारियो यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर पलायनबादी बन्न थाले दमन अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाँकी रहेनन् ती कुराहरु बिर्सन थाले
SHARE