"ऋद्धी प्रातिहार्य" अर्थात "Miracle Day" वा "छोठुल दुइछेन" पर्व भनि हामी महायानी बाैद्धहरूले मानि अाएको छन। यसबारेमा त्रिपिटक दीघनिकायको केबटट्र सुतमा यस्तो उल्लेख गरिएको छनः
केबटट्- सुत्त
१, त्यतिबेला भगवान बुद्ध नालान्दको पावरिक अाम्रवानमा बस्नु भएको थियो। जहाँ भगवान बुद्ध बस्नु भएको थियो।
त्याँह केवट्ट भन्ने गृहपति पुग्यो। र, केवट्ट गृहपतिले भगवान सँग यस्तो बिन्न्ती गरे- भन्ते ! "यो नालन्दा समृद्ध,उन्नत तथा बहुजनकीर्ण छ। जो (नालन्दाबासी) भगवान प्रति अभिप्रसन्न छ। 
भन्ते ! तंपाइको एक भिक्षुलाइ उत्तरीयमनुष्य धर्म- ऋद्धिप्रातिहार्य देखाउँनुको निमिता नियुक्त गर्नु भए हुन्थ्यो?"
यसो भन्दा भगवान बुद्धले भन्नुभयोः- केवट्ट ! "म भिक्षुहरूलाइ यस्तो उपदेश गर्दिन- भिक्षुहरू हो! तिमीहरू अाअो, तिमीहरूले शुद्ध जीवन विताइ बस्ने गृहस्थीहरूलाइ उतरीयमनुष्य धर्म-ऋद्धिप्रतिहार्य देखाउ?" 
फेरी पनि केबट्टले भगवान सँग बिन्ती गरेः- भन्ते ! मैले भगवानको सुकिर्ति विर्गन खोजेको होइनन्। बल्कि यसो बिन्ती गर्दछु:- भन्ते ! "यो नालन्दा समुद्ध, उन्नत तथा बहुजनाकीर्ण छ। जो (नालन्दाबासी) भगवान प्रति अभिप्रसन्न छ। भन्ते ! भगवानले एक भिक्षुलाइ नियुक्ति गर्नु भए बेस हुने थियो। जसले उत्तरीयमनुष्य धर्म-ऋद्धिप्रतिहार्य देखाउने छन। यसबाट नालन्दाबासीहरू भगवानप्रति झन अभिप्रसन्न हुने छन।"
२,दोस्रो पटक पनि भगवानले केवटट् गृहपतिलाइ यसो भन्नुभयो- केवटट् ! म भिक्षुहरूलाइ यस्तो धर्मोपदेश गर्दिन( यो भन्दा अघि नै राजगृह सेठको कारणले भिक्षुहरूलाइ ऋद्धिप्रतिहार्यको देखाउँनु प्रतिबन्ध लगाइ नियम बनाइ सक्नु भएको थियो। त्यसैले यस सुत्रमा भगवानले 'म भिक्षुहरूलाइ यस्तो धर्मोपदेश गर्दिन भन्नु भएको हो) – ''भिक्षुहरू हो! तिमीहरू अाअो,तिमीहरूले शुद्ध जिवन बिताइ बस्ने गृहस्थीहरूलाइ उत्तरीयमनुष्य धर्म-ऋद्धिप्रातिहार्य देखाअो।''
तेस्रो पटक पनि केवटट् गृहपतिले भगवान सँग बिन्ती गरे- भन्ते ! मैले भगवानलाइ विध्वंश गर्न खोजेको होइनन्।बल्की यस्तो बिन्ती गर्दछु- "भन्ते ! यो नालन्दा समृद्ध,उन्नत तथा बहुजनाकीर्ण छ। जो (नालन्दाबासी) भगवान प्रति अभिप्रसन्न छ। भन्ते ! भगवानले एक भिक्षुलाइ नियुक्ति गर्नु भए बेस हुने थियो। जसले उत्तरीयमनुष्य धर्म-ऋद्धिप्रातिहार्य देखाउने छन। यसबाट नालन्दावासी भगवान प्रति झन अभिप्रसन्न हुने छन।"
२,तिन प्रातिहार्यहरू
(क) ऋद्धिप्रातिहार्य
३, केबटट् ! स्वंय मैले साक्षात्कार गरी बताएका प्रातिहार्यहरू तीन प्रकारका छन। कुन तीन भने? 
१, ऋद्धिप्रातिहार्य
२,अादेशनाप्रातिहार्य
३,अनुशासननीप्रातिहार्य
४. "केवटट् ! ऋद्धिप्रातिहार्य भनेको कस्तो हो भने ? केवटट् ! यहाँ भिक्षुहरू अनेकप्रकारका ऋद्धिविज्ञानलाइ प्रत्यनुभव गर्छ- एक भएर पनि धेरै हुन्छ। धेरै भएर पनि एक हुन्छ।प्रकट पनि हुन्छ। लोप पनि हुन्छ।छेकबारको बीचबाट पनि,पर्खालको बीचबाट पनि। मानाै- अाकाश नछोइकन पारि जान्छ। पानीमा डुब्की लगाए झै पृथ्वीमा डुब्की लगाउँछ। मानाै पृथ्वीमा हिडे झै,पानीमा पनि नभिजिकन हिडछ्। मानाै-सकुणपक्षी झै अाकाशमा फलेटी मारी जान्छ। यी महर्द्धिक महानुभाव सम्पन्न चन्द्रसुर्यलाइ पनि एक हातदे परामर्श गर्छ। ब्रम्हालोक सम्मालाइ पनि अाफ्नो शरीरद्धारा बशमा राख्छ।
"अनि त्यसरी-एक भएर पनि धेरै हुने। धेरै भएर पनि एक हुने। प्रकट पनि हुने।लोप पनि हुने।छेकबारको बीचबाट पनि। पर्खालको बीचबाट पनि । पर्वतको बीचबाट पनि। मानाै- अाकाशमा झै नछोइकन पारि जाने ।पानीमा डुब्की लगाए झै पृथ्वीमा डुब्की लगाउने। मानाै- पृथ्वीमा हिडे झै पानीमा पनि नभिजिकन हिडने। मानाै-सकुणीपक्षी झै अाकाशमा पलेँटीमारी जाने।यी महार्द्धिक महानुुभाव सम्पन्न चन्द्रसुर्यलाइ पनि हातले परामर्श गर्ने र ब्रम्हलोकसम्मा लाइ पनि अाफ्नो शरीरद्धारा बशमा राख्न सक्ने सो भिक्षुलाइ कुनै पनि श्रद्धालु(उपसाक)ले प्रसन्नतापुर्वक हेर्छ।"
अनि त्यो श्रद्धालु प्रसन्नचित्त हुने उपसाकले कुनै अश्रद्धालु अप्रसन्नचित्त हुनेलाइ बताउँछ- अहो अाश्चार्य ! अहो अदभुत !! श्रमणको कस्तो महर्द्धिकता, कस्तो महानुभावता !! मैले सो भिक्षुलाइ अनेकप्रकारको ऋद्धिवितधज्ञान देखे। जस्तै- एक भएर पनि धेरै भएको, धेरै भएर पनि एक भएको, प्रकट पनि भएको,लोप पनि भएको,छेकबारको बीचबाट पनि, पर्खालको बीचबाट पनि, पर्वतको बीचबाट पनि- मानाै- पानीमा झै पृथ्वीमा डुब्की लगाउँनु सक्ने। मानाै- पृथ्वीमा झै पानीमा पनि नभिजिकन हिडेको। मानाै- सकुणपंक्षी छै अाकाशमा पनि पलेँटीमारी गएको।यी महर्द्धिक महानुभाव सम्पन्न चन्द्रसुर्यलाइ पनि हातले परामर्श गरेको र ब्रम्हालोकलाइ पनि अाफ्नो शरीरद्धारा बशमा राखेको देखे।"
"केबटट् ! सो श्रद्धालु अप्रसन्नचित्त हुनेले त्यो श्रद्धालु प्रसन्नचित्त हुनेलाइ यस्तो भन्न सक्छ भन्ने कुरा तिमी ठान्दछाै?"
"भन्ते ! भन्न सक्छ भन्ने म ठान्दछु।"
"केबटट् ! ऋदधिप्रातिहार्यमा यँही दोष देखेर म ऋद्धिप्रातिहार्य प्रर्दशन गर्नुदेखि अात्तिएको छु। लाज्जित छु। घृणित ठान्दछु।"

Comments

comments

SHARE