लनम ङ्रयासुर तामाङ 

काभ्रेपलाञ्चोक जिल्लाको मध्य भू-भागको डाप्जोङ अर्थात सात दाप्चामा ङेसुर थरी तामाङ राजाले राज्य चलाएको इतिहास पाईन्छ । त्यतिखेर न्हाम सिं ङेसुर नामका ब्यतिmले शासन चलाएको मौखिक इतिहास पाइन्छ । डाप्जाङ राज्यको संस्थापक उचाल सिं भए तापनि उचालसिंका जेठा छोरा न्हामसिंको चर्चा रहेको छ । उचाm सिंको मृत्यु पछि न्हामसिंले चार किल्ला सिमाङ्कन गरी शासन चलाएको हुनाले उनको चर्चा बढी हुने गरेको हो ।न्हामसिंको मृत्युपछि, उचालसिं कान्छा छोरा भूपालसिं सन्तानविहिन थिए । भूपालसिंले पूर्वतिरका जनता आवतजावतका लागि त्यस क्षेत्र मुलबाटो भएकोले यात्रीहरुलाक्ष्ए सहज बनाउने सोचले धर्मशाला पाटीपौवा निर्माण गरेको, पानीका लागि कुवा निर्माण गरेको र त्य क्षेत्रका जनतालाई धरेलु पशुपालन कृषकहरुका लागि घाँस दाउरा गर्नका लागि वनजङ्गल खुल्ला सार्वजनिक छोडी दिएका भर्मकर्मको काम गरे । अहिले पनि त्य क्षेका वनको नामै “भूपाल वन” छ । त्यसै गरी “भूपाल पाटी” भन्ने पनि प्रख्यातै छ ।

त्यसपछि न्हामसिं ङेसरकै नाम आउँछ । न्हामसिंको दुई श्रीमति थिए । जेठी श्रीमती पट्टीको जेठो छोरा परमानसिं र कन्छा छोरा किर्तिमसिं थिए । यसैगरी कन्छी श्रीमति पट्टी जेठो छोरा ठाकुरसिं र कान्छा छोरा अमितसिं भएको थिए । न्हामसिंको भाइ, भूपालसिंको मृत्युपछि ती न्हामसिंका छोराहरुले डाप्जोङ (दाप्चा) मा १६औँ शताब्दीमा अर्थात ४५वर्ष अगाडि बौद्घ परम्पराअनुसार पिताको दायाँ, माताको तस्बिर र बीचमाा बुद्घके तस्बिर अङकित मध्यभागमा विवरण र तल न्माहमसिं भन्दा पहिलेका पूर्खाहरुको शिलालेख बनाई पुजेको सम्बत सहित उल्लेख गरेको छ । अहिले पनि न्हामसिंको गोम्बो अर्थात दरबार र्जीणअबीथमा रहेको अबस्था जस्ताको तस्तै पाइन्छ । अनि पूपालसिंको नाममा रहेको वन जङगल, पाटी, कालीकुवा (म्लाङ ङ्याम्पू) र पोखरी हाल डराउने पोखरी गा .बि. स नामकरण गरीएको थुरी ग्योअी यथावत् छ भने थप प्रमाणका लागि ङ्यास्युहरुको “वंशावली” लारप दोङराप र फरापमा सम्भोटन लिपिमा उल्लेख गरेको पाइन्छ र न्हामसिंको पी पूरातात्विक न्हामसिं स्मारक ढुङे मर्ति, शिलालेख, प्रचिन भवन, भग्नाशेष अवस्थामा रहेका दरबार (गोम्बो), तथा पूपालमसिंको नाममा रहेको वन जङगल भूपाल पाटीसाथै अभिलेखहरु जस्ता एतिहासिह पुरातात्विक प्रमाणहरुबाट प्रस्ट हुन्छ कि, न्हामसिं दाप्चा राज्यका चर्चित राजा थिए । जनश्रृतिका लागि त्यस क्षेत्रक जनिफकरहरु सँग प्रत्यक्ष सम्बाद गर्न सकिन्छ । यस डाप्जोङ राज्यको विषयमा थप अनुसन्धान पनि भइरहेको छ ।

डाप्जोङ र दाप्चाको अर्थ
डाप्जोङ दुई शब्दबाट बनेको शब्द हो । डाप को अर्थ ‘दरबार’ वा ‘गोम्बो’ को नाम राखिएको पाइन्छ र ‘जोङ’ को अर्थ ‘राजधानी’ क्षेत्र ‘इलाका’ या ‘किल्ला’ हुन्छ । त्यस क्षेत्रका नेवार समुदायले दाप्चा को अर्थ नेवार र खस भाषामा मिश्रितबाट भएको पाइन्छ । नेवार समुदायहरु यसरी ब्याख्या गर्दछन् । न्हामसिंले चार किल्ला सिमाङ्कन गरीसके पछि त्यस क्षेत्रमा पुगी आफ्नो कम्मरमा भिरेको छालाको दपसहित खुकुरी झिकी “दापभित्रको पसिनालाई दायँँ हातले घुमाएर छर्कदा जहाँसमा पसिना य पानी पुग्छ, त्यस क्षेत्रभरीमा दरबार या गुम्बा (गोम्बो) निर्माण हुन्छ ।” भनि घोषणा गरे अनुसार नै त्यस क्षेत्र त्यस क्षेत्रमा दरबार या गुम्बा र पाटी निमार्ण गरेको कुरा त्यस क्षेत्रका नेवार समुदायलगायत अन्य जानिफकारहरु बताउँछन् ।

न्हामसिंको चार किल्ला
उचालसिंले घोडा चडी एक दिन अर्थात २४ घण्टामा आफ्नो राज्यको चार किल्ला सिमाङ्कन गरेका थिए । यसमा उनले

१ लड्कु खोलाबाट पूर्व स्यार 
२ तिरतिरे (ढुङ्गेधार) दक्षिण (लो) 
३ चरफेदीबाट पश्चिम (न्हुप) र 
४ विसुन लामा खोप्चनको क्षेत्र शिखरपाँगुसँग जोडिएको रोसी खोलाबाट उत्तर (ज्याङ सिमाना छुट्याएको बताइन्छ ।

सीमाना छुट्याउने काम गरिसके पछि डाप्जोङ क्षेत्रमा पुगी आफनो कम्मरमा भिरेको छालाको दापसहित खुकुरी झिकी दापभित्र पसिना भएकाले त्यस दापमा भएको पसिनालाइ दायाँ हानले घुमाएर छर्कदा जहाँ सम्मा पसिना या पानी पुग्छ, त्यस क्षेत्रभभरिमा दरबार या गुम्बा (गोम्बो) निमार्ण हुन्छ । अनि राजधानी पनि यहाँ हुन्छ भनि घोषणा गरेको हुनाले यस क्षेत्रको नाम डाप्जोङ या दाप्चा रहेको हो पनि भनिन्छ ।
ङ्यास्युर/ङेसुरको वंश

ङेसुरहरुको पुर्खा बोअीअुअी तिब्बतको गोङछेन गोन्बोबाट पाल ह्रेम्पोर्छेको सन्तान नोबुर्ददेउ गात्लाङचेमा (रसुवा) पुगेका थिए । त्यसपछि जीवाचान बोल्दोङमा (सिन्धुपालचोक), त्यस पछि ग्याल्वाती खाम्बाचे खोपङ (भक्तपूर), त्यसपछि उचालसिं दाप्चामा पुगोको मौखिक इतिहास पाइन्छ । उचालसिंका छोराहरु न्हामसिं,भीमसिं, भूपालसिं मध्ये न्हामसिं र भुपालसिं चाँहि डाप्जोङमा र एक भाइ भीमलसिं बासडोलमा पुगेको तथ्य छ । डाप्जोङ राज्याक राजा न्हामसिंको मृत्युपछि, न्हामसिंको भाइ भुपालसिं, न्हामसिंका चार छाराहरुमध्य जेठी श्रीमतीपट्टीको जेठो छोरा ठाकुरसिं सम्मले राज्य सञ्चालन गरेको थिए । डाप्जोङ राज्य, संस्थपक उचालसिंद्वरा ने.सं.३९५मा स्थापन भई पाँचौ पुस्ता उचालसिं,न्हामसिं,भूपालसिं, पर्मानसिं तथा अन्तिम राजा ठाकुरसिंको शासनका“लमा पृथ्वीनारायण शाहद्वारा ने.सं.८८२ अर्थात वि.संस १८१९ तिर दाप्चा कब्जा गपरसकेपछि डाप्जोङ दाप्चाबाट पर्मानसिंको जेठो छोरो मन्त्रीसिं पीपलटार,ठाकुरसिं खाक्सी, अमितसिं म्हानेभिगुर र किर्तिमसिं बलवाडे बोङसा कोशीपारी विस्थापीत भएको पाइन्छ । काभे्र जिल्लाको अन्य क्षेत्रमा जस्तै डाप्जोङ बाट ल्हास्कोट हुदै चापाखोरी घुल्खुसम्म ङ्यास्युरहरु पुगेको कुरा त्यस धुल्खु क्षेत्रका “कृष्ण तामाङ ङयास्युर बाट जानकारी प्राप्त भएको छ ।” त्यसमा न्हामसिंको सन्तान दाबी गरेको अनुसार न्हामसिंके चार भाइछोराहरुमध्येको सान्तान हनुपर्ने देखिन्छ । यसमा थप अनुसन्धान गर्न बाँकी नै छ ।

बाँसडोलमा पुगेका ङेसुरहरुको एक भाइ ललितपूर जिल्लाको दक्षिणमा पर्ने शंखु गाविसमा पुगेको पाइन्छ । त्यहाँबाट फेरी बसाइ सरइको क्रममा बुगमतिको गाविस फर्सिडोल पुगेको बताउनेहरु अहिले पनि छन् । नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा पत्रकार प्रतीक ङेसुरसँगको कुराकानीमा आधारीत । प्रचिनकालमा उपत्यकाका ङेसुर राजाहरु नेपालको उपत्यकामा मल्ल राजाहरुभन्दा पहिलेदेखि ङेसुर थरी तामाङले राज्य चलाउदैआएको कुरा ङेसुरहरुको फरपमा स्पष्ट रुपमा सम्वतसहित उल्लेख छ । फरपमा ङेसुर राजाहरुको वंश यसरी उल्लेख छ । दाङपोअी खोपोङ ग्याल्पोही ग्युअीगी रीपा हीनो । १ ग्याल्पो नानदीदेहु २ ग्याल्पो कर्मसिंकादेहु ३ ग्याल्पो हरसिंकादेहु ४ ग्याल्पो ब्रामासिंकादेहु ,ग्याल्पो कमदेहु ग्याल्पो कमदेहु ५ ग्याल्पो खाङकादेहु र ६ ग्याल्पो नारसिंकादेहु । त्यसपछि ने.सं. ३९५ बाट मल्ल राजाको नाम आउँछ । ग्याल्पो मल्ल रासिंका देव मल्लदेखि क्रमशः यसरी उपतेकामा नेसुर थरी तामाङ राजाले ६ पस्ता राज्य चलाएको स्पष्ट बुझिन्छ । त्यस पछि दाप्चा डाप्जोङ राज्य पनि सम्वत ३९५ मा स्थापन भएको पाइन्छ । प्रारम्भिक विषयको ची अथवा एक १ पृष्ट हेर्नुहोसः खोपोङ राज्य ङेसुर राजाले राज्य गरेको अभिलेख र अहिले पनि भक्तपुरमा ङेसुर राजाको शालिक छ भनेर जालिफकारहरु बताउँछन् । यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ । डाप्जोङमा आईपुगेका ङेसुरहरुको बंशावली मात्र फरपबाट उल्लेख गर्नुपर्दा “उचाल सिं देहिहु, न्हाम सिं, भूपाल सिं, पर्मान सिं,ठाकुर सिं, हमीत सिं क्रमश वंशावली फरप् छ्योअीमा सम्भोटा लिपिमा उल्लेख गरेको छ । फारप् छ्याअी पुन लिखत प्रारम्भ सम्बत् ४४२ मा भएको पाइन्छ । फारप् बंशाली लिखत सुरुवात लाम चान स्हेन्ठाु डोन ग्याल्पो ङेसुरबाट गरेको पाइन्छ ।

ङ्यास्युरको अर्थ
ङेसुर यसरी भयो, (ङ्यास्युर) अर्थात ङ्यास्येर या स्यु । ङ्या को अर्थ तामाङ संस्कृत भाषामा माछा हो। र स्येर या स्युर को अर्थ किरण हो । अर्थात माछाको शीरमा इन्द्रणीको किरण लागी, त्यही किरण लागि, त्यही किरणबाट चान ह्रेम्पोहरुको उत्पनन्न भयो । इतिहासकार खेन्पनेहरुको भनाइमा त्यही चान ह्रेम्पोर्छेको सन्तानहरु नै ङेसुरहरु हुन् । ङ्यास्युरहरुको लाअी लारप् अर्थात ला दाङ या देव कुल बंशको छ्योअी पूस्तकमा सम्भोटा लिपिमा उल्लेख गरेको तथ्य प्रमाणको रुपमा लिन सकिन्छ । जस्तैः नमोला छ्यासालो होअीदाङपोनी तेन्बाअी ग्याल्ला ङावाङया ठी चान फोला बाब्न होईस्येर लानीचान ह्रेम्पोर्छे । खानो ग्युची लाही चान मार्गी ग्याल्पो गुरुचान ह्रेम्पोर्छे । “ङ्याला चिवारी लाहीला होअीस्येर गुरु चान ह्रेम्पोर्छे बाबसा ” ङ्यास्युर बाब् हिनो । भनेर ब्याख्या गरेको पाइन्छ र प्राचिन कालमा संस्कृत भाषाको प्रचलन थियो । हिगीमा पनि स्पष्ट ङया अनि स्युर नै उल्लेख गरेको छ । ङयास्युरको ङ्या अर्थात् धनुषवान को हिगी कुनै पनि फारप्। लारप् र दोङरापहरुमा उल्लेख गरेको पाइएको छैन ।

पृथ्वीनारायण शाहको नेपालमा एकिकरण
नेपाल अधिराज्यको भुभागमा साम्राज्याबाद गोर्खा राज्यको स्थापना भुभागमा तामाङहरुको आ

आफ्नै स्वशासित गनराज्यहरु थिए । गोर्खाका राजा १७७९ पुस २७ गते जन्मेको पृथ्बीनारायण शाह पिता नरभूपाल शाहको मृत्यु पछि पृथ्वीनारायण २० बर्षको उमेरमा वि. सं. १७९९ चैतमा उनी गोर्खाको राजगद्दीमा बसे र राजा हुने वित्तिकै उनले पिताद्वारा एकिकरण गर्ने सन्दर्भमा प्रथम नुवाकोटमाथि अमक्रमण गरेका थिए । तर त्यबेला हार खानुप¥यो । त्यसपछि वि.संस १८०१मा दोस्रो पटक हमला गरी विजय भए पछि क्रमश  उपत्यका काठमाण्डौ, कीर्तिपूर त्यसपछि उपत्यका पूर्वतर्पm भक्तपूर हुदै सा साना गणराज्यहरु साँगा, नाला,बनेपा,पनौती र दाप्चामा आक्रमण गरी वि.सं. १८१९ तिर उपत्यकापूर्व तर्पmको राज्यहरु सबै पृथ्वीनारायण शाहद्वारा कब्जा गरेसकेको देखिन्छ ।

तामाङको इतिहास
प्राचीनकल देखि बसेबास र आफ्नै राज्य सञ्चालन गर्दै आएका बहुसङ्ख्याक आदिवासी तामाङ समुदायबीच सङघीय गणराज्यकोरुपमा शसन गर्दै अएक तामाङ राजाहरुले राज्य गरेको इतिहासलाई शतब्दीऔदेखि यहाँका पछिल्लो शासकाद्वारा राज्यसत्ताबाटै तामाङहरुको इतिहासलाइ नष्ट गर्न खोजिरहेको स्पष्ट छ । तर तामाङहरुले राज्य अलाएको एतिहासिक पुरातात्विक अभिलेख, सिलालेख, स्मासिका तथा जनश्रुतिहरु भे प्रशीतै भेटिन्छन् ।

 

Comments

comments

SHARE