जोङसार जम्याङ खेन्ट्से रिन्पोछे प्रसिद्ध भुटानी धर्मगुरु हुन् । खेन्ट्से नोर्बुका नामले पनि चिनिने उनी सिनेमा निर्माण र पुस्तकलेखनमा पनि उत्तिकै प्रसिद्ध छन् । ‘दि कप’ (१९९९), ‘ट्राभलरर्स एन्ड म्याजिसिएन्स’ (२००३) र ‘वर : अ ब्लेसिङ’ (२०१३) उनका प्रसिद्ध सिनेमा हुन् । ‘ह्वाट मेक्स यु टन अ बुद्धिस्ट’ (२००७) र ‘नट फर ह्याप्पिनेस’ (२०१२) उनका पुस्तक हुन् । सेप्टेम्बर १ देखि ७ सम्म चिनियाँ, युरोपेली र अमेरिकी गरी ७ सय ५० शिष्यलाई काठमाडौंमा प्रसिद्ध बौद्ध भिक्षु नागार्जुनको दर्शन र महायानी बौद्धमत ‘माध्यमिक’ र यसले उठाएको शून्यताबारे धर्मदेशना गर्न नेपाल आएका उनीसँग घनश्याम खड्काले गरेको कुराकानी :

मानिस किन दु:खी छन् ?

किनभने मानिसमा ज्यादै अज्ञानता छ । धर्मगुरुको परम्परागत आचरणभन्दा भिन्न, यहाँ सिनेमासमेत बनाउनुहुन्छ । एउटा रिन्पोछेलाई त्यो किन आवश्यकता पर्‍यो ? पहिलो त म उति राम्रो अभ्यासी होइन । दोस्रोचाहिँ के भने, म भिन्न तरिकाले सोच्छु । कारहरू त अरू पनि थुप्रै छन् । धर्म देशनाका लागि नेपाललाई नै छान्नुको कारण के हो ? नेपाल त्यो देश हो जहाँ बुद्धको जन्म भएको थियो । एकजना नेपालीले बुद्धत्व प्राप्त गरेर संसारलाई नै अहिलेसम्म उजिल्याएको तथ्य नेपालीले थाहा पाउनु जरुरी छ । खालि भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन् । तर बुद्धको ज्ञानलाई पच्छ्याउँदैनन् । बुद्धले के भन्नुभएको थियो भन्ने नै थाहा छैन । भूगोलमा अग्लो सगरमाथाको आधा भाग अर्कै देशमा पर्छ । तर ज्ञान र बुद्धताको शिखरमा पुगेको सिंगै मान्छे नेपालको हो । मात्र नेपालको । यो तपाईंले गुमाउनुभयो भने सबै गुमाउनुहुन्छ । अर्काे कुरा, नेपाल पुण्यभूमि हो । नेपालले बुद्धधर्म तिब्बत र चीनमा फैलाउन सेतुको काम गर्‍यो । महान् गुरु पद्मसम्भवले नेपालमै तपस्या गर्नुभएको थियो र तिब्बतमा बुद्ध धर्मको बीउ रोप्नुभएको थियो । संसारभर नै बुद्धप्रति यस्तो झुकाव भएका बेला नेपालमै चाहिँ उहाँको ज्ञान पच्छ्याउने नहुनाको कारण के होला त ? एकजना नेपाली चीन, तिब्बत, जापान, थाइल्यान्ड, बर्मा, भुटानमा धेरै पहिलेदेखि र अहिले पूरै युरोप र अमेरिकामा प्रसिद्ध भए । यो दु:खको कुरा, नेपालमै उनको शिक्षा गुमनाम छ । किन यस्तो भयो म जान्दिनँ । त्यो त नेपालीहरूलाई नै सोध्नुस् । यो तपाइंको काम हो ।

नेपाल पहिलोपटक कहिले आउनुभएको थियो ?

१३ वर्षको उमेरमा । अहिले कति वर्षको हुनुभो त ? ५४ ।

त्यतिबेला नेपाल कस्तो थियो ?

एकदम बेग्लै । नब्बे प्रतिशत बौद्ध जंगल थियो । यसपटकको नेपाल बसाइ कति दिनको छ ? हप्ता, दस दिनको । कुमारीलाई पनि भेट्दै हुनुहुन्छ हो ? अँ, समयले भ्यायो भने । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के भने म नेपाली लोकगीत सुन्न चाहन्छु । नारायणगोपालका गीत पनि मलाई मन पर्छन् । नेपाली बुझ्नुहुन्छ ? बुझ्दिनँ । तर धूनहरू सुन्नेर आनन्द लिन्छु । नबुझे पनि कुनै गीतको सम्झना त होला नि सुनेको ? छ । ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, ‘रेसम फरिरि..’ नयाँ सिनेमा पनि बनाउँदै हुनुहन्छ कि ? बनाउँदैछु । त्यसको नाम के होला ? ‘सिङ मी अ सङ ह्वाइल आई वेट’ । त्यो कहिले प्रदर्शनमा आउनेछ ? अर्को वर्ष आउँछ कि ! पुस्तक पनि लेख्दै हुनुनुन्छ ? लेख्दैछु । यसपटक गुरुहरूको बारेमा लेख्दैछु ।

@ ekantipur

 

SHARE