पहिचानकाे खाेजी नामक पुस्तक बिमाेचन गर्दै प्रमुख अतिथि लगायत अन्य अतिथिहरू

काठमाडाैं भदाै ११, इण्डिजिनियस मिडिया फाउण्डेशनद्वारा प्रकाशित तथा कैलाश राईद्वारा सम्पादित ‘पहिचानको खोजी,आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६–२०७३)’ नामक पुस्तककाे शनिबार काठमाडौंस्थीत पद्मकन्या क्याम्पसमा विमोचन गरेको छ । पुस्तक सभामुख ओन्सरी घर्तीमगरले बिमाेचन गरेका थिए ।

बिमाेचन पश्चात सभामुखले नेपालका आदिवासी जनजातिहरुले राज्यको विभिन्न तह र निर्णायक भूमिकामा प्रतिनिधित्व नपाएकोले यसका लागि आदिवासीहरुले आवाज उठाउनुपर्ने बताएकी छिन् । आदिवासी, जनजाति, महिला, दलित लगायत सबै पछाडि पारिएका समुदायका जायज मागहरु सहमतिद्वारा सम्बोधन गरिनुपर्छ । यी कुराहरु आगामी दिनहरुमा संविधानले संशोधानमार्फन सम्बोधन गरिने छ, उनले भनिन् । आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायको मागप्रति आफ्नो पू्र्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न आग्रह गरिन् ।

प्रा. डा. महेन्द्र लावतीले बाहुन क्षेत्री समुदायको तुलनामा आदिवासी जनजाति महिलाहरु बढी स्वतन्त्र र सशक्त भएतापनि देशकै कानुनी प्रावधानहरुले महिलाहरुलाई आफ्नो सामुदायिक व्यवस्था र परम्पराले दिएको स्वतन्त्रता र अधिकार पनि उपभोग गर्न नपाइरहेको अवस्था भएको बताए ।
उनका अनुसार पहिचानको माग मात्र सम्बोधन हुँदैमा पनि महिलाहरुको पुरा हुँदैन किनभने पहिचनको मागको सम्बोधन भएपछि हरेक जाति जनजातिहरुमा बुढा पुरुषहरुले नै उक्त पहिचानको मुद्दालाई लिएर जाने भएकोले पुरुषले भनेको जस्तो पहिचान कायम हुन्छ जसले सबै आदिवासी जनजाति महिलाहरुको पहिचानको यथोचित सम्बोध नगर्न पनि सक्दछ ।

पुस्तकमा पाँच अध्याय २०१६ सालदेखि २०७३ सालसम्म अन्तर्गतका २६ वटा लेखहरु संकलित छन् । पुस्तकमा अमृता थेबे, अमृत योन्जन तामाङ, कमला रोका, कैलाश राई, कृष्ण भट्टचन, चुन्दा बज्राचार्य, जगमोहन शाक्य, जीवनाथ कोइराला, थुलुङप्रसाद मान राई, देव कुमार सुनुवार, देव गुरुङ, पुण्यप्रसाद सुवेदी, मनकुमारी ठाडामगर, मञ्जु गुरुङ, यशोकान्ति भट्टचन (गौचन), शीला अधिकारी, सन्त गाहा मगर, संगिनी राना मगर, श्री कृष्ण जोशी, हिरण्यलाल श्रेष्ठ, ज्ञानप्रसाद खनालको लेख रहेका छन् ।

Comments

comments

SHARE