काठमाडौं, भदौ ९ । लेखक रवीन्द्र तामाङ पचास बर्ष पुगेको अवसरमा राजधानीमा ‘पचास वर्ष रवीन्द्र तामाङ’ स्वर्ण ग्रन्थ पुस्तक विमोचन गरेको छ । विहीबार काठमाडौंको बाघबजारस्थित हार्दिक होटलमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णु विभु घिमिरे र अन्य अतिथिहरुले पुस्तक विमोचन गरिएको हो । पुस्तक शैलुङ बुक्स प्रा.लि.ले प्रकाशन गरेको छ ।

कार्यक्रममा कालिका तामाङ नारी प्रतिभा र सुलभ तामाङ प्रतिभा पुरस्कार पनि वितरण गरेको छ । यस वर्षको कालिका नारी पुरस्कार अनिषा थिङ, सजना गोले, हिरामाया घिसिङ, बिना थिङ र कुमारी लामालाई नगद एक हजार सहित सम्मान गरेका छन् ।

सुलभ तामाङ बाल शिक्षा प्रतिभा मानेडाँडा उच्च माविका दोलखा कक्षा आठमा अध्ययनरत विद्यार्थी बुद्धसाङ तामाङ र सुलभ तामाङ वाङ्मय पुरस्कार बिना थिङ तामाङलाई नगद पच्चीस–पच्चीस हजार सहित सम्मान पत्रले सम्मान गरेका थिए । 
२०६७ सालमा स्थापना गरिएको पुरस्कार आगामी बर्षदेखि सुलभ तामाङ वाङमय पुरस्कार रासी पचास हजार, सुलभ तामाङ शिक्षा पुरस्कार र सुलभ पत्रकारिता पुरस्कारलाई पच्चीस हजार कायम गर्ने कुयाङ लामा घिसिङले बताए ।

कार्यक्रममा नेपाल सरकारका सचिव धन बहादुर तामाङ, पत्रकार फूलमान बल, श्रवण मुकारुङ, विष्णु विभु घिमिरे लगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
 

Comments

comments

SHARE