क्याथरिन एस मार्च

प्राध्यापक, र्कोनेल विश्वविद्यालय, संयुक्त राज्य अमेरिका गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित भएका तामाङ समुदायको बारेमा थप अध्ययनमा गर्न म अहिले नेपाल आएको छु र नुवाकोट जिल्लाको भुकम्पबाट क्षतिग्रस्त विभिन्न भेगका तामाङवस्तीमा जाँदैछु । नेपाल भूकम्पीय जोखिममा रहेकोले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने सुझाव विज्ञहरुले धेरै समय अगाडिदेखि दिएको भएपनि बेवास्ता गर्दा ठूलो क्षति भएको छ । अब मैले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि स्थानीय बासिन्दाहरुलाई विज्ञहरुले लगेर तालिम दिने योजना पनि बनाएको छु । नुवाकोटको काउले, फिकुरी, मनकामना, भल्छे, ठूलोगाउँ र डाडाँगाउँमा भूकम्प प्रतिरोधी घर बनाउने तालिम प्रदान गर्ने लक्ष्य मैले राखेकी छु ।

म तामाङ गाउँमा तामाङको स्यामा अर्थात् भेषभुषा लगाएर त्रिशुली बजार जाँदा सबै जनाले हेलाको दृष्टिले ‘भोटे आयो–भोटे आयो’ भन्थे । अर्को्तिर त्यतिबेला बुझेका तामाङहरु पनि म तामाङ हुँ भन्न लजाउँथे । केही पढे लेखेका तामाङहरुले लामा, घले जस्ता थर लेखेर आफूलाई चिनाउँथे । तर अहिले विस्तारै तामाङ समुदायमा जनचेतना र ‘म तामाङ हुँ’ भन्ने भावनाले प्रोत्साहित भएको पाएको छु ।

म २०३२ सालमा नुवाकोट जिल्लाको मनकामना गाविस वडा नं २ स्थित फिकुरे डाँडाको माने गाउँमा अनुसन्धानको लागि पुगेकी थिए जुन भेगका तामाङ दाजुभाईहरु अहिले वैदेशिक रोजगारीका सिलसिलामा युएई, कतार, साउदी अरब र मलेसियामा धेरै छन् । मैले अनुसन्धान गर्दाको क्रममा त्यस्तो थिएन । माने गाउँमा एक÷दुई जना बाहेक कोही पनि आफ्नो गाउँ छाडेर विदेश गएका थिएनन् । आफ्नो आर्थिक अवस्था मजबुत बनाउन र अवसरको खोजी गर्दै अन्यझैं तामाङ दाजुभाई तथा दिदीबहिनीहरु पनि अहिले संसारका विभिन्न मुलुकमा पुगेका छन् । विदेश जाने क्रमसँगै तामाङ समुदायको भाषा, धर्म, संस्कृति र रीतिरिवाज बिर्सिदै गएको मैले महसुस गरेकी छु । आफ्नो बाध्यताले संसारको जुनसुकै भागमा पुगेपनि आफू जन्मेको ठाउँ, भाषा, धर्म र संस्कृति हामीले कदापी भुल्नु हुँदैन ।

खास भन्ने हो भने मेरो अनुसन्धान तामाङ समाजभित्र महिला र पुरुषबीचको समानता बारे नै हो । लामो समयसम्म माने गाउँमै रहेर मैले तामाङ समाजभित्र महिला र पुरुषबीचको समानताबारे गहिरिएर अध्ययन गरें । मेरो आफ्नो अनुभव र अनुसन्धानले विदेशका महिला र पुरुषभन्दा पनि तामाङ समाजमा महिला र पुरुषबीचको समानता पाएकी छु  । जस्तै उदाहरणको लागि छोरा मान्छेले अंश पाउने, छोरीले जोहो पाउने, घरमा पुजा गर्नुप¥यो भने मिलेर गर्ने धेरै यस्ता उदाहरणहरु छन् । तामाङ समाजभित्र हरेक कार्य गर्दा पुरुष र महिला मिलेर गरेको पाएको छु ।

तर, अहिले पुरुषहरु विदेश जान थालेपछि कहिँकतै यसको नकारात्मक प्रभाव पर्ने त होइन भन्ने कुरामा पनि म चिन्तित छु । गाउँमा खेतीपाती गर्दा पुरुषले गोरु जोत्ने, महिलाले घरायसी काम गरेर सहयोग गर्ने चलन थियो । अहिले पुरुष विदेश जान्छ, महिलाले परिवार सम्हाल्छ । श्रीमान र श्रीमती बाध्यताले एक अर्काबीच टाढा भए पनि सम्बन्ध भने सधैं राम्रो हुनुपर्छ ।

३५ वर्षको अनुभवमा मैले संकलन, अध्ययन–अनुसन्धान गरेका सामग्री, गीत, संगीत, इतिहास, समाज र संस्कृति सबैलाई संग्रहित गरेर सूचनाको दुनियाँमा वेबसाइट निर्माण गर्ने तयारीमा रहेकी छु । जसले गर्दा नयाँ युवापिढीलाई तामाङ समाजका सम्पूर्ण पाटोलाई अध्ययन गर्न सजिलो हुनेछ भन्ने विश्वास लिएको छु । माने गाउँको तामाङ गाउँमा अनुसन्धान गर्ने मेरा श्रीमान डेविड हाल्वर्ग तामाङ समुदायको पहिलो अनुसन्धानकर्ता हुनुहुन्छ । २०३२ सालमा मेरा श्रीमानले तामाङको बारेमा अनुसन्धान गर्दा मैले शेर्पा गाउँमा अनुसन्धान गर्दै थिए । म पनि उहाँकै प्रेरणाले एक वर्षजति तामाङ समुदायको अध्ययन गरेपछि मात्र बुहारीको रुपमा माने गाउँमा भित्रिएकी हुँ । मलाई स्थानीय तामाङहरुले माया गरेर उर्चावती नाम र डिम्दुङ थर राखिदिएका थिए भने मेरा पतिलाई नाम उर्चा लामा र हिमरुङ थर राखिदिएका थिए । त्यतिबेला गाउँघरका स्थानीयले दिएको नाम र थरलाई माया सम्झिएर आज पनि तामाङमाझ यहि परिचय दिन्छु । त्यतिबेला गाउँघरका स्थानीयले मलाई बुहारी आई अर्थात् चाङ खाजी भन्छन् । गाउँका स्थानीयहरुले मलाई यसरी सम्बोधन गर्दा साह्रै खुसी लाग्छ ।

वास्तवमा भन्ने हो भने गाउँमा विगतको दाँजोमा निकै विकास भएका छन् । अहिले शिक्षा, स्वास्थ्य तथा विकासका पूर्वाधारहरु क्रमिक रुपमा भइरहेका छन् । मैले अनुसन्धान गर्दा एक गाग्री पानीको लागि कम्तिमा ४५ मिनेटको दूरीमा जानुपथ्र्यो । यस्तै त्यतिबेला पढ्नुपर्छ भन्ने ज्ञान कसैलाई थिएन । एक दुई जना बाहेक विद्यालय जाने हुँदैनथे । त्यसमा पनि महिलाको त कुरै छाडौं । तर, अहिले सातदोबाटोमा पुरुषभन्दा महिला विद्यालय जानेको संख्या बढी छ । गाउँघरमा खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गर्न नसकेपछि यहाँका तामाङ दाजुभाईहरुमा विदेश जानुपर्ने बाध्यता  छ । यस गाउँको जनसंख्या मध्ये ३० प्रतिशत विदेश गएको मैले तथ्यांक लिएको छु ।

कोर्नेलमा अध्यापन गराउँदा मैले विद्यार्थीहरुलाई तामाङहरु राजधानी वरिपरि भएर पनि पछाडि परेको कुरा बताउँदा विद्यार्थीहरु राजधानी वरिपरि भएर पनि किन त्यतिविघ्न पछाडि परेको भन्ने प्रश्न बारम्बार गर्छन् । किनभने त्यतिबेला उपत्यका वरिपरि रहेका तामाङहरुले नै काठमाडौंलाई बनाएका हुन् । चाहे राणाका दरबार निर्माण गर्दा होस्, चाहे उनीहरुको सुविधाका लागि ल्याइएको गाडी बोक्न होस्, या हरेक कार्यमा, तामाङहरुलाई प्रयोग गरेको देखिन्छ । आज पूरातात्विक र पर्यटकीय हिसाबले राजधानीको महत्व जुन हिसाबले बढेको छ त्यो बनाउनुमा तामाङ दाजुभाईहरुको रगत पसिना परेको छ । त्यतिबेलाका शाह, राणा, थापाहरुलाई तामाङहरुको दुःखले सुख दिएको हो ।

म तामाङ गाउँमा तामाङको स्यामा अर्थात् भेषभुषा लगाएर त्रिशुली बजार जाँदा सबै जनाले हेलाको दृष्टिले ‘भोटे आयो–भोटे आयो’ भन्थे । अर्को्तिर त्यतिबेला बुझेका तामाङहरु पनि म तामाङ हुँ भन्न लजाउँथे । केही पढे लेखेका तामाङहरुले लामा, घले जस्ता थर लेखेर आफूलाई चिनाउँथे । तर अहिले विस्तारै तामाङ समुदायमा जनचेतना र ‘म तामाङ हुँ’ भन्ने भावनाले प्रोत्साहित भएको पाएको छु । तामाङका चाडपर्वमा सबै जना मिलेर तामाङ भेषभुषा लगाई संस्कृति बचाएको भेट्दा मेरो मन आनन्दित हुन्छ । संसारभरिको अध्ययनलाई हेर्ने हो भने सबैभन्दा बढी मेहेनती, अरुलाई माया गर्ने र सहयोग गर्ने जातिमा तामाङभन्दा अरु कोही पनि भेट्टाएको छैन ।

                                                                                     (मानछिरिङ तामाङसँगको कुराकानीमा आधारित)

SHARE