धनप्रसाद तामाङ

लोकोत्तर लोकवादी विचार

पूर्वप्रारम्भ 

सृष्टि स्वत्व, स्वाधिनता, सार्वभौमिकता र सु–समृद्धिहरू सहितको सतत्ता हो । जसमा स्वत्व हरकुनै कुराको आधारभूत खोजीको विषय हो । जसको खोजी सिङ्गो मुलुक, समाज, मुलुकवासी र त्यसभित्रका हामी तामाङ आदिवासी जनजाति समुदायको पनि पहिलो, मूल र आधारभूत विषय बनिरहेको छ । जसका खातिर तामाङ समुदाय आज सहस्रा आफ्नो अपहारित आत्मचेतना जीवन र जीवनतता बोल्ने संस्कृति, सांस्कृतिक पुनःजागारण र सांस्कृतिक मूल्यमान्यताको पुनःस्थापनामा जुटिरहेका छन् । यसैको एउटा महत्त्वपूर्ण हिस्सा हो, म्हेनिङ स्कृतिको पुनःस्थापना –म्हेनिङला सोईनम प्रतिस्थापनको अभियान ! जसमा मुख्यतः म्हेनिङ, सोईनम र म्हेनिङला सोईनमका तीन विषयहरू रहेका छन् । यसमा म्हेनिङ विषयको मात्र चर्चा गरिनेछ । जसमा १. प्रारम्भ, २. पृष्टभूमि, ३. म्हेनिङ संस्कृति, ४. महत्त्व, ५. सन्दर्भ, ६. पुनःस्थापना, ७. टुङ्ग्याउनीका बुँदाहरू मात्र रहने छन् ।

१. प्रारम्भः

परिचय : 

‘म्हेनिङ’ तामाङ शब्द हो । यसले तामाङ नवौं महिनालाई बुझाउँदछ । यो असोज र कात्तिक महिनाको बीचमा पर्दछ । यो समयले तामाङ समुदायको जीवनमा धेरै गहिरो अर्थ र महत्त्व राख्छ । तामाङको अलावा हिमाली, पहाडी, नेपाली आदिवासी र तमाम् नेपाली जनसमुदायहरूका निम्ति पनि यो महत्त्वपूर्ण छ । यति मात्रै नभएर मानवईतर तमाम् पशुपङ्क्षी, वनस्पति, मौसम तथा प्रकृति पर्यावरणमा समेत हाँसीखुशी हर्षोल्लास, उत्साह र उमङ्ग छाउने समय–सङ्गम हो । यो फूलहरूका मौसम, पङ्क्षीहरूका याम, जन्तुहरूका बहार, नानीहरूका उल्लास, युवाहरूका आल्हाद र नेपाली संस्कृतिहरूका सुन्दर उत्सवको समागम समय हो । अर्थात् यस खाले सुखद् घडी, पल र तिथिहरूले भरिएको सुन्दर चाडै–चाड, पर्वै–पर्व र संस्कृति नै संस्कृतिहरूका सांस्कृतिक सम्भेला हो यो ! भेलाहरूको सम्मेला हो यो अनि तिनै मेलाहरूका रमाइलो खेलाले भरिएको अनौठो बेला हो यो ! अर्को शब्दमा भन्दा, यो तिनकै सांस्कृतिक प्रीतिसुवासहरू हो ! मीठो मधुमासहरू हो । सह, श्री र सौभाग्यहरूले भरिएको सु–समृद्धिपूर्ण शुभ मङ्गलमय पवित्र कलश हो यो ! जसलाई तामाङहरू ‘म्हेनिङ’ भन्छनन् । ‘म्हेनिङ्पा’ पनि भन्न चाहन्छन् । यहाँ यसैको सङ्क्षिप्त चर्चा गरिने छ ।


अर्थः 

समयक्रमले म्हेनिङको अर्थ अब कुनै एक महिनाको नाममा मात्र सीमित राखेन । अर्थ विस्तार हुँदै जाँदा पूरै मौसमी समय अवधीलाई नै बुझिने भयो । हिन्दुकरणको कारण आफ्नो समय गणना हुन छोडेपछि पछिल्ला तामाङ पुस्ताहरूले हेमन्तपछिको पूरै शरद ऋतुलाई नै म्हेनिङ बुझ्न थाले । कालान्तरमा समयका अलावा त्यसक्रमका सांस्कृतिक उपक्रमलाई नै म्हेनिङ भनिन थाल्यो । अर्थ विस्तार क्रममा सो उपक्रमसँगै सम्पूर्ण सांस्कृतिक सन्दर्भ नै म्हेनिङ हुन थाल्यो । फलतः यसले बेग्लै सग्लो सांस्कृतिक स्वरूप धारण ग¥यो । जसलाई कतिपय प्रसङ्गमा म्हेनिङ्पा पनि भनिन्छ । यह िम्हेनिङ्पा आज आएर विपरित अर्थ, फरक मान्यता र बेगल नाम चरित्रसहित तामाङ मौलिकताको सीमा नाघेर मुलुककै राष्ट्रिय चाड बनेको छ । जसको पहिलो, मूल तथा मौलिक रूप भनेको म्हेनिङ हो र थियो पनि ! दुनियाँको नजरमा सत्ताले जबरजस्ती नाम, अर्थ, चरित्र र मूल मर्म बदलेर हिन्दू च्यादरमा बडादशैको नाम दिएर ल्याए तापनि तामाङले भने अहिले पनि म्हेनिङ नै भन्छन् । म्हेनिङ भन्नसाथ खेप्पासुङ(कुलपूजा), ज्योहो(प्रकृति), छ्योरे(एकै थात बंशीय भेट) पुज्ने नै बुझ्छन् । जसको बृहत्तर समुच्चा अर्थमा म्हेनिङ भन्नाले तामाङ समुदाय, यसका इतिहास, परम्परा, संस्कृति, सभ्यता, मूल्य मान्यता, भौगोलिक संस्कृति रूपी आधार संस्कृति र यसैमा निर्मित सांस्वृmतिक भूगोल समेतलाई बुझ्नु बुझाउनु पर्छ । यही नै यसको खास अर्थ, परिचय र मर्म पनि हो ।

मूल मूल्य र मान्यता 

तामाङ समुदाय सतत्तामा विश्वास गर्छन् । उनीहरूका लागि मान्छे मर्दैन । दुनियाँले मरेका देखे पनि उनीहरूका निमित्त नमरेका मान्छेहरू प्रकृतिमा गएर प्रकृति भएर बस्छन् । कुल भएर साथै रहन्छन् । देउ भएर उत्रिन्छन् । प्रकृति, जीवन र प्रविधिलाई आफ्नो मौलिक परम्परामा विशिष्टीकरण गर्छन् । जसमा जीवनको सार भनेको सृष्टि–सिजर्ना–रचना हुन्छ । जगत र यसका समस्त यायाबर त्यसैको अङ्ग तथा परिवार हुन्छ । यी सबैका चालकत्व ज्ञानमा रहेको ठहर गर्छन् । ती सबैलाई ज्ञानकै रूप, रचना र स्वरूपहरू मानेर जीवनलाई विभिन्न ला, ह्रुई, ह्राप(दीक र कालगत)हरूमा विन्यास गर्छन् । यसैका आधारमा जीवनमूल्यहरूका अङ्कन गरिन्छन् । तदानुरूपको विश्वास, धारणा र मूल्यमान्यताहरूका निर्माण गरिएका छन् । यसैको एउटा उत्तम अभ्यास असल परम्परा तामाङ समय–गणना पनि हो । सोको कालचक्र, संवत्सर, ल्होकोर र यसभित्रको सेर्खा–यार्खा चक्र पनि हुन् । यार्खा–सेर्खा चक्रको सेर्खा यामभित्रको म्हेनिङ र म्हेनिङ्पा पनि हो । म्हेनिङ्पाभित्रको निम्न उल्लेखित परम्परा, संस्कृति, सांस्वृmतिक उपक्रम, सन्दर्भ र तिनका पृष्टभूमिहरू पनि हुन् । जसको पृष्टभूमि निम्नानुसार रहेका छन । नश्लीय पृष्ठभूमि, धार्मिक पृष्ठभूमि, सांस्वृmतिक पृष्ठभूमि, र सामाजिक पृष्ठभूमि ।

२. पृष्ठभूमि

नश्लीय पृष्ठभूमि

अहिलेसम्म म्हेनिङ भनेर म्हेनिङ मनाउने तामाङ मात्र देखिएको छ । उसको मूल्यमान्यता, मर्म र मनाउने तौरतरिका मौलिक छ । उनीहरू मान्छे नमर्ने मान्यता राख्छन् । प्रकृतिलाई आफ्नो पूर्खाको रूपान्तरित रूप मान्छन् । उनीहरू पूर्खा र प्रकृतिलाई बाँचिएको मूल जीवनको सग्लो हिस्सा मान्छन् । त्यही किसिमको व्यवहार गर्छन् । कुललाई रक्षक, प्रकृतिलाई दाता र आफूलाई सर्जक मानेर आफ्नो हर काम, फल र भागबण्डाहरू तीनै पक्षलाई भागीदार बनाउँछ । जस अनुसार पहिलो, चोखो र मीठो उपजहरू उनीहरूलाई नै अगाडि चढाएर मात्रै ग्रहण गर्दछन् । आदि अनादि कालदेखि नै यो परम्परा चल्दै आएको छ । तामाङको यही मूल्यमान्यता, दृष्टिकोण र जीवनव्यवहाररूका एउटा प्रतिरूप म्हेनिङ हो । जुन आज पर्यान्त पनि तामाङ नश्ल(जाति)को रूपमा विकास भै तामाङ नश्लकै माध्यमबाट तामाङ नश्ललाई चिनाउने गरेर अद्यावधिक कायम गरिएको छ । जो तामाङ नभएको भए सम्भव थिएन । यिनको समयोग नभएको भए तामाङ पनि तामाङै रहन्थेन किनकी सामाजिक सांस्वृmतिक जीवनको लागि समुदाय र संस्कृति दुवै नै दुवैका पर्याय हुन् । म्हेनिङ पनि तामाङको पर्याय हो । जसलाई छुटाएर तामाङ खोज्नु, बाँसुरी फुटाएर धुन खोज्नु जस्तै हुन जान्छ ।

धार्मिक पृष्ठमूमि

बोम्बो अर्थात् झाँक्री धर्मलाई संसारवैm पुरानो धर्म मानिन्छ । उनीहरू प्रवृmतिपूजक थिए । प्रकृति पुज्ने र कुल धान्न यिनीहरूले नै सिकाएका थिए । त्यही सिक्ने सिकाउने अनन्त क्रममा यिनै झाँक्री धर्मका अनुयायीहरूबाट नै ‘म्हेनिङ’को चाड–पर्व–उत्सव–अवसर तथा पुण्यतिथिहरूका समागम सम्भव भएको थियो । आज पनि म्हेनिङ भनेपछि खेप्पासुङ पुज्ने नै बुझिन्छ । यसरी बोन हुँदै बौद्ध हुँदासम्म तामाङ समुदायले थुप्रै सुख, शान्ति, पुण्य, मोक्ष र कल्याणका अनेक धार्मिक सांस्वृmतिक उपक्रमहरू चलाए । आफ्ना पूर्खा, प्रकृति र लोकाजको आस्था निष्ठा सहित परिपञ्चले पुजेर जीवन आस्थाको अर्थपूर्ण(ज्ञानमय) माहुरीघार तथा चाकाहरू निर्माण गरे । यसैको रानोरसले नै म्हेनिङ बन्यो । जसमा बोन बराबर बौद्ध सम्प्रदायको पनि महत्त्वपूर्ण योगदान रहेको छ । यही कारण आज तामाङको छ्योइठीममा पनि महायानी बज्रयानी निङ्मपा लामा सम्प्रदायको पहुँच, वर्चश्व र प्रभुत्व स्थापित छ । साथै स्वयम् ह्युलठीम पेठिमहरूमा समेत लामाहरूका स्थान उच्च र महत्त्वपणर््ूा बनेको छ । बौद्ध भएर पनि म्हेनिङ मनाएर लामाहरूले तामाङहरूका सांस्वृmतिक जीवनलाई जीवन्त र समृद्ध बनाइदिएका छन् । आफ्नो गुरूपेमा, डोल्मो, ज्याम्याङहरूका अलावा तामाङ परम्परागत धर्मको कुल, प्रकृति र लोक(संसारी) पुजेर सम्मृद्ध पारिदिएको छ । सो पारेकै कारण म्हेनिङलाई राम्रो पृष्टपोषण भएको छ ।

सांस्कृतिक पृष्ठभूमि

तामाङ समुदायको दुःख, रोगव्याधी, दोष, काल र खराब समय अवस्था क्रमशः साउने सङ्क्रान्तिबाट छुट्दै जान्छ । गोनेङ्याबाट देउताको ढोका खुल्छ । म्हेनिङबाट याङ(सह) भित्रिन थाल्छ । अर्को शब्दमा भन्दा यो समयमा आएपछि तामाङ समुदायले कामबाट फुर्सद पाउँछन् । ज्यान रसिलो भरिलो हुन्छ । फलफूल, अन्नबाली सागपात लगायतले भरिभराउ हुन्छ । वस्तुभाउ सबै चिल्ला पोटिला हुन्छन् । कमाई गर्न बाहिर गएकाहरू मूलघरमा आउँछन् । यो बेला सबैको सबै जना सबै कुरा एकै ठाउँमा जुटेका जुटाएका हुन्छन् । उनीहरू प्राकृतिक रूपमै श्रृङ्गार रसले भरिपूर्ण र परिपूर्ण भएका हुन्छन् । यो बेला तामाङ लगायत म्हेनिङ मनाउने र यसले छोएकाहरूका लागि मधुमास काल हो । जसको सांस्कृतिक, जैविक तथा पर्यावरणिक अनुकुलनमा तामाङ समुदाय आफ्नो इष्ट आराध्यदेखि कुलसम्म, प्रकृति, परिवारदेखि आफन्त इष्टमित्र सबै जुट्ने रम्ने बेला हो । यही कुरा उनीहरूके धर्मकर्म, पुूजा, आराधना र उत्सव कर्महरूमा भेटिन्छन् । भेटघाट, घुमघाम, रमाइलो, नाचगान, भोजभत्तेर, मिलन–पुनःमिलन गरी तामङहरू आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शारीरिक, मानासिक तथा अध्यात्मिक एवम् मनोवैज्ञानिक रूपमा समृद्धि हुन्छन् । यसरी यो पृष्ठभूमिबाट म्हेनिङ समृद्ध भएको छ र समुदायलाई सम्पुष्ट पारेको छ ।

सामाजिक पृष्ठभूमि

तामाङ समाज ह्रुई, खेप्पा, ङारु(स्वाँगेभाइ), मयुङ–बुसिङ, आस्याङ–स्याङ, दिम, खिम्सा, नम्सा, गान्बा, चोहो, गौराई, मुल्मी, लामा, बोम्बो, लप्तवा, तम्बा, जिन्जा, नम्सवा, ह्युल्वा, ग्ले, लोन्पो र दोप्ता आदि मिलेर बनेको छ । म्हेनिङ यी सबैको जीवनमा आउँछ । यसको प्रभाव सबैमा पर्न जान्छ । एउटै सांस्वृmतिक भूगोलभित्र रहेर उही भौगोलिक संस्कृतिभित्र जन्मी हुर्की बढेकोले स्वभाविक रूपमा आजको म्हेनिङ बन्नुमा सबैको साझा संयुक्त तथा सामूहिक देन रहेको छ । यही कारण पनि म्हेनिङमा तामाङभित्रको धार्मिक सांस्वृmतिक सम्प्रदायको अलावा अन्य सांस्वृmतिक मानव समूहरूका पनि प्रभाव र प्रेरणाहरू रहेका छन् । उधौली उभौली अर्थात् यार्खा सेर्खा मान्ने, यार्खालाई सिर्जना र सेर्खालाई समृद्धि र सोभित्र म्हेनिङलाई पुण्य(सु–समृद्धि), सहकाल र मधुमासको रूपमा अजमाएर प्रेम सदभावपूर्ण समाज निर्माणमा महत्त्वपूर्ण देन प्रदान गरेको छ । अहिलेको म्हेनिङ बन्नुमा यो खालको सामाजिक पृष्ठभूमि र पृष्ठपोषण रहेको छ ।

३. म्हेनिङ सांस्कृति:

म्हेनिङ भनेको अबलाई परम्परागत शरद सांस्कृतिक महोत्सव हो । प्राकृतिक जैविक तथा पर्यावरणीय मधुमास हो । मूर्त–अमूर्त, भौतिक–अभौतिक, लौकिक–अलौकिक विविध संस्कृतिहरूका सु–सांस्वृmतिक श्रृंखला हो । जताबाट पनि आउने मिल्ने, जे पनि फुल्ने फल्ने, जसरी पनि भरिने पुष्टिने शुभलाभ लछिन र लक्ष्मीहरूको सहकालहरू हो । स्वास्थ्य स्वस्थता आयु आरोग्यता सौन्दर्य मधुर्यताहरूका सुमाधुर्य महाकालहरू हो । हरेक हिसाबले पूर्ण पुनित, सम्पूर्ण समृद्धि र बिपुल वैभवताको द्योतक हो । जसमा पुण्य, ज्ञान र धर्मको पावन उत्सवहरू स्वतः सहस्रा र सहस्र रूपमा समाहित रहेका हुन्छन् । यसार्थ यसलाई अर्को शब्दमा चाडैचाड, पर्वैपर्व, र उत्सवै उत्सव अर्थात् पावन अवसरै अवसरहरूका हार जडिएको लटरम्म फलिरहेको झुलिरहेको ऐंशेलु हाँगा हो पनि भन्न सकिन्छ । –मिठो काफल क्युँकाफलको कालै फलिरहेको लहरिरहेको डाली हो पनि भन्न सकिन्छ । –खापैखाप पाकेर लच्किरहेको लत्रिरहेको चिउरी, लिची र चेरीको झुत्ता हो पनि भन्न सकिन्छ । जसको निम्नानुसार छोटो खस्रो चर्चा गर्न सकिन्छः क) खेप्पास्हुङ पूजा, ख) ज्योहो पूजा, ग) छ्योरे पूजा, घ) ताफोले म्हेन्दो पूजा आदि ।

क) खेप्पास्हुङ

‘खेप्पास्हुङ’ तामाङ शब्द हो । ‘खेप्पा’ (बुढो) र ‘स्हुङ’ (पूजा) मिलेर बनेको शब्द हो । यसको अर्थ बुढा अर्थात् पितृको पूजा भन्ने हुन्छ । यो पूजा सप्तमीको दिनमा गरिन्छ । कतिपय ठाउँ र थरहरूमा चाहिँ पञ्चमीको दिनमा पनि गर्ने गरिन्छ । यो पूजामा तामाङ सन्ततिहरू आफ्ना पितापूर्खाका स्मरण, आराधना तथा पूजा मात्रै नभएर तिनीहरूका नाम थात थलो र पुनित कर्मको सम्मानपूर्वक सम्बोधन पनि गर्दछन् । विशेषतः यो कर्म झाँक्री सम्प्रदायमा अधिक हुने गर्दछ । यो यही समय र मङ्सीर महिनामा गर्ने गरिन्छन् । यस अवसरमा टाढाटाढाबाट समेत सबैजना जम्मा हुने, पितृको नाम मूलबंशमा लेख्ने, चढाउने तथा सामेल गर्ने र पद्धति मिलाएर उच्चारण गर्ने कामहरू गरी बंशवली पनि मिलाउँछन् ।

यसो भनिए तापनि यो पूजा बौद्ध लामाहरूबाट पनि हुने गर्दछन् । लामाहरूले ‘खेप्पास्हुङ’लाई ‘खेपासुम’ भन्दछन् । उनीहरूका अनुसार ‘खेपा’ भनेको ‘आदि’ अर्थात् शीर्ष अथवा श्रेष्ठ पुरूष भन्ने हुन्छ । त्यस्तै ‘सुम’ भनेको ‘सोम’ हो । ‘सोम’को अर्थ तीन हुन्छ । लामाहरूको अनुसार ‘खेपासुम’ भनेको तीन आदिपुरूष हो । कतिपयले ‘खेपासुम’लाई ‘कोन्ज्योसोम’ पनि भन्छन् । छेगु लुङ्गु टुल्गुको रूप पनि मान्दछन् । यसैलाई होपामे, फाबा चेन्रेसी र गुरूपेमेसम्म भनेका सुनिन्छन् । जेहोस् यिनीहरू तामाङका मान्य पुरूषहरू नै हुन् । जसलाई लामाहरूले आफ्नो अर्थमा बुझि दिएको बुझ हो । जो तामाङ समुदाय धर्म, भाषा, साहित्य, संस्कृति, समाज, समुदाय, लोकजीवन, परम्परा, इतिहास, अस्तित्व, पहिचान, विकास, प्रतिष्ठा र आत्मसम्मान्को लागि अमूल्य छन् ।

यसरी लामाले पुज्ने कुलपूजालाई धादिङ र धादिङदेखि पश्चिम सेरोफेरोका तामाङले ‘ज्यामेन’ भनेर भन्दछन् ।  तिब्बतीकरणको बाढी आउनु अघि, अहिंसावादी आन्दोलनको जोड जबरजस्ती चल्नु अघि तथा बौद्ध जागारण गाउँगाउँ पस्नु अघिका लामाहरूले यो ज्यामेन पुज्दा बकाइदा साथ बोम्बोले जस्तै रक्त बुझाएर पूज्दथे । जुन पछि आएर हाल त्यसो नगरिकनै पूजा गर्ने गर्छन् । यसरी लामाले पनि म्हेनिङ मानेर कुल पूजाहरू गर्नुमा स्वयम् तामाङ जातिको ह्रुई व्यवस्थाभित्र बकाइदा लामाखोर र बोम्बोखोरको ह्रुई व्यवस्था गरिदिनुले पनि थप सहजता प्रदान गरेको हो ।

ख) ज्योहो पूजा

तामाङ ‘ज्योहो’ संस्वृmतिले युक्त समाज हो । ‘ज्योहो’ शक्तिशाली पितृहरूको रूप हो । जसलाई खुशी पार्दा आपूmहरू सुरक्षित भइने विश्वास गरिन्छन् । बस्तीका अग्ला डाँडा, ठूला रूख, अजङ्ग ढुङ्गाहरूमा ज्योहो बस्ने जनविश्वास रहेको छ । अग्लो हिमाललाई पवित्र मानिन्छन् । आफ्ना पितृको रूपमा स्वीकार्दै ती हिमाललाई ‘ज्योमोगङ’ भन्ने गरिन्छ । ‘ज्योमोगङ’ ‘ज्योमो’(मातृ तथा स्रष्टाशक्ति) ‘गङ’ (डाँडा) मिलेर बनेको शब्द हो । तामाङ समुदायको थरैपिच्छे ‘ज्योहो’ रहेका हुन्छन् । एउटै ज्योहो मान्नेहरू दाजुभाइ खलक मानिन्छन् ।

ग) छ्योरे पूजा

‘म्हेनङ’को अर्को महत्त्वपूर्ण पूजा ‘छ्योरे’ हो । छ्योरे पनि तामाङ शब्द नै हो । यो ‘छ्यो’ भनेको दिशा र ‘रे’ भनेको ‘दिन’ भन्ने दुई शब्दहरू मिलेर बनेको शब्द हो । जसको अर्थ दिशा पुज्ने दिन भन्ने हुन्छ । यो छ्योरेको छ्यो अर्थात दिशा भनेको दशवटा हुन्छन् । तिनमा उत्तर, दक्षिण, पूर्व र पश्चिम गरी चार दिशा, यी चार दिशाका हरेक दुई दिशाहरू बीचको चार मध्ये दिशाहरू र यी आठ दिशाहरू बीचको मध्ये केन्द्रको भूमि र आकाश सहितको दुई दिशाहरू जेडेर जम्मा दश दिशाहरू रहेका छन् । जो एकै अर्थमा बुझ्दा प्रकृति हो । यो विशुद्ध प्रकृति पूजा हो । ‘खेप्पास्हुङ’ जस्तै यो पनि म्हेनिङभित्रको महत्त्वपूर्ण पूजा हो । तामाङ आदिवासीलाई मौलिक पहिचान दिलाउने र चिनाउने सांस्कृतिक द्योतक मध्येको एक हो । यो पूजा नवमीको दिनमा गर्दछन् । यो खासमा बंश, खलक तथा ठूलो परिवारको मूलघर तथा थलोलाई केन्द्र बनाएर पुज्ने पूजा हो । यो पूजामा गाउँभरिको  वंशीय दाजुभाइहरू मूलघरमा जम्मा हुने गर्दछन् । यो एक किसिमको बंशीय भेला जस्तै नै हुने गर्दछ तर अहिले आएर यो पूजा बिस्तारै पारिवारीक स्तरमा मात्र सीमित हुन थालेको छ । अब क्रमशः पूर्णतः लुप्त हुने दिशातिर पनि लागिरहेको छ । यो पूजा बोन र लामा दुवैले गर्दछन् । यो पूजा जिन्जा तथा ह्युल्वाहरूको ईच्छा र तामाङ ह्युलठीममा आधारित छ्योईठीमले देहाय अनुसार हुँदै आएको पूजा हो । यसरी तामाङ धर्म, संस्कृति र सभ्यताको निर्माणको बोन र बौद्ध दुवैको अमूल्य योगदान हुँदै आइरहेको छ ।

घ) ताफोले म्हेन्दो पूजा

तामाङ समाजमा ताफोलेम्हेन्दोको ठूलो महत्त्व र महिमा छ । यो पनि स्योम्हेन्दो जस्तै पवित्र मानिन्छ । ताफोले म्हेन्दोलाई सयपत्री पनि भनिन्छ । कतिपय ठाउँमा चाहिँ अरूलाई नै ताफोलेम्हेन्दोको रूपमा चलाइएको पनि पाइन्छन् । जेहोस्, यो पूmल शरदमा फुल्दछ । फूलहरूका यस मौसममा खेप्पास्हुङमा प्रयोग नगरेसम्म यसलाई चलाउँदैनन् । पहिले खेप्पास्हुङमा प्रयोग गरेपछि मात्र सर्वसाधारणले यसको प्रयोग गर्दछन् । यो पूmलसँग तामाङ सृष्टिको सुन्दर मिथकहरू जोडिएका छन् । जसको मिथकीय वर्णन खेप्पासुङ पुज्दा र लसोल गर्दा बुढा पुराना लब्तवाहरूबाट सुन्न पाइन्छन् ।

ङ) क्रिपा क्लाङ्बा

यसैगरी धादिङ जिल्लाको सेमजोङ सेरोफेरोमा रहेका ग्रामीण क्षेत्रहरूमा आफ्नै तरिकाले म्हेनिङ मनाउँछन् । म्हेनिङकै मूल अवसर पारेर आफ्नो धार्मिक ऐतिहासिक सन्दर्भलाई सालिन्दै पुनःमरण गर्छन् । जसको सम्झना परम्परागत रूपमा लोकनाटिकीय तरिकाले निरन्तर म्यादली खेलेर गर्ने गर्दछन् ।

च) डोल्मोला छ्योग

बौद्ध परम्परा अनुसार खेतिपाति अन्न आय आर्जन धन सम्पत्ति पुजी रत्न रत्नादि द्रब्य तथा उत्पादकत्व देखि सोको सह, लछिन, भाग्य, श्री, यश र स्थीरताको लागि डोल्मो पुज्ने गर्दछ । यसलाई डोल्मो ताराको पूजा पनि भनिन्छ । यसलाई कतिपयले छेपागेको पूजा पनि भन्छ रे । र कतिले चाहि नोर्बु पूजा भन्ने गर्दछन । नोर्बु अर्थात सम्पत्ति सौभाग्य सह लछिन लक्ष्मी सौन्दर्या सम्मोहन अनुराग एबम् सन्तान पुत्र पुत्रादि र बंशप्राप्तिको पूजा पनि भनिन्छ । यो पूजा क्रममा तामाङहरूले धातु(सुन चाँदी तामा पित्तल), रत्न रत्नादि, ढुकुटी, पैसा, किर्ती र बिभिन्न मानव अबिस्कृति तथा सभ्यता–सम्पदाहरूको पनि बिशेष पूजा गर्दछन । यसका साथमा मेनलाको पनि पूजा गरिन्छ । डोल्मो र मेनलाको पूजा कतिपय ठाउँमा एकैचोटि कतिपय ठाउमा अघि पछि र कतिपय ठाउँमा सप्तमी र अष्टमी तिथी पारेर पुज्दछन । मेनला भनेको औषधिको देवतालाई बुझिन्छ ।

छ) ञ्युङ्नेः 

संसारभरि अकालमा मारिनु परेका, अनाहक हिंसाको शिकार हुनु परेका र गति नपाएर भड्किरहेका खास यसै अवसरमा बिनासित्ति बिना विधि धर्मको नाममा अधर्मीतापूवक बलि चढ्नु परेर बितरा परेका चित्तलाई मोक्ष, सुख, शान्ति र पाप मोचन गरिदिने करूणाभावका साथ बसिने निराहार ध्यान तथा उपवास नै ञ्युङ्ने हो । तामाङ समाजमा बौद्ध धार्मिक जागारणले क्रमशः जोड पक्डदै गैरहेको कारण न्युङ्ने बस्ने क्रम बढ्दो छ । यसतर्फ तामाङ सङ्घ संस्थाहरूके पनि ध्यान पुग्न सके केही भएपनि समाजमा सुधार विकास र परिवर्तनका सुखद् उपलब्धीहरू हासिल हुन सक्थे । यो सप्तमीदेखि नवमीसम्म बस्ने गरिन्छन् ।

ज) छेपाच्युको पूजा

महायानी बज्रयानी निङ्मपा सम्प्रदायका बौद्धमार्गीहरूले गुरू रेबोर्छेलाई स्मरण गर्छन् । उनले तेमालको ग्योइखर नजिक याक्छेनाग्पो नामको शक्तिशाली राक्षसलाई बशमा पारेका थिए । उनकोे यो किर्तीको सम्झना सहित यो महादशमीको दिनमा छेपाच्यु पूजा गरिन्छ । त्यसैगरी यसै दिनमा सम्राट अशोकले पनि हतियार बिसाएर शान्तिको शरणमा आएको तथा हिंशामाथि शान्तिको करूणामय विजय हासिल गरेको अवसर पारेर सो महान् बोधी कर्मको स्मरण गरिन्छन् । सोको सम्मानमा आस्थापूर्वक शान्ति, अहिंसा र करूणा तथा कल्याणभाव प्रतीक स्वरूप सेतो टीका पनि ग्रहण गर्दछन् ।

झ) म्हरमेन

म्हरमेन भनेको तामाङ शब्द हो । यसको अर्थ घ्युको बत्ति भन्ने हुन्छ । यो बत्ति सबभन्दा पवित्र, अर्थ र महत्त्वले परिपूर्ण मानिन्छ । मर्मेन तामाङ सांस्वृmतिक जीवनको अनिवार्य अङ्ग हो । तामाङ सांस्वृmतिक जीवनमा म्हरमेन मुलतः निम्नानुसार गरेका पाइन्छन् । अ) हरेक पूजामा अनिवार्य रूपमा रहन्छ । आ) कुनै पूजाको अङ्ग मात्र नभएर यो मात्रै बेग्लै पनि बालिन्छन् । इ) अरू केही गर्न नसके, नभ्याए र नपाएमा यो मात्रै भएपनि अनिवार्य बाल्नु पर्दछ । ई) कतिले चाहिँ यही मात्र भए पनि दैनिक र नियमित समेत बाल्ने गर्छन् । जहाँसम्म म्हेनिङको सन्दर्भमा चाहिँ माथि भनिए बमोजिम नै गरिन्छन् । प्राःयजसोले बेग्लै अनुष्ठानै बनाएर म्हरमेन बालेका पाइँदैनन् । बाले पनि छेपाच्यु गरी वाङ लिने पूजाकै अघिल्लो दिन नवरात्रीमा बालिने म्हरमेन नै सहभागी हुन्छन् । बेग्लै गरे भने एकादुईले औँशीको दिन शाक्यमुनि बुद्धलाई स्मरण गर्दै म्हरमेन बाल्ने गर्दछन् । कतिले चाहिँ ठ्याक्कै म्यानिङ ङ्ह्याको राती अमिताभ बुद्धलाई सम्झेर पनि बाल्ने गर्दछन् । कतिले चाहिँ डोल्मोलाई पनि स्मरण गर्दै बाल्ने प्रचलन रहेको छ ।

‘म्हरमेन’ तामाङ धर्म, दर्शन, संस्कार र संस्कृतिसँग अभिन्न रूपमा जोडिएको छ । यसलाई उनीहरू आफ्ना आदिपूर्खा आदिबुद्ध म्हरमेनसङ्गे (दीपाङ्कर बुद्ध)को प्रतीक पनि मान्दछन् । उनीहरूका अनुसार दुईचे(अमृत)का प्रवर्तक यिनै थिए । करसुमको रचयिता पनि भएकाले घ्युको बत्ति बालिने कुङाको बल्दो रूपलाई संसार र उनको ज्ञानप्रदिप्त स्वरूपलाई नै प्रतिमाकरण गरेको समेत पनि मानिन्छन् । यही भएर पनि होला; म्हरमेन तामाङ सांस्वृmतिक जीवनको अभिन्न अङ्ग बनेको छ । यही म्हरमेनलाई पछिल्लो समयमा विभिन्न धार्मिक सामाजिक सांस्वृmतिक लगायतका सङ्घ संस्थाहरूले परम्पराभन्दा अलि भिन्न शैलीमा पनि गर्न थालिएको छ । खासगरेर विशेष चाड–पर्व, उत्सव, अवसर, तिथि तथा महत्त्वपूर्ण घडीहरूमा खुल्ला फराकिलो सार्वजानिक स्थलहरूमा ठूलो सङ्ख्याले संयुक्त रूपमा समारोह शैलीका साथ गर्दछन् । जुन समायोचित पनि छ । सकारात्मक, रचनात्मक र सिर्जनशीलताको सामयोचित गतिशीलता पनि हो । यसले पनि व्यापक, विस्तृत, सघन र तिब्रता लिनु पर्छ । दुईसय भन्दा बढी सङ्ख्यामा रहेको तामाङ सङ्घ संस्थाहरूमा केवल दश बीस मात्रैले गरे पनि ठूलो लहर चल्न सक्तछ । अबको उदीयमान तामाङ पुस्ता  यही सन्देश, प्रेरणा तथा दृष्टान्तको प्रतिक्षामा हुनेछ ।

४.  महत्त्वः 

मौलिकता

म्हेनिङ तामाङ सांस्कृतिक जीवनको उपज हो । यसभित्रको पर्व, तिथि र पूजा विधिहरू सोझै तामाङ विश्वास मूल्यमान्यता र धार्मिक सांस्कृतिक स्वत्वसँग जोडिएको छ । तामाङ यहाँको भूमि, प्रकृति र पर्यावरणको पर्याय हो । उनीहरू यहाँको पहिलो, मूल तथा आदिवासी हो । उनीहरू आफ्ना खेप्पास्हुङ, ज्योहो र छ्योरे पुज्दा यहाँको भूमि, प्रकृति र प्राकृतिक पर्यावरण सहितको जैविक विविधताका साथमा आफ्नो पूर्खाहरूलाई अधिष्ठित र प्रतिष्ठित गरी पुज्छन् । जसको बिना उनीहरूका पूजा, पर्व तिथि र म्हेनिङकै पनि अर्थ छैन । यी सांस्कृतिक कर्म बिना उनीहरू आफैँ तामाङ रहँदैनन् । उनीहरूबाट म्हेनिङ, म्हेनिङबाट उपर्यूक्त सांस्कृतिक उपक्रम र ती उपक्रमहरूबाट प्रकृति र पूर्खाहरूका पर्यायी प्राणप्रतिष्ठान र अधिष्ठान गर्ने धार्मिक सांस्कृतिक कार्यविधिलाई अलग्याउन सकिँदैन । परम्परादेखि अविछिन्न रूपमा मान्दै आएको उनीहरूका कुलपूजामा पिता, पूर्खा, पूर्वज, परम्परा, इतिहास तथा आदिम विरासतप्रति आपूm र आफ्ना सन्ततिलाई श्रद्धा, सम्मान, शिष्टता र मर्यादा राख्न सिक्छन् अनि सिकाउँछन् । यी अवसर, उत्सव, पर्व र चाडहरूमा आफ्ना राम्रा असल र उत्तम निधीहरूका स्वामित्वकरण, हस्तान्तरण र पुस्तान्तरण पनि गर्ने गरिन्छ । जस अनुसार बंशका भाइहरू जुट्ने, पूर्खाका नाम सङ्कलन गर्ने, वरियत मिलाएर लेख्ने र आफ्ना पूर्खाको नामावली नयाँ पुस्तालाई पढ्न पढाउन लगाउने पनि गरिन्छन् । यही मौकामा सजग तथा जागरूक तामाङ समाजले केस्रा–वmेस्रा केलाई यसको मूल्य, मर्म र महत्त्वको उजागर गर्ने गराउने पनि गरिन्छन् । म्हेनिङमा लगाइने सेता दही अक्षताको टीका, जमरा, खेलिने पीङ, गरिने नाटक, चढाइने ताफोले पूmल, म्यादली आदि र ती क्रियाकलापसँग तामाङ जातिको सम्बन्धबारे लुकेको रहस्य, अर्थ, महत्त्व, महिमा, सान्दर्भिकता र उपदेयताहरू प्रष्ट्याइन्छन्, प्रष्ट्याउँदै जानुपर्छ । कारण यसमै तामाङ सामुदायिक अस्तित्त्व, पहिचान, विकास, समृद्धि, प्रतिष्ठा र आत्मसम्मानको मौलिकता अभिन्न रूपमा जोडिएको छ ।

ऐतिहासिक

सर्वप्राचीन धर्म भनेको झाँक्रीधर्म हो । झाँक्रीबाटै अन्य धर्मको विकास भएको हो । हिन्दूधर्म पनि यसैबाट विकास भएको कुरा मानवशास्त्रीय विकासक्रमले देखाउँछ । इतिहास र यो विकासक्रमलाई पहिल्याउन नसक्ने कतिपयलाई यो झाँक्रीधर्म चाहिँ हिन्दूको शाखा लाग्न सक्छन् । नेपालमा यही भैरहेको छ । जसको गहिरो मार यहाँको आदिवासी धर्महरूमाथि परिरहेको छ । यथार्थमा हिन्दूधर्म भनेको धेरैपछि मात्र विकास भएको हो । त्यसका अनुयायीहरू यो मुलुकमा धेरैपछि मात्र आइपुगेका हुन् । आएर पनि यहाँको राज्यमा तिनको आरोहण भनेको त्योभन्दा धेरैपछि मात्र भएको हो । जहाँसम्म केन्द्रीय सत्ता र ताम्सालिङ क्षेत्रभित्र यिनको प्रवेश र हिन्दू जातीय राष्ट्रवादको झण्डा गाडेको भनेको अस्ति भर्खर मात्र हो । जबकी मुलुकको पहिलो मूल आदिवासी तामाङले हिन्दू प्रवेशभन्दा धेरै अघिदेखि नै आफ्नो परम्परागत पुख्र्याैली धार्मिक मान्यतामा म्हेनिङ संस्वृmतिलाई धेरै समृद्ध पारिसकेका थिए । पछि आएर यहाँको बस्तुस्थितिको आधारमा आफ्नो सार यथावत राख्दै मूलरूप नै बद्लेर राज्यशक्तिको आडमा म्हेनिङलाई हिन्दुकरण गरियो । म्हेनिङ संस्कृतिको सांस्वृmतिक जीवनलिला समाप्त गरेर त्यही शरीरमा हामीलाई नै कत्लेआम गरेको संस्कृतिकृत खुनी इतिहास पुज्ने हिंसापुजकहरूका शैतानियत(खाँडो) जगाउने पर्व बडादशैँ प्रतिस्थापित गरियो । आज तामाङलाई वर्णसङ्कट अवस्थामा पु¥याइएको छ । हिन्दूराज्यको यो सांस्कृतिक नियोजनको परिणामस्वरूप दशैँ बहिष्कारको प्रतिकृयात्मक स्थिति पैदा भएको छ । घुमाएर दशैँ बहिष्कारको नाममा म्हेनिङ नै समाप्त हुने स्थिति सिर्जाएको छ । जुन हाम्रो मुलुक, समाज र समुदायको इतिहासमै नलेखिएको दुखिरहने बल्झिरहने घाउ हो । जसको उपचार जरूरी छ । म्हेनिङको पुनःस्थापन एक राम्रो उपाय हो । जो राज्य, भूमि, नागरिकता, इतिहास, आत्मसम्मान, आवाज र स्वत्व समेत गुमाउँदै गैरहेका तामाङ लगायत आदिवासीहरूका लागि ऐतिहासिक महत्त्व हुन सक्छ ।

सांस्कृतिक

माथि धेरै ठाउँमा दोहो¥याई तेहे¥याई सकिएको छ कि– म्हेनिङ सबै कुराले अनुकुल बेला तथा अनुकुलन पर्व हो । बेला, मौसम र पर्यावरण लगायत सबै कुराको अनुकुलनको यस पर्व मार्फत् तामाङहरू आफ्ना यार्खा(वर्षा)कालीन ध्वस्त शारीरिक तथा मानासिकतामा पुनःताजागी ल्याउँछन् । टुटफुट, छुटभिन्न र तितरबितर भइ भड्के बिग्रिएका पारिवारिक जीवनमा परिवार, बंश, कुल, कुटुम्ब र बन्धुबान्धवहरूका बन्धुत्वपूर्ण पुनःमिलन गरिन्छन् । विभिन्न दोष, कारण तथा परिबन्दवश बिग्रिएको सामाजिक सम्बन्ध, खस्किएको मान सम्मान इज्जत प्रतिष्ठा सामाजिक मर्यादा तथा साख र अवरूद्ध संस्कार संस्कृति तथा सांस्वृmतिक मामिलाहरूका पुनःस्थापना तथा पुनरावृति गरिन्छन् । यो बेला व्यक्ति परिवार बंश थरका अलावा जाति समुदायगत आर्थिक सामाजिक शैक्षिक धार्मिक तथा सांस्कृतिकदेखि राजनीतिक नयाँ सम्बन्ध पनि विकास गरिन्छ । व्यवहारिक जीवनका सामान्य ऋणभाका, आर्थिक लगानी, स्मारक स्थापनादेखि धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका कतिपय स्तम्भ तथा सम्पदाहरूको स्थापना र प्रतिस्थापन पनि यही मौकामा गर्ने गरिन्छन् । यी विविध सांस्वृmतिक उपक्रममा थाहै नपाई ज्ञान, चेतना, अभिव्यक्ति, भाषा, साहित्य, सङ्गीत, कला, शैली, सिर्जना र रचना क्षमताको पनि उत्तिकै अभिबृद्धि गरे गराइएको हुन्छ । यिनै सांस्कृतिक अनुक्रमहरूबाट देखिने नदेखिने, महशुश हुने नहुने, मूर्त अमूर्त, भौतिक अभौतिक, लौकिक अलौकिक काम गतिविधि र चेतनाहरूलाई पनि संस्कृतिकरण गरिएको हुन्छ । क्रमैले त्यो स्वामित्वकरण, हस्तान्तरण र पुस्तान्तरण पनि हुँदै जान्छ । यसरी समाज संस्कृति र सभ्यता बन्दछ । म्हेनिङबाट पनि यो सिलसिला कायम राखेको छ । र त तामाङ समुदायबाट पनि भनिएको सुनिन्छ ‘‘अपा थोर्सम् ह्रुई थोर्ला, अमा थोर्सम् ग्युई थोर्ला । ह्रुई रूल्सम ल्हुई रूल्ला, ग्योई ख्योल्सम ग्हे गल्ला ।’’ अर्थात् बाउ हराए जात हराउँला, आमा हराए भाषा हराउँला । जात हराए जीवन हराउला, भाषा हराए एकता हराउला ।

सामाजिक

तामाङ आफैँ मानव समुहको नाम हो । यसले सामुहिकतालाई बुझाउँछ । यसको स्वरूप नै सामाजिक छ । यसका हरेक रूप रचना र संरचनाको आमचरित्र र विशेषता प्रायः साझा, संयुक्त र सामुहिक रहेको छ । यो समुदाय सामुहिकतामा विश्वास गर्दछ । सोचदेखि व्यवहारसम्म, व्यक्तिदेखि संस्था समुदायसम्म र जन्मदेखि मृत्युसम्मका सबैमा साझा संयुक्त र सामुहिकताको कुनै न कुनै सामाजिकता उपस्थित रहेको देखिन्छ । बनेका अहिलेसम्मका सबै सामाजिक सांस्कृतिक तथा सभ्यता सम्पदाहरूमा यही सामाजिक मूल्यको नियमन गरिएको छ । यहाँसम्म कि व्यक्तिगत जस्तो लाग्ने जन्म, मृत्य र यौन जीवनलाई पनि थप्साङ, ब्रेलसाङ र घेवा जस्तो पवित्र सामाजिक संस्कारले सु–संस्कृत गरिदिएको छ । त्यसमाथि म्हेनिङ त उसै पनि सामाजिक विशिष्टताले संस्थागत भएको संस्कृति हो । यसको समुदायमा सामाजिक महत्त्व रहने कुरा त सामान्य, स्वाभाविक र स्वतःसिद्ध नै भयो; छ र रहन्छ । राज्य, इतिहास, समाज र स्वयम् समुदायले नै जस्तो व्यवहार गरे पनि यसको सामाजिक महत्त्वको कारण पुनःस्थापना गर्न जरूरी छ । यसले तामाङको आन्तरिक सामाजिक जीवनमा, तामाङ लगायत थुप्रै अन्तर समुदायगत सामाजिक जीवन र नेपाली मौखिता र विशिष्टताको नयाँ आदर्श समाज निर्माणको सामाजिक जीवनमा महत्त्वपूर्ण सामाजिक मूल्य स्थापना गर्न सक्तछ । खासगरी यसको सामाजिक महत्त्व वर्तमान मानव समाजमा आएको सामाजिक विग्रह, मानवीय मूल्यहिनता र उपभोक्तवादी संवेदना शून्यताको सङ्क्रमणमा बढी जरूरी भएको छ ।

आर्थिक

मान्छेको वैभवता सुव्यवस्थासँग, सुव्यवस्था सुशासनसँग, सुशासन विधिसँग, विधि सुसंस्कृतिसँग, सुसंस्कृति जीवनव्यवहारसँग, जीवनव्यवहार उसको आजीविकासँग र आजीविकाको आर्थिक मामिलासँग अभिन्न रूपमा जोडिएको हुन्छ । स्वभाविक रूपमा म्हेनिङ पनि उपर्यूक्त चक्रवृत्त र साङ्लाबाट बाहिर छैन । यसका पनि आफ्नै आर्थिक स्रोत सुत्र आधार र पक्ष पाटाहरू रहेका छन् । यो बेला धान बाली भित्र्याउने क्रम चलिरहेको हुन्छ । मवैm भित्र्याइसवmेका हुन्छन् । वर्षामासमा घाँसपात राम्रो हुने हुनाले बस्तुभाउ सप्रिएका हुन्छन् । खसी बोकाहरू बेच्न योग्य हुन्छन् । गाईभैसी ब्याएका हुन्छन् । दुधालुहरूबाट दूध, दही, घिउ, मही छ्यालब्याल बनाइदिएका हुन्छन् । सबैको भकारी ढुकुटी र सन्दुकहरू भरिपूर्ण हुन्छन् । तबैतारे तामाङ बालबालिकाहरू गाउँछन् : ‘म्हेनङ हजी छिपिङपिङ ! मइरागुँला डिछिङछिङ !! (म्हेनिङ आयो है घामकिरी ! राँगा पनि मोटाएर पुष्ट भो !!) । यसरी भूमि, प्रकृति, पर्यावरण, कृषि र पशुपालनमा आधारित आर्थिक जीवन म्हेनिङको आवागमनसँग प्रत्यक्ष जोडिएको हुनाले यसको स्थान भूमिका महत्त्व आवश्यकता उपयोगिता र उपदेयता स्वभाविक रूपमा सोझो, ठाडो र प्रत्यक्ष सम्बन्ध रहन्छ । यसलाई समयोचित ढङ्गले विकसित र गतिवान बनाउनु पर्छ ।

जैविक

चाडपर्वको लोकजीवन, लोकजीवनको जनजीविका र जनजीविकाको जैविक आवश्यकतासँग अभिन्न सम्बन्ध रहेको हुन्छ । वर्षा यामको चर्को धुप र दर्के झरीे, उर्लँदो बाढी पहिरा र भीर पहरा, घनघोर झाडी जङ्गल र विपत्ति, विषालु जीवजन्तु र हिंस्रक आक्रमण, मरणान्त रोगब्याध, छेद र महामारी, असह्य भोक, प्यास र थकान आदिले सकिसकेको सिख्र शरीरलाई शरीरिक ऊर्जा पुनः प्राप्त गर्ने अवसर म्हेनिङको बेला पाउन सकिन्छ । म्हेनिङको बेलामा पाकेका नयाँ फलपूmल, तिउन ताउन (सागपात) र अनाजहरूको रसिलो खान्की, लैनो गाईभैसीको दूध, दही, घिउ, मही, बिगुत, बिलौनी र कुराउनीहरूका रसस्वादन र पूजाहरूमा सुङ चढाइएका ताजा मासु र मसलादार झोलबाट ठूलो राहत मिलेको हुन्छ । त्यसैले साउन भदौ मासको कामको क्रममा अवसर भन्ने गरिन्छन् : ‘बल गरेर काम गर । म्हेनिङमा खेप्पास्हुङ पुज्ने भालेको रस मासु दिउँला÷खाउँला !’ जसले हड्डीमा घुसेको सर्दी सबै निकालेर शरीरलाई पुनरताजागी र ऊर्जाशील बनाउँदछ । त्यसैले खेप्पास्हुङ पुज्दा काटिएको भालेको मासु र तोर्मा सबैलाई बराबरी बाँडिन्छन् । साना नानीलाई समेत ठूलाकै भाग लगाइन्छन् । यसरी  म्हेनिङ जैविक ऊर्जाको लागि पनि आवश्यक उपयोगी र महत्त्वपूर्ण सावित भएको छ ।

राष्ट्र राष्ट्रियताको सांस्कृतिक आधार निर्माण

देश राष्ट्रियताले उभिन्छ । राष्ट्रियता लोकतन्त्रले थिराउँछ । लोकतन्त्र जन–आकाङ्क्षामा प्रष्टिन्छ । जन–आकांक्षा सामाजिक सांस्वृmतिकजीवन अनुसार निर्माण हुन्छ । सामाजिक सांस्वृmतिकजीवन चाहि नीजको भगौलिक संस्कृति र सांस्वृmतिक भूगोलको जगबाट बन्छ । नेपाल देशको राष्ट्र र राष्ट्रियताको भनेको यहाँको सांस्वृmतिक भूगोलमा निर्मित  विचार–रत्न तथा सांस्वृmतिक मूल्यमान्यता हो । त्यो भनेको म्हेनिङ वस्ता संस्कृतिहरू नै हुन् । जो तामाङको समुदायको समुदायिक निधीमा मात्र सीमित नभएर हिमाली पहाडी तथा आदिवासी जनजाति सहित सिङ्गो नेपाल र नेपालीकै राष्ट्रिय निधीमा विस्तारित, विकसित र स्थापित छ । जसको बिना मुलुकको यो रूप, रचना, स्वरूप, संरचना, स्वत्व, स्वतन्त्रता र सार्वभौमिकता सम्भव थिएन; हुदैन र छैन पनि ! उपर्यूक्त बमोजिमको स्वाधिन, समृद्ध र बैभवशाली देश निर्माण गर्नका लागि आन्तरिक सांस्वृmतिक उपनिवेशवादलाई पूर्णतः अन्त गर्नुपर्छ । म्हेनिङ र म्हेनिङ जस्ता आन्तरिक राष्ट्र राष्ट्रियताहरूलाई सुदृढ गर्नुपर्छ । म्हेनिङ जस्ता भिन्न–भिन्न विविध संस्कृतिहरूका मौलिक अस्तित्व, पहिचान, स्वरूप र संरचना समाप्त गरेर एक्लो हिन्दू जातीय राष्ट्रवाद निर्माणको कार्य रोवmेर बहुल राष्ट्रिय राज्यराष्ट्र निर्माणको जग बसाउनु पर्छ । त्यसको जग, आधार तथा आधारस्तम्भ भनेको म्हेनिङहरू नै हो । जसलाई निलेर जबरजस्ती बडादशैँ र बडादशैँहरू बन्ने बनाउने स्थिति परिस्थिति बनाउनु हँुदैन ।

५.  सान्दर्भिकताः 

परिस्थिति 

वर्तमान राज्यसत्ता र नेतृत्व अत्यन्तै अनुदार र हिन्दू जातिवादी छ । सबै गैरहिन्दू जाति समुदाय यसबाट प्रताडित छन् । तामाङ समुदायप्रतिको बक्रदृष्टि इतिहासदेखि नै साह्रै धृष्टता, दुष्टता र तुच्छतपूर्ण रहँदै आएको छ । राज्यसत्तामार्फत् लादिएका हिन्दू जातीय राष्ट्रवादको सबैभन्दा पछिल्लो प्रखर सांस्वृmतिक हतियार दशैँ हो । यसले सिधै म्हेनिङको मर्मस्थलमा प्रहार गरेको छ । म्हेनिङमाथिको प्रहारले तामाङ मात्र नभई यो सहित सिङ्गो नेपाली भू–संस्कृतिमाथि नै प्रणान्त आघात पुगेको छ । यही मर्माहत् नेपाली मौलिक संस्कृतिरूपी राष्ट्रियतालाई हिन्दुकरण गरेर मर्नु न मार्नुको हिन्दू जातीय राष्ट्रवादमा खडा गरिदिएको छ । जसका कारण र तामाङ आदिवासी समुदाय लगायत आम नेपाली जनसमुदायहरूको मौलिक सांस्कृतिक जीवनमै वर्णसङ्कट पैदा भएको छ । यो वर्णसङ्कट तथा सांस्कृतिक दासताका माध्यमबाट अन्य थुप्रै बाहिरिया आधुनिक दासताका सङ्क्रमणहरू भित्रिरहेका छन् । फलतः नेपाली जनताको आत्म मरणासन्न अवस्थामा पुगेको छ । तामाङ जनताको विद्रोह सिनो जस्तै चिसिएको छ । थाहा छैन; अब यो फेरि तात्छ तात्दैन । आफ्नै ल्हुईमा प्रवेश नपाएर पछि भड्केर हिँडेको छेन्दे फेरि फर्कन सक्छ सक्तैन । फर्कनलाई पहिला म्हेनिङ फर्किनु पर्छ । फर्काउनलाई पहिला तामाङले सोईनम खेल्नु पर्छ । यसले मात्र हिंसा थोपार्ने चाड दशैँको ठाउँमा जीवनआस्थाको म्हेनिङ्पालाई पुनः प्रतिस्थापन गर्न गराउन सक्नेछ ।

सबल तथा सकारात्मक पक्ष

यसका केही पाटा र पक्षहरू माथिका खण्डहरूमा पनि उल्लेख भैसकेका छन् । यहाँ मात्र निम्न अंशहरूलाई उल्लेख छन् । क) यो यहाँको भूमि, भूगोल, प्रकृति तथा पर्यावरण अनुसारको भू–सांस्कृतिको आधारमा अनन्त समयदेखि बन्दै निर्माण हुँदै आएको संस्कृति हो । जसले गर्दा यो यहाँका अन्य आदिवासी तथा आर्गनिक नेपाली जनसमुदायहरूको सांस्वृmतिक जीवनसँग पनि सहजै सामनजस्यता हुन सक्छ; भैरहेको छ र यो क्रमलाई सबैको आ–आफ्नै अपनत्व, निजत्व तथा स्वामित्व रहने राष्ट्रिय संस्कृतिको जग बसाउन सकिन्छ । यही जग र आधारमा नेपाली मौलिकताको जनराष्ट्रवादको ध्वजा उठाएर नयाँ नेपाल निर्माणको अभियान तीब्र बनाउन सकिन्छ । ख) यो सोझै तामाङ समुदायको समुदायगत (जाति), जीन, जैविकता, नश्ल, चरित्र, संस्कार संस्कृति, धार्मिक विश्वास, सामाजिकता र लोक मूल्य मान्यताहरूसँग जोडिएको छ । जसले मात्र तामाङ जातिको आफ्नो अस्तित्व, पहिचान, विकास, पहुँच, निधीत्व, वैभव, प्रतिष्ठा, आत्मसम्मान र गरिमालाई माथि उठाउन सक्तछ । तामाङ राष्ट्रको राष्ट्र र राष्ट्रियता, सोको लागि आवश्यक सांस्वृmतिक सम्प्रभुता, तदानुरूपको शासकीय मनोविज्ञान एवम् राजनीतिक मानासिकता पैदा हुनसक्छ । जो तामाङ सभ्यता निर्माण, ताम्सालिङ सञ्चालन र मुलुक चलाउने तर्फको प्रस्थानबिन्दु पनि हो । ग) यसका कुल, प्रकृति, लोक तथा सभ्यता पूजा मार्फत् प्रतिबिम्बित तामाङ तथा आदिवासीहरूका समतामुलक मानवतावादी विश्वास, मूल्यमान्यता र जीवनदर्शनको आधारमा स्वयम् सहित नेपाली समाजको यथास्थितिको पुनःसंरचना गरेर दुनियाँलाई सकारात्मक सन्देश दिन सकिने राम्रा र सबल पक्ष यसमा निहित छ । त्यो भनेको मूलमा उपर्युक्त भू–संस्कृति, भू–प्राकृतिक नश्ल र आदिवासी समतावाद(समतामुलक बहुआयामिक बहुलतावाद)को सहमतीय राजनीति र यसका सामाजिक लोकतान्त्रिक मूल्यमान्यता(समानुपातिक समावेशी)हरू हुन् ।

समय सान्दर्भिक उपदेयताहरू

यो सूचना–सञ्चार, विज्ञान–प्रविधि र आर्थिक–भौतिक विकासले उत्कर्ष छोएपछि उपभोक्तवादले गाँजेको युग हो । यस किसिमको विकासबाट व्यापक निःजात वर्ग, अनागारिक झुण्डा, अराष्ट्रिय तथा विजातीय सङ्क्रमणग्रस्तहरू र मानवीयता शून्य यन्त्रमानव एवम् अनियन्त्रित उपभोक्तवादका सितन÷सलाद–मान्छेहरू पैदा भैरहेका छन् । यसरी न्युनतम् मानवीयता समेत निख्रिएर तन्नम भएका तन्नम तथा निजात वर्गहरूमा निहित सबै अतिचारहरू मेटेर सृष्टिको सारस्वत सत्य, सार्थक जीवन र ज्योतिर्मय लोकोत्तरलोकको सत्यान्वेषण हुनुपर्छ । जसले आफैँभित्र खोजिने आगो, उज्यालो र उन्मुक्त आकाशको खोजीलाई म्हेनिङ्पाको पुनःस्थापना मार्फत् लक्षान्त दावानलको काम गर्न सक्तछ । यसको सतत् सान्दर्भिकताको उजागरण हाम्रो सांस्वृmतिक लडाईको सङ्कथन बन्नुपर्छ । जसको प्राथमिकता निम्न उल्लेखित विषयहरू केन्द्रित हुन पर्दछ । क) यसको राष्ट्रिय चरित्रले यसलाई मुलुकको आन्तरिक औपनिवेशिकताबाट उन्मुक्ति दिलाउने वैकल्पिक सांस्कृतिक केन्द्र बन्नुपर्छ । ख) यसको लोकतान्त्रिक मूल्यले समतामुलक समाजिक व्यवस्था निर्माणको राजनीतिक आधारशिला बन्नुपर्छ । यसका दार्शनिक पक्षले दुनियाँलाई दुनियाँ बदल्ने अचम्मको अचुक वाण बन्नुपर्छ । जसको चर्चा भैसकेको छ । ग) यसमा निहित तामाङ विश्वास, जीवनपद्धति र उनीहरूका उत्कृष्ट अभ्यासहरू सहितको राम्रा परम्पराहरूले आत्मसाथ गरेको सह–अस्तित्व, समन्याय र सम–विकासमा विद्यमान आदिवासी समतावाद सबै–सधै–साथै हुने द्वन्द्वमुक्त शान्ति सिर्जना समृद्धि र स्वतन्त्र स्वाधिन संसार निर्माणको प्रेरक सन्देश बन्नुपर्छ ।

६.  पुनस्थापनाः

आवश्यकता–बोध

नित्य अनित्यता र अनित्य नित्यताको सृष्टि, ंअजस्र अनन्तता र सहस्रौं सतत्ताभित्र(नियमित आस्मिकता सहित पनि)को तामाङ मान्यता अनुसारको चोलान्तर(जन्मान्तर) अमरताको सत्य(ज्ञान) अनुसन्धान तामाङ ज्ञान चेतना शिक्षा अभ्यास र परम्पराहरूमा पनि भएका छन् । ती सबै हामीमै विद्यमान छन् । जसको उजागरण, जगारण र  पुनःजागारण हुन जरूरी छ । जसमा म्हेनिङ पनि एक हो । म्हेनिङको पुनःस्थापना यतिखेरको पहिलो दायित्व हो । यसबारे हाम्रो सन्ततिलाई भन्नै पर्छ । त्यो भनेको म्हेनिङ हाम्रो हो । दशैँ हाम्रो होइन । म्हेनिङ भनेको दशैँ होइन । दशैँ भनेको हाम्रै आदिवासी पूर्खालाई कत्लेआम गरिएको खुनी इतिहासलाई धार्मिक आदर्शीकरणको लेपनले हिन्दू सत्तामार्फत् राजकीयकरण गरेर मिहिन सामाजिक सु–संस्कृतिकृतकरणका साथ हामीमाथि नै थोपरिएको हिन्दू जातीय धब्बा हो । यसलै गैरहिन्दू संस्कृतिहरू सबै समाप्त पार्ने हिन्दुकरणलाई तीब्र तेज गहिरो गम्भीर सुक्ष्म र व्यापक पार्ने काम भएको छ । यस्तोमा फगत बहिष्कारको नाराले मात्रै हामीमाथिको सांस्वृmतिक हैकम, अतिक्रमण र औपनिवेशिकरणको समस्या समाधान गर्न सक्तैन । यसका लागि हामीले हाम्रो आफ्नो म्हेनिङ जस्तो पर्व तथा संस्कृतिहरूलाई प्रतिस्थापन गर्नुपर्छ । जो हाम्रो आफ्नै बोन र बौद्ध लगायत विभिन्न धार्मिक सांस्कृति संस्था सम्प्रदायहरूका सामानजस्यतामा बंशीय परम्पराकासाथ अजमाई आएको संस्कृति हो । जसले आदिवासी लगायत समग्र नेपाली र नेपालकै सांस्कृतिक भूगोलकै सांस्वृmतिक प्रतिनिधित्व गर्न सक्तछ । राष्ट्र राष्ट्रियता र राष्ट्रिय संस्कृतिको प्रत्याभूति गराउन सक्तछ । सबैभन्दा गाँठी कुरा त, यसले हाम्रो आदिकालदेखि तामाङ जातीय अस्तित्व, पहिचान, स्वत्व र आत्मसम्मानको अधिरचना कायम राख्दै तामाङ राष्ट्र र राष्ट्रियताको भावना पनि जगाउँछ । फलतः तामाङ सांस्कृतिक सम्प्रभुताको पुनःसंयोजन हुन गई प्रस्तावित ताम्सालीङ चलाउन तथा मुलुक हाँक्ने तामाङ आत्मगत शक्ति पनि तयार हुनेछ ।

अभियान–अभिमुखिकरण

जसका लागि सानो नगण्य भएपनि पहलकदमीहरू भएका छन् । विभिन्न व्यक्ति समुह सङ्घसंस्थ अभियानहरू देखिएका छन् । यो क्रम २०४७ पछि धेरै तिब्र हुन थालेको छ । जसमा नेपाल तामाङ घेदुङ लगायतको सामाजिक सांस्वृmतिक सङ्घसंस्थाहरूका थोरै भएपनि सरहना गर्नुपर्छ । २०६२÷६३ पछि त झन राजनीतिक वैचारिक रूपमै चिन्तन मनन हुन थालेको छ । २०७० पछि त संस्थागत रूपमै विषय केन्द्रित विचार दृष्टिकोण र अभियान समुहहरू देखा पर्न थालेका छन् । जसमा लोकोत्तर लोकवादी विचार समुह पनि एक हो । जसले २०७० मा पहिला चोटी सांस्वृmतिक सम्प्रभुताको विषयलाई उठान गर्दै सांस्वृmतिक पुनःस्थापनाको अभियान थाल्यो । २०७१ मा आएर ‘म्हेनिङला सोईनम’ आभियान नै चलायो । जुन अभियान पोखरा, सिन्धुली, सर्लाही, सिन्धुपाल्चोक, काभ्रे र काठमाडौंका विभिन्न ठाउँहरूमा सञ्चालन गरियो । कार्यक्रमको विषयवस्तुले सहभागीहरूलाई पक्ड्यो । सहभागीहरूबाट अभियान काठमाडौंमै लुकाई राखेकोे आरोप सहित क्षोभ व्यक्त भयो । कार्यक्रमको माग उग्र थियो । अभियन्तहरू अवाक बने ।

७.  टुङ्ग्याउनीः

फेरि पनि हाम्रो ‘म्हेनिङ’ घरदैलोमा टुप्लुक्क आइपुगेको छ । तैयारी राम्रो छैन । परिस्थिति उल्टो छ । पोहोरको चर्को मागमा गरिएको अति उत्साहित प्रतिबद्धताहरूले खिस्याइरहेवैm छ । निरुपा,  निःशब्द र निश्चल छौं । यो वर्षको अभियानमा के गर्ने भन्ने सम्बन्धमा चासो, सरोकार र दरकार राख्नु हुनेहरूबाटै रचनात्मक सल्लाह सुझावहरू आएमा अभैm राम्रो हुनेछ । जुटुन् साथ सहयोग समर्थन र पृष्टपोषणहरू ! यही  पर्खाइमा रहेको कुरा अवगत गराउँदै यस लेखको बिसाउनी यही यसैलाई बनाउन चाहन्छु र यस शीर्षकको बाँकी विषयहरू सोईनम र म्हेनिङला सोईनमको चर्चा चाहिँ अर्को पटकको लेखनीमा गर्ने भाका हाल्दै चलिरहेको कलम बिसाउँदै बिदा चाहन्छु । लस्सो, थुजेछे !  लोकदर्शन !

SHARE