-सुर्य मोक्तान

“राङलान गोङमा न्हेसी भ्रामा
स्हुसेर खाबा तिल्दा ?
भ्रासी टिबा ङाला ग्यामरी
पुजु ह्रोईबा तिल्दा ?”

०७५ भदौ २९/ मानिसले जिवनमा सबै भन्दा बेसी गर्ने भनेकै बोल्ने काम गर्छ । त्यसपछि लेख्छ, अनि मात्र केहि गर्छ । हो, यो गीतमा पनि हामीले दैनिक जीवनमा बोलिने बोलीचालीकै शब्दहरूलाई समायोजन गरेका छाैं । खास शब्दहरु कम नै छन् ।

एक दिनको कुरा हो, विश्व दोङज्यूले गाउनु भएको अनि मेरै शब्द रहेको “….बदनाम ताजी, चु जिन्दगी” बोलको गजल–गीत सुनेपछि जनवादी गायक तथा संगीतकार चन्द्र वाईबा ज्यू प्रभावित हुनु भएको कुरा मलाई सुनाउँदै हुनुहुन्थ्यो । जुन गजल-गीतबाट मैले उत्कृष्ट रचनाकारको अवार्ड पनि पाएँ । कुरै-कुरामा उहाँले: मलाई पनि तिम्रो एउटा शब्द दिनुन म संगीत भर्छु भन्नु भयो । मैले भने तपाँई त जनवादी फिल्डको व्यक्ति म हल्का माया प्रेमको शब्द लेख्ने मान्छे । फेरी तपाँईलाई बुढेसकालमा यस्तो गीतमा संगीत भर्न पनि सुहाउदैन नि ! भनेर ठट्टा गर्दै-गर्दा आलापमा गुनगुनाउदै यस्तो टयुनिङ सोचेको छु भनेर मलाई टयुनिङ पनि सुनाउनु भयो । उहाँको त्यो टयुनिङले मेरो मन छोयो र मैले उहाँलाई कोशिस गर्छु भने ।

र सोहि टयुनिङ भित्र रहेर शब्द लेख्न सुरु गरेँ । शब्द कम्प्लीट भयो । त्यसपछि हामी दुबैजना कसलाई गाउन दिने त ? भन्ने बारेमा छलफल गर्न थाल्यौं । त्यसैबीचमा बिशाल काल्तान ज्यूले मलाई एउटा राम्रो गजल गाउनु मन छ भनेर रेडियो नेपालमा मसँग रेडियो अन्तर्वार्ता गर्ने बेला भनेको कुरा सुनाएँ । उहाँले पनि हुन्छ भन्नु नि त भन्नु भयो ।

त्यसपछि स्टुडियो र एरेञ्जको जिम्मा बिशाल काल्तान ज्यूलाई दियौं । गीत रेकर्ड गर्ने खर्च अश्मिता बम्जन अरू र सोनाम दोङ मामाले ब्यहोर्ने पक्का भैसकेको थियो । गीत रेकर्ड भएको पनि लामो समय बितिसकेको थियो । तर कम्प्लीट भएको थिएन । उद्यपि, त्यो रफ गीत नै केहि सञ्चार माध्यमबाट बजे पछि धेरैले राम्रो छ भन्ने तारिफहरु सुन्दै थियौं । तर गीत रफ मात्रै हो भन्ने श्रोताहरुलाई थाहै थिएन । फेरी अर्काे पटक रेडियो नेपालमै अन्तर्वार्ता सकिसकेपछि चलचित्र निर्देशक, नायक तथा डम्फु मिडिया प्रा.लि.का प्रोप्राईटर अमिर दोङ ज्यूले मलाई नयाँ फिल्मको केहि गीतहरु लेखी दिनुस न ! भनेर भन्दै हुनुहुन्थ्यो । त्यसै क्रममा मैले त्यो रफ गीत अमिर दोङ ज्यूलाई सुनाएको थिए । उहाँले म यो गीत कुनै फिल्ममा राख्छु भन्नु भएको थियो । मैले त्यसरी फिल्ममा राख्ने भए राम्रोसँग भिडियो बनाउनुहोस है भनेको थिएँ । त्यो कुराकानी भएको पनि लामो समय भैसकेको थियो ।

एक दिन अनलाईनमा एउटा म्यासेज आयो । म्यासेज मिलन थिङ पाराङ आलेको रहेछ । म्यासेजमा “दाई, आज मैले तपाँईको गीत सुनेको थिएँ, मलाई राम्रो लाग्यो । मलाई अमिर दोङ दाईले सुनाउनु भएको थियो ।”  त्यसपछि हाम्रो म्यासेञ्जरमै कुराकानी हुँदै गर्दा मिलन आलेले भन्नु भयो ; दाई यो गीतको भिडियो म बनाउछु हुन्छ ? मैले हुन्छ किन नहुनु ? बरु गीतको भावलाई बुझेर गर्नुस हुन्छ भने ।

त्यसको केहि दिन पश्चात मिलन भाईको फोन आयो: दाई हामी त गीत सुटिङको लागि सिन्धुली जाँदै छौँ । मैले भने हुन्छ नि, बरु राम्रो खिचेर ल्यानुस है भने । केहिदिन अघि देखि अमिर दोङ र मिलन आलेको सामाजिक सञ्जालका पोष्टहरु देख्दै थिएँ । अबको केहि दिनमा नै भिडियो रिलिज हुदै छ भन्ने । नभन्दै भिडियो अहिले डम्फु मिडिया प्रा.लि.को यु-ट्युब च्यानलबाट सार्वजनिक भएको छ । धेरैले मन पराई रहनु भएको छ । भिडियो आए पछि लाग्दै छ: यो गीतले जिवन्तता पाएको छ । काम गर्दै जादाँ सार्वजनिक हुन ढिला भए पनि समग्रमा सबैको मेहनतले यो गीत राम्रो बनेको छ । अब भने दर्शक, श्रोताहरुको रेस्पोन्स अर्थात ताली र गाली सहितको सल्लाह अनि सुझावको अपेक्षा गरेको छु।

साथै मेरो रेखाङ्कित शब्दलाई सुन्दर संगीत भर्नु हुने चन्द्र वाईबाज्यू र अत्यन्त स्वादिष्ट आवाजमा गाउनु हुने बिशाल काल्तानज्यू, निर्देशक अमिर दोङज्यू, कलाकारहरु मिलन थिङ पाराङ, निरञ्जली लामा र सृजना लामा तथा सम्पूर्ण इन्टाएर टिम प्रति हार्दिक आभार प्रकट गर्दछु ।
थुजेछे, धन्यवाद !

Comments

comments

SHARE