तामाङ समाज बहुलनायकीय प्रणालीमा आधारित रहेको छ । समाजमा कम्तिमा चार वटा परम्परागत संस्थाहरु रहेका छन् । तिनमा बोम्बो, तम्बा, लामा (लम) र चोहो पर्दछन् । यो लेख भने चोहोसँग सम्बन्धित रहेको छ । ‘चोहो’ तामाङ शब्द हो । यसैलाई स्थान विशेष ‘चोबो’ र ‘चोक’ पनि भन्दछन् । यसको शाब्दिक अर्थ लगाएका पाइएको छैन । यद्यपि, उच्च वा माथिल्लो तहको भन्ने सङ्वmेत गर्दछ ।

समाज विकासको क्रममा ‘चोहो’ देखापरेको हो । यो समयान्तारसँगै संस्थागत भएको हो । जतिखेर यसले संस्थागत स्वरुप लियो; त्यतिबेलासम्ममा यो निकै व्यवस्थित भइसकेको थियो । चोहोको नियुक्ति भने गाउँलेले गर्दथे । गाउँलेका तर्पmबाट सर्वसम्मतिमा नियुक्त हुन्थ्यो । त्यतिखेर राजनीतिशास्त्र भन्ने नै थिएन । त्यसैले निर्वाचनको अवधारणा देखिएको छैन । लिगलिगकोटमा एक वर्षका लागि राजा छान्ने परम्पराले यो तथ्यलाई थप बल दिएको छ । गाउँले व्यवस्था कसैले उल्लङ्घन गरे नगरेका भन्ने कुराको अनुगमन गर्ने व्यक्ति नै चोहो हुन्थ्यो ।

चोहो निश्चित समय सीमा तोकेर नियुक्त हुन्थे । विशेषतः दुगु ङ्ह्यको अवसरमा यो प्रक्रिया चलाउँथे । कुनै चोहोले गल्ती गरेमा फिर्ता बोलाउन सक्थे । ठूलै गल्ती गरेमा गाउँलेका तर्फबाट क्षमा पूजा गर्दथे । चोहो समान पद नेपालका अन्य आदिवासी जनजातिहरुमा पनि पाइएका छन् । विश्वका आदिवासीहरुमा पनि यसको सगोत्रीय भन्न मिल्ने व्यवस्था पाइएका छन् ।

चोहोले न्यायप्रशासनको अतिरिक्त सांस्कृतिक, संस्कारगत, खेतीबाली, तथा खोरिया प्रणालीसमेत हेथ्र्थो । सांस्कृतिक रुपमा अनेक चाडपर्वहरु हुन्थे । ती चाडपर्वका नियम बनाउनेदेखि सम्पूर्ण व्यवस्था चोहोले नै मिलाउनु पर्दथ्यो । गाउँमा आयोजित जन्मदेखि मृत्युसम्मका संस्कारगत पक्षमा पनि चोहोको उपस्थिति हुन्थ्यो । त्यसक्रममा चोहोलाई निम्तो दिएका हुन्थे । खेतीबाली लगाउने, चरीचरन क्षेत्र तोक्ने, बन्द गर्ने र खोल्ने समेत चोहोले गर्दथे ।

कति स्थानमा चाहिँ खेतीबाली हेर्ने, खेतमा पानी लगाउने जस्ता कार्यका लागि निश्चित सङ्ख्यामा व्यक्ति नियुक्त गरेका देखिन्छन् । खोरिया फाँड्ने कार्यका लागि चोहोले गुहार बोलाउँथे । त्यस कार्यमा सहयोग गर्न गराउन ‘कठोल्बा÷कटौके’ नियुक्त गरेका हुन्थे । विशेषतः ‘गौराइ’ पनि हुन्थ्यो । अचेल ‘गौराइ’लाई नै ‘सचिव’ पनि भन्ने गरेका पाइन्छन् ।

तामाङ समाज पनि चोहोद्वारा सञ्चालित थिए । प्रत्येक गाउँमा कम्तिमा एकजना चोहो हुन्थे । सामाजिक, सांस्कृतिक लगायतका सम्पूर्ण व्यवस्था तथा विधि विधानका रेखदेख चोहोले गर्दै आएका थिए । समाज सही ढङ्गले सञ्चालित थियो । यस्तैमा चोहोलाई तामाङले एक परम्पराकै रुपमा स्थापित गरायो । पछिल्लो समयमा शाहवंशको उदय सँगै चोहोमाथि अनेक प्रहारहरु भए । राणाकालमा आइपुगेपछि ठालु, बुढा, अमाली र कारिन्दा बनाए । तिनैद्वारामुखियाको अवधारणा बनाए । तिनीहरुलाई राज्यले आफ्नाे तामाङ चोहो विस्थापित हुन थाले । बिस्तारै चोहोलाई राज्यले नै मुखियामा परिणत गरे । त्यसपछि चोहोहरुलाई ‘मुखिया, जिम्मावाल तथा मुइया र मुक्स्या’हरुमा परिणत भए ।

आज पर्यन्त तामाङ गाउँमा विवाद समाधान स्थानीयद्वारा नै गर्दछन् । त्यो चोहोको अवशेष हो । सांस्कृतिक तथा संस्कारगत हकमा पनि चोहोको अभ्यास प्रचलित छ । कति स्थानमा खेतीबाली लगाउने क्रममा व्यवस्था मिलाउने काम चोहोले गर्दै आएका बताउँछन् । रसुवाको गाउँमा ‘ह्युल छोक्पा’ प्रत्येक तीन तीन महिनामा हुँदै आएका छन् । मुस्ताङका थकालीसँग ‘घम्बा’ अर्थात् तेह्र मुखिया प्रणाली कायम रहेका देखिन्छन् । तामाङ गाउँतिर पुग्दा चोहो भएकाहरु भेट्टाइन्छन् ।

न्याससम्पादनको क्रममा झगडियाका वरा सुन्थे । आवश्यक परेमा प्रमाण हेर्थे । त्यसक्रममा गाउँका बोम्बो, तम्बा, लामा, गन्बा, मुइमू तथा ह्युल्बाहरु जम्मा हुन्थे । तिनीहरु तामाङ मूल्य, मान्यता, दृष्टिकोणलाई आधार मान्दथे । सोही अनुसार न्यायसम्पादन गर्दथे । कसैले सामाजिक, सांस्कृतिक मूल्य, मान्यता तथा नियमको उल्लङ्घन गरेमा अनेक विपत्ति आइपर्छ भन्दथे । गल्ती गर्नेलाई सगुन राखेर क्षमा माग्न लगाउँथे । क्षति हेरेर दण्ड, जरिवाना समेत गराउन सक्थे ।
चरीचरन क्षेत्रको नियम तोडेमा, गाउँघरमा झगडा गरेमा, कुनै बिजाईँ गरेमा स्थानीयले नो नियम अनुसार आवश्यक निर्णय गर्दथे । निर्णय दिने क्रममा बोम्बो, तम्बा, लामाआ साथै स्थानीयले राखेका मान्यतालाई आधार मानेका हुन्थे । हरेक विवादहरु एकै बसाईमा समाधान गर्दथे । जस्तै ठूला विवाद पनि छिटै समाधान हुन्थे । सरल, छिटो र छरितो नै भाषामा सुनुवाई तथा जिरह हुन्थे । सम्बन्धित पक्षका कुरा सुनेपछि गाउँलेले निर्णय गर्दथे । चोहोको काम चाहिँ गाउँले निर्णय सुनाउने हुन्थ्यो ।

हरेक निर्णयपछि सगुन गराउँथे । गल्ती गर्नेले क्षमा माग्थे । सानो नाताको मान्छेले गल्ती गरेको अवस्थामा ढोगेरै माफी माग्दथे । त्यसपछि दैनिक जीवन सदाझै सरल र सहज रुपमा चल्थे । तामाङका गाउँहरुमा उल्लेख गरिएअनुसारको न्यायप्रणाली कायम थिए । यसको मुख्य व्यक्ति वा पद्वी चाहिँ ‘चोहो’ थियो । यसैलाई तामाङले परम्पराको रुपमा विकास साथै अभ्यास पनि गरेका थिए ।

नोटः यसको पुनःस्थापना आजको आवश्यकता हो । यसका लागि व्यापक बहस तथा अध्ययन अनुसन्धान आवश्यक छ । यही तथ्यलाई मनन् गर्दै एस.सि.आर.सि.ले ‘तामाङ राष्ट्र तामाङ न्यायप्रणाली’ नामक अभियान समेत सञ्चालन गरेको छ । यस सम्बन्धमा आफूसँग भएका सूचना तथा दस्तावेजहरु उपलब्ध गराएर समाज निर्माणको क्रममा अतुलनीय सहयोग गर्ने अवसर बनेको छ ।

Comments

comments

SHARE