काठमाडाैं भदाै /गायक यमन माझीद्धारा निर्देशित ‘सानु तिमी’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । लामाे समयदेखि गायन क्षेत्रमा लागिरहेका माझी नेपाली चलचित्र एक्स्ट्रा मायामा नायकको भूमिकामा समेत अभिनय गरिसकेका छन ।

माझी गायन क्षेत्रबाट म्युजिक भिडियोमा निर्देशन तर्फ लागेका हुन् । उनकाे गायन क्षेत्रसंगै पर्यटन क्षाेत्रमा पनि दखल हुनुहुन्छ । भिडियाेलार्इ उनले अाफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हाे ।

कृष्ण बस्नेतको शब्द संगीत तथा स्वरमा सजिएको उक्त गीतमा नायक अर्जुन खडकाको प्रमिला माझीले अभिनय गरेका छन । यमनको निर्देशन छायाँकनमा उक्त गीतको भिडियो तयार पारिएको हो ।

Comments

comments

SHARE