भदाै, पाेखरा/ धाैलागिरी गाउँपालिका २ लम्सुङ, म्याग्दीका नजिन वि.क.को संसार नजिकबाट नियाल्ने धोको थियो । तर, उनको सपना बिचैमा तुहियो । कारणः गत साउनमा नेपाल क्यान्सर अस्पताल ललितपुरले उनको दाँया आँखामा क्यान्सर भएको जानकारी दियाे । सानै उमेरमा उनकाे अाँखा क्यान्सर भएकाे सुनाएपछि उनकाे परिवारमा चिन्ता बढेकाे छ ।

उनकाे परिवारमा आर्थिक अबस्था कमजोर भएको कारण उपचार गर्न धेरै गाह्रो परि रहेको छ । त्यसैले उनकाे अाँखाकाे उपचार गर्नका लागि ‘नजिन वि.क. बचाउ’ अभियान सुरु गरिएको छ । बुधबार पाेखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ । पाेखरामा पत्रकार सम्मेलनको आयोजना गरेर अभियान शुरू गरेकाे जानकारी दिएकाे छ ।

 उनकाे अाँखा उपचारकाे लागि करिव चार लाख खर्च भइसकाेकाे अभियानकी संयाेजक बबिता याेञ्जन तामाङले बताइन् । आँखाजस्तो संवेदनशिल अङ्गमा क्यान्सर भएकाे हुनाले देश विदेशमा रहेकाे सबै नेपालीहरूले सहयाेग गर्नुपर्ने तामाङले पत्रकार सम्मेलनमा अनुराेध समेत गरेका छन् ।

Comments

comments

SHARE