–नाम्सादिम संवाददाता/न्युयोर्क

भदाै २५/अमेरिकामा आदिवासी चलचित्र महोत्सवको तयारी भइरहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  आदिवासी जनजातिको भाषा, धर्म, संस्कार संस्कृति, भेषभूषालाई संरक्षण, सम्बद्र्धन गर्नका लागि बनेका चलचित्रहरुको बिकास र बजार प्रबद्र्धनको लागि सहयोग पु¥याउँने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
महोत्सव यहि सेप्टेम्बर १५ र १६ तारिख क्विन्स स्थित गुल्सन टेरेश हलमा हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले गत वर्ष २०१७देखि आदिवासी चलचित्र महोत्सव गर्दै आएको छ ।

नेपालमा दर्ता भएको ४६ वटा/छोटो चलचित्र एवम् वृत्तचित्र मध्ये २४ वटा छनौट गरेर अमेरिका पठाएको थियो । महोत्सवको लागि ९ वटा लामो चलचित्र, ३ वटा छोटो र २ वटा वृत्तचित्र अन्तिम प्रदर्शनको लागि छनौट गरेको छ ।

उक्त चलचित्रहरु छनौटका लागि शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लिला राई, रोज लामा र छिरिङ रिन्जिन गुरुङ सहित पाँच सदस्यीय निर्णयक समिति गठन गरेका थिए । त्यसैगरी छोटो चलचित्र र वृत्तचित्र छनौटका लाग संघिय परिषद, फिप्नाका सभामुख बिनोद पोमोको संयोजकत्वमा निमा पाख्रिन र मच्छेदेवी गुरुङ सम्मिलित तीन सदस्य निर्णयक समिति गठन गरेका थिए ।

उत्कृष्ट चलचित्रको लागि नेपाली रु.१,२५,००० ।–(एक लाख पच्चीस हजार रुपैयाँ) नगद पुरस्कार, उत्कृष्ट छोटो चलचित्रलाई नेपाली रु. ३१,०००।– (एकतिस हजार रुपैयाा) वृत्तचित्रका लगि ३१,०००।– (एकतिस हजार रुपैयाँ) नगद पुरस्कार दिने भएको छ । अमेरीकामा हुने चलचित्र महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले नाम्सादिमलाई जानकारी दिएको छ ।

Comments

comments

SHARE