-ङेमा थाङपाल

मेरो पुर्खाले खोरिया फाटेर
अबद बनाएको पाखोबारीमा
मैले गोरु जोतेकै हु सरकार
हलो र जुवा मेरो काधमा
सधै जसो खाली हुदैनथ्यो ।
म गर्बका साथ
लेकबेँसी खेतबारी
जोत्न पुगेको हुन्थे ।
झाले माले तारे राते फुर्के
खै के के नाउ गरेको
बहारलाई तह लगाए सरकार
तर आज गोरु जोत्न छाडिसके सरकार

हो मैले गोरु जोत्दा कोहि रिसाए सरकार
त्यहि गोरुको स्वास्नी
अर्थात् गाईलाई
आमा भनि पुज्दो रहेछन
उसको पिसाब पिएर
कथित सब्य हुदो रहेछन
गाईलाई आमा
गोरुलाई बाउ भन्छन क्यर
हिजो सम्म गोरु सम्झेर जोति रहे
आज कसैको बाउ भएर निस्किए
तेसैले मैले गोरु जोत्न छडेको हु सरकार

अहिले अधुनिक गोरु ल्याएको छ
उहि घाँस नखाने डिजेल खाने ट्यक्टर ।
मेरो रोजगार खोसे छ सरकर
हलो र जुवा मेरो पुर्खाको
ज्ञानबाट सृजना गरेको सिप हो
काठ दाउरा सम्झेर बाल्न सकिन
खरानी पर्न सकिन त्यसैले
गाउँदेखी शहर सम्म
बोकेर आएको छु सरकार

-तेमाल ५ गाेर्पा

Comments

comments

SHARE