-नाम्सादिम संवाददाता

काठमाडाैं, भदाै २३/  मायाको रङग तामाङ सेलो गीतको भिडियो शुक्रबार युट्युव च्यानलबाट सार्वजनिक गरेको छ । गीतको शब्द विश्वलाथ तामाङले लेखेको छ भने, संगीत स्वर विशाल काल्तन, बिना घले लोप्चनको रहेको छ ।

उक्त भिडियोमा अभिनय तामाङ चलचित्रका नायक सागर घिसिङ र अनुस्का दोङ तामाङले गरेका छन् । छायांकन सुर्य लामा र बिक्रम तामाङ, नृत्य निर्देशन अजय स्याङतानले गरेको छ । नायक घिसिङ र निर्देशक स्याङतान विगत लामो समयदेखि तामाङ चलचित्र र म्युजिक भिडियोमा समय विताई रहेका छन् ।

बुढासुब्बाले सार्वजनिक गरेको उक्त भिडियोको निर्माण भने सुनिल दोङ तामाङले गरेका थिए ।

Comments

comments

SHARE