–नाम्सादिम संवाददाता
भदाै २२, काठमाडाैं/ फिल्मशाला टिभीले शुक्रबारदेखि रामेछाप पोष्ट पनि सञ्चालन गर्ने भएको छ । रामेछाप पोष्ट साप्ताहिक रुपमा काठमाडौंबाट सोमबार प्रकाशन हुने फिल्मशालाका अध्यक्ष श्रीहरि श्रेष्ठले बताउँनु भयो ।

तिरपुरेश्वरमा रहेको आफ्नो कार्यालयमा शुक्रबार धर्मगुरु टासी छिरिङलामाले पूजापाठ गरेर उक्त कार्यको शुभारम्भ गरेको हो । राम्रो कार्यको शुरुवात गरेकोमा खुशी व्यक्त गर्दै धर्मगुरु छिरिङले प्रवन्ध निर्देशक किरण मोक्तान, अध्यक्ष श्रेष्ठ लगायत सम्पूर्ण फिल्मशाला परिवारलाई सफलताको कामना दिनुभएकाे थियो ।

शुभारम्भ कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका सेनानीद्धय धनीराम मोक्तान तामाङ, रुद्रप्रसाद ढुङगेल, नेकपाका केन्दीय सदस्य एवं फिलमशालाका सल्लाहकार देवशंकर पौडेल, कुमार थोकर, वातावरणविद कमल राई, वरिष्ठ संगीतकार बालान्द राई , सञ्चारकर्मी सचितानन्द राई, आनन्द श्रेष्ठ, नाम्सादिम रेडियोका स्टेशन म्यानेजर डी. बी गोले तामाङ, पुष्पा महरा, कुमार चौलागाई, शिव बस्नेत, टंक गौतम लगायतले कार्यक्रममा सहभागी जनाएका थिए ।

फिल्मशालाबाट सञ्चारको क्षेत्रमा सुसूचित गर्दे आएको र आगामि दिनहरुमा पनि सुसूचित गराउँदै विकास र समृद्ध नेपाल बनाउँन सञ्चार क्षेत्रबाट भुमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताउँनु भयो । सञ्चार क्षेत्रमा दुई दशक बिताईसकेका श्रेष्ठले सञ्चार क्षेत्रबाट मात्र जनतालाई सुसूचित गर्न सहज हुने भएकोले सञ्चार क्षेत्रबाट सुसूचित गर्ने तिर लागिपरेकाे बताउँनु भयाे ।

Comments

comments

SHARE