साम्माङ: अर्थशास्त्रीय दृष्टिले केही मुख्य-मुख्य पुँजीहरूको विकास भएपछि मात्र दीगो विकास हुन्छ । जस्तै: १. प्राकृतिक पुँजी: मुलुक, क्षेत्र र गाउँहरूमा प्राकृतिक पुँजी भए तिनै पुँजीको परिचालन गरेर विकास गर्न र निरन्तर कायम राख्न सजिलो हुन्छ । जस्तै: उर्वर भूमि, खोला-नाला र जलस्रोत, खानीखनीज, तेल (पेट्रोल, डिजेल), समुद्र, जंगल, प्राकृतिक सौन्दर्य आदि प्राकृतले नै दिएका पुँजी हुन् । जसलाई परिचाल गरेर आय आर्जन गरिन्छ ।

२. मानव संसाधन पुँजी: जुन समाज, क्षेत्र र देशमा शिक्षित तथा धेरै पढे-लेखेका वुध्दिमान मानिस, अनेक किसिमको तालिम प्राप्त प्राविधीक शीप (ईन्जिनियर, डक्टर, निर्माण कर्ता, बैँकर, व्यापारी, वकिल, आदि) भएका मानिसले भरिपूर्ण हुन्छ त्यो समाज र देशमा अनेक वैचारिक छलफल हुने र हरेक समस्याको समाधान निकाल्ने क्षमता रहन्छ । यही हो मानव संसाधन पुँजी ।

३. साँस्कृतिक पुँजी: जुन समाज, मुलुकमा साँस्कृतिक पुँजी प्रचुर मात्रामा हुन्छ त्यो समाज र मुलुक सन्सारका सबैको निम्ती आकर्षक हुन्छ । किनभने सँस्कृतिहरूमा ज्ञान-गुन (ब्रह्माण्डाका बारे, वातावरणका बारे, दर्शन शास्त्र, नैतिकता, पर्यावरण सन्तुलन बारे, सामाजिक संस्था तथा जनताको हक-अधिकारको निम्ती संघ-संस्था सन्चालन बारे, कृषि-बागवानी बारे, घर-मन्दिर-मठ निर्माण र सन्चालन बारे) निहित हुन्छन् । तेसैले जुन जुन मुलुकमा अनेकौँ साँस्कृतिक विविधता हुन्छ त्यहाँ हरेक समस्या समाधान गरेर समाज सन्चालन गर्ने आफ्नै रैथाने प्रणालि, उपाय, नीति, नियम तथा नैतिक उपायहरू हुन्छन् ।

४. सामाजिक पुँजी: जुन व्यक्ति, घर, समाज र मुलुकको आफ्ना साथी, मित्र, सहयोगी धेरै हुन्छन् त्यो व्यक्ति, घर, समाज, र मुलुक आफुसंग नभएका अनेक स्रोतहरु परिचालन गरेर हरेक किसिमको समस्या समाधान गर्न सक्छ । जस्तै: एउटा मानिसको साथी कोही प्रोफेसर, कोही डक्टर, कोही पत्रकार, कोही व्यापारी, कोही राजनीति कर्मी, कोही वकिल, कोही पत्रकार, कोही वैद्य, कोही पर्यटन व्यवसायी, कोही पसले, कोही दार्सनिक, कोही विज्ञहरू, कोही खेलाडी, कोही साहित्यकार, कोही वुध्द दर्शन वेत्ता, कोही हिन्दु धर्म वेत्ता छन् भने उसले कुनै पनि सवाल (Issue) बारे आफ्नै साथी सर्कलमा सोधेर समाधान गर्छ । तेस्तै मुलुकको हकमा जसको धेरै र थरिथरिको विशेषता भएका छिमेकी तथा विदेशी मुलुकहरूसँग मित्रता कायम गरेको छ भने उनीहरूको विज्ञता (Expertise) सहयोगका रुपमा लिएर मुलुकको उन्नती-समृध्दिको निम्ती परिचालन गर्न सजिलो हुन्छ ।

५. वित्तिय पुँजी: जन वसमाज र मुलुकको अर्थतन्त्र बलियो हुन्छ, व्यापार व्यवसाय, बैँक, आदिको सन्चालनले पुँजीको सन्चिती उच्च हुन्छ उसले हरेक विकास परियोजनाहरूमा लगानी गर्छ र परिणाम स्वरुप अझ बढी आम्दामी गर्छ र मुलुकको ढुकुटी बलियो बनाउँने चक्र सजिव राख्छ ।

यी पुँजीहरू मध्ये मानव संधन पुँजी जसको बलियो हुन्छ उसैले विकास-समृध्रि हासिल गर्छ भनिन्छ । यसको उदाहरण सिंगापुर र जापानलाई लिईन्छ । यी २ मुलुकमा प्राकृतिक पुँजी तेति धेरै छैनन् तर मानव संसाधन तालिम प्राप्त र अध्ययनशील तथा विद्वानहरू प्रसस्त भएकाले आफ्नो मुलुकभन्दा बाहिरबाट कच्चा पदार्थ ल्याएर भएपनि विकास गरे ।

Comments

comments

SHARE