–डी.बि गोले तामाङ
भदौ/शुक्रबार काठमाडौंमा २३ औं तामाङ चलचित्र प्रदर्शन दिवस सम्मान तथा संस्कृतिक कार्यक्रम सहित मनाएका छन् । तामाङ भाषामा पहिलो पटक बनेको चलचित्र “सेमरी छोरङान” प्रदर्शन भएको दिनलाई तामाङ समुदायले तामाङ चलचित्र दिवसको रुपमा मनाउँदै आएका छन् ।

तामाङ चलचित्र “सेमरी छोरङान” २०५२ सालमा जयनन्द लामा तामाङले निर्माण र निर्देशन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष अमृत बहादुर सुनुवार, नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङ तामाङ, तामाङ कल्यान गुठीका अध्यक्ष खड्गजित तामाङ, निर्देशक तथा कलाकार जयनन्द लामा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा बाबु घिसिङले अहिलेसम्म बनेकाे चलचित्रहरुकाे गुणस्तरीय चलचित्र कति बन्यो भन्ने कुरामा ध्यानदिनु पर्नेमा जोड् दिनुनुभयो । त्यस्तै जयनन्द लामाले तामाङहरु संगीतको भण्डार भएकाे बताउँदै, चलचित्र र गीतसंगीत क्षेत्रमा तामाङ समुदायकाे धेरै लगानी परेकोले यसमा राज्यको तर्फबाट चलचित्र प्रदर्शनको क्रममा राज्यले हल व्यबस्थापन गरीदिनुपर्ने बताउँनु भयो ।

प्रदर्शन दिवसको अवसरमा तामाङ चलचित्र क्षेत्रमा चलचित्र निर्देशन र अभिनयबाट पु¥याएको योग्दानको कदर गर्दै निर्देशक तथा नायक अमिर दोङ तामाङ, नायक कुमार मोक्तान, खलनायक विकु थोकर, नायिका सुकुमाया मोक्तान, गायक तथा संगीतकार विशाल काल्तन निमात्री मंगलीमाया स्याङतान, नृत्य निर्देशक बुद्ध लामा तामाङ, भिडियो सम्पादक दिपक लामा, छायांकन तर्फ अभिषेक माझि र जयन कुमार मोक्तानलाई सम्मान गरेका थिए ।

चलचित्र संघका अध्यक्ष जेनिश दोङ तामाङले अहिलेसम्म तामाङ समुदायको चलचित्र १४० वटा प्रदर्शन गरिसकेको जानकारी दिनुभएको थियो । कार्यक्र संचालन नायिका सुनिता लुङबाले गरेकी थिइन् ।

Comments

comments

SHARE