-डी.बि.गोले तामाङ
नेवाःताम्सालिङ समन्वय समिती सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ल अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । पूर्व सांसद दावा तामाङ, नेपाल तामाङ घेदुङको पूर्व अध्यक्ष कुमार तामाङ, जिल्ला समन्वय समिती प्रमुख कृष्ण गोपाल तामाङ, नेवा ताम्सालिङ समन्वय समिती जिल्ला संयोजक द्धय रेशम स्याङबो र रामशरण श्रेष्ठ लगायतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा तीन नम्बर प्रदेशको नाम नेवाः ताम्सालिङ हुनुपर्ने, नेवा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा र मात्रीभाषा शिक्षालाई विद्यालय, विश्वविद्यालयहरुमा अनिवार्य विषय बनाउँनुर्पे, विषेश, संरक्षित वा स्वायत्त क्षेत्रको ब्यबस्था गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरेका ज्ञापन पत्र रेशम स्याङबोले बाचन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यामन्त्रीलाई बुझाएको हो ।

संविधानको धारा २९५(२) ले प्रदेशको नामकरण प्रदेश सभाले राख्न सक्ने भएकोले संविधानले दिएको अधिकार प्रयोग गर्दै तीन नम्बर प्रदेशमा बहुसंख्याक रुपमा बसोबास गर्दै आएको तामाङ र नेवार समुदाय भएकोले बहुपहिचानको आधारमा नेवाः ताम्सालिङ हुनुपर्ने ज्ञापन पत्रमा जोड दिएको छ ।

ज्ञापन पत्र लिँदै प्रमुख कृष्ण प्रसाद अधिकारीले ज्ञापन पत्र आजै मुख्यमन्त्री समक्ष पु¥याउने प्रतिबद्धता जनाएका थिए । ज्ञापन पत्र नेवाः ताम्सालिङ समन्वय समितीले संयूक्त रुपमा बुझाएको हो । बुधबार सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुलि, ललितपुर, भक्तपुर लगायत १३ वटा जिल्लामा तीन नम्बर प्रदेशको नाम नेवाः ताम्सालिङ हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझएको थियो ।

Comments

comments

SHARE