२३, साउन काठमाडाैं- निशान खड्काकाे अपहरणपछि हत्या गरिएपछि प्रहरीले इन्काउन्टरकाे नाममा अपहरणकारीकाे पनि हत्या गरेकाे विषयप्रति संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले अाफ्नाे फेसबुक वालमा अाक्राेश पाेखेका छन् । उनले अपहरणकारी तामाङहरू भएकैले उनीहरूकाे प्रहरीले इन्काउन्टरकाे नाममा हत्या गरेकाे अाराेप लगाएका छन् ।

उनले अपहरणकारी तामाङलार्इ नियन्त्रणमा लिएर अदालत लानुपर्नेमा प्रहरीले संविधानले समेत स्वीकार नगरेकाे मृत्युदण्डलार्इ झल्काे दिने गरी उनीहरूकाे हत्या गरेकाे भन्दै अाक्राेश व्यक्तपुखेका हुन् ।

कुमार लिङदेनले अाफ्नाे फेसबुकमा राखेकाे भनाइ ः

नेपाल प्रहरीद्वारा दुईजना तामाङ युवाहरुको हत्या गरिएको घटनाले स्तब्ध र आक्रोशित भएको छु । अपराधीको कुनै जात हुँदैन । अपराधीलार्इ कसैले संरक्षण गर्नु हुँदैन । यो कुरा हामी सबैले बुझेका छौं । यसबारेमा हामीलार्इ कसैले अर्ति दिएर सिकाइरहनुपर्दैन ।

तर ती दुई तामाङ युवाहरु अपराधी नै हुन भन्ने प्रमाण सरकारसँग के छ त ?
हामीलार्इ २४ घन्टाभित्र प्रमाण चाहियो ।
यदि अपराधी नै हुन् भने अदालत लानुपर्छ कि पर्दैन ?
के प्रहरी नै अदालत हो ?

हाम्रो संविधानले मृत्युदण्ड खारेज गरिसकेको अवस्थामा सडक-सडकमा मृत्युदण्ड दिँदै हिड्ने नेपाल प्रहरीको यो हर्कत के हो ?

ओली , प्रचण्ड, रामबहादुरले बोल्नुपर्छ यस बारेमा ।

यी तीन जनाले मात्र हाेइन सरकारमा सामेल सबै पार्टीले यो हत्याको जिम्मा लिनुपर्छ।

प्रमाणित हत्यारा गोरे चुडामणिलाई रातारात इन्डियाबाट ल्याएर आत्मसमर्पण गराउने,
अनि अपराध प्रमाणित भैनसकेको तामाङको हत्या गर्ने !

यो जातीय बिभेद किन ?
जातीय विभेद र दमनले सिमा काटेको अवस्था हो यो ?

हे तामाङ युवाहरु हो,
हे आदिबासी युवाहरु,
किन हाम्रो शरीरको रगत तात्दैन ?

म नेपालभरका आदिबासी, उत्पीडित युवाहरुलाई खुल्लम् खुल्ला आव्हान गर्छु-
आफ्नै माटोमा यो अन्याय सहेर नबसौ,
सहनुको सबै सिमाहरु नाघिसक्यो,

गाउँमा गाउँमा संगठित हाेअाैं,
यो आउने हिउदसम्म यति विशाल बिद्रोहको तयारी गरौ कि नेपालको इतिहासमा त्यस्तो बिद्रोह कसैले नदेखेको होस् ।

संसारले देख्ने गरि दिनको १२ बजे यो एकात्मक राज्य सत्ताको बिरुद्ध ओपेन भिडन्त गरौं ।

मैले भनेको छु,
अरु नेतृत्व गर्ने छन् भने ठिकै छ,
तर अरुले आट गरेनन् भने यो बिद्रोहको नेतृत्व गर्नु म सदा तयार छु ।

हे युवाहरु हो, संगठित हौ, बिद्रोहको तयारी गरौं ।

हे ओली, दाहालहरु,
गृहयुद्ध त तिमीहरुले हामीमाथि लादेकै छौं,
हामीले गृहयुद्धको उत्तर मात्र नदिएको हो,
तर पख,
सधैं समय तिमीहरुको पक्षमा मात्र हुँदैन ।

Comments

comments

SHARE