-नाम्सादिम संवाददाता
२२, साउन / दोलखा जिल्ला निवासी बिगु गाउँपालिका ७ नम्बरका वडा अध्यक्ष समेत रहेका निमा शेर्पालाई नेपाल तामाङ घेदुङ, कुर्दिस्तानले संकलन गरेर पठाएकाे रकम हस्तान्तण गरेका छन् । शेर्पालाई मंगलबार नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव बाबु घिसिङले अस्पतालमा नै पुगेर रु ४६,११७ रुपैयाँ रकम हस्तान्तरण गरेका थिए । शेर्पाकाे दुवै मृगौला फेल भएर हाल टिचिङ अस्पतालमा उपचार गरिरहेका छन् ।

दुबै मृगौला फेलभएका शेर्पाको आर्थिक अबस्था कम्जोर भएर उपचार गर्न गाह्रो भएको हुनाले रकम संकलन गरेर पठाएको घेदुङ कुर्दिस्तानका अध्यक्ष च्याङबा लामा दोङले जानकारी दिएका छन् । दोङले थपे,‘हामीले बिरामीलाई उपचार गर्न सहज होस भनेर हाम्रो संस्थाको सदस्यहरु र अन्य नेपालीहरुसंग रकम संकलन गरेर पठाएको हो ।’

सहयोग रकम लिँदै वडा अध्यक्ष शेर्पाले इराक घेदुङ र सहयोगीहरुलाई धन्यवाद दिएका थिए । साथै वडा अध्यक्ष भएर आफूले विभिन्न काम गर्ने योजना बनाएको भएतापनि आफै थलिएको हुनाले जनताको लागि काम गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

इराक घेदुङले स्थापना भएको १ वर्षमा नै नेपालमा विविध विषयमा सहयोग गर्दै आईरहेको अध्यक्ष दोङले बताए । साथै अहिले काभ्रे जिल्ला डाँडा गाउँका विरामी कर्ण बहादुर तामाङको लागि रकम संकलन गर्दै गरेको जानकारी दिएका छन् । उक्त रकम छिट्टै नेपाल पठाउँने समेत अध्यक्ष च्याङबा लामा दोङले जनाएको छ ।

Comments

comments

SHARE