काठमाडौ / नाम्सादिम । प्रहरी प्रधान कार्यालय, नक्सालको कल्याणकारी पेट्रोलपम्पमा काम गर्ने कर्मचारी एउटा गाडी देख्नासाथ दायाँ वायाँ लाग्छन् । त्यो गाडी आयो कि फुल ट्यांकी तेल हालिदिनु पर्छ तर पैसा पाइन्न ।

यसरी प्रहरीको पम्पमा कहाँ पेट्रोल हाल्न गाडी पठाउने भिआइपी अरू कोही नभई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुन् । जसले हालिदियो तेल भरिदियो उसैको तलवबाट काटिन्छ या हिसाब मिलान गर्नुपर्ने भएकोले उनको गाडी देख्ने बित्तिकै प्रहरी जवानहरू दायाँ वायाँ लाग्ने गर्दछन् ।

विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७० को परिच्छेद ४ को विधान अन्तर्गत १३ नं. मा सुरक्षाकर्मी भिआइपीको लागि खटाउँदा लाग्ने तोकिए बमोजिमको खर्च र त्यस्तो सुरक्षाकर्मीको बसोबासको व्यवस्था सुरक्षा माग गर्ने व्यक्तिले नै व्यहोर्नु पर्ने व्यवस्था छ ।

तर, उनकै नेता सुशील कोइराला प्रधानमन्त्री छँदा सांसदको हैसियतले उनले समेत उपस्थितिमा तत्कालिन व्यवस्थापिका संसदबाट पारित यही ऐनको खिलाफमा देउवा देउवा लागिरहेका छन् ।

गरीव जनताका छोराछोरी प्रहरीमा सेवारत रहेर तलवमानबाट केही रकम काटेर खडा गरिएको गैरसरकारी निकाय प्रहरी कल्याणकोषबाट पम्प सञ्चालित रहेको जानकारी छ ।

Comments

comments

SHARE