-गोपाल फ्युबा तामाङ
१६, धादिङ साउन । धादिङको खनियावास गाउॅपालिका वडा नं ३ र ५ का जनताहरू वर्षामा आवतजावत गर्न डिस्योङ महभीर खोलामा काठेपुल निर्माण संगै खुशीयाली मनाएका छन् ।

वडा नं ३ का अध्यक्ष हरिलाल तामाङको प्रस्ताव र गाउॅपालिका अध्यक्ष रणबहादुर तामाङको समर्थनमा सो काठेपुल निर्माण योजना संगै आवतजावतमा सहज भएको भन्दै स्थानियहरुले खुसीयाली मनाएका हुन् । काठेपुल निर्माण नहुॅदा साविक दार्खा गाविसका वडा नं ५,६,७ र ८ का मानिसहरू साविकको सत्यदेवी गाविस आवतजावतमा कठिनाइ थियो ।

काम परे कि किम्ताङफेदी घुम्नु कि ब्युर्चेत घुम्नु पर्थ्यो मान बहादुर तामाङले आफ्नो भोगाइ सुनाए । खोला बढेपछि कुनै मुद्दामामिलाका कारण प्रहरी चौकी जानु परे काल आए सरह लाग्थ्यो, सत्यदेवी गोन्सीका चतुरमान तामाङले सुनाए ।

उक्त समस्यालाई नजिकबाट भोगेका वडा अध्यक्ष हरिलाल तामाङले आफु निर्वाचित भएको पहिलो वर्षको कार्यकालमा नै अति आवश्यक स्थानीय समस्यालाई समाधान गराए । सो पुल बनाउन स्थानीय श्रमदान समेत गरी दुई लाख पचास हजारको लागत लागेको निर्माण समितिका अध्यक्ष सम्प तामाङले बताए ।

धेरै पहिला सो स्थानबाट आवतजावत गर्न हिउॅदमा पनि कठिनाइ थियो । दार्खादेखि माथि रि र लापाका बासिन्दा नुवाकोटको विदूर बजार जाने मूख्य बाटो यही थियो । अन्य झार्लाङ सेर्तुङलगायतका भने गजिली कुरी म्हन्दङ ब्युर्चेत हुॅदै आवतजावत गर्दथ्यो ।

माध्यमिक तहको पढाइ बच्छलादेवीमा मात्र हुॅदा विद्यार्थीलाई दैनिक आवतजावत गर्नु कम सकस थिएन । सो समस्या देखेर समाजसेवी जम्नारोङ तामाङले महभीरको कोप्चेभिरमा सिंढी लगाइदिएका थिए । वहॉको स्वर्गारोहण पश्चात आज पर्यन्त मर्मतसंभार वहॉकै धर्मपत्नीबाट हुॅदै आएको छ ।

स्थानीय सरकारले ठूला-ठूला आयोजनामा मात्र नभई सामान्य तर अतिआवश्यक यस्ता योजनाहरू सम्पन्न गरेमा जनताको घर-आगनमा सिंहदरबार आएको अनुभूति गर्ने कुरा स्थानीय राजु तामाङले बताए ।

Comments

comments

SHARE