नाम्सादिम संवाददाता
राजधानीमा शनिबार भिक्षुणि लक्ष्मीकारा अर्थात गेलोङमा पाल्मो र न्युङ्नेको विषयमा प्रवचन दिएको छ । तामाङ बौद्ध महासंघका केन्द्रीय उपाध्यक्ष धर्मगुरु आचार्य सर्वजीत गोङबा तामाङले उक्त विषयमा प्रवचन दिनुभएको हो ।

कार्यक्रममा भिक्षुणि लक्ष्मीकाराले भोगेको दुःख संघर्षका साथै न्युङ्नेको इतिहालाई प्रष्ट पार्नुभएको थियो । यस कार्यक्रमलाई एकै दिनमा त्यस विषयमा प्रवचन दिन समय नपुगेको कारण चार भागमा विभाजन गरेर सञ्चालन गरेका थिए ।
प्रवचनको अन्तिम दिनमा नाम्सादिम छोरङान नेपालका केन्द्रीय सचिव फुर्साङ योञ्जन तामाङ, निरञ्जली थोकर तामाङ, एलिना तामाङ र सङ्गे डोमा तामाङलाई धर्मगुरु तामाङद्धारा सम्मान गरेका थिए ।
कार्यक्रम प्राचीन अनुवाद एकमात्री गुरु संघ नेपालको आयोजनामा भएको हो ।

Comments

comments

SHARE