-हर्ष स्याङ्बो/भक्तपुर
नेपालको इतिहासमा सबैभन्दा शोषित पीडित भएको जातिमध्ये तामाङ पनि हो। प्रोफेसर टुचीको कथन अनुसार स्रङचङ्गम्पोका वीर घोडसवारहरूले उत्तरी हिमालयन राज्यहरू नेपाल, सिक्किम, भूटान र आधा भारतवर्ष नै विजय गरी केही तिब्बत फर्किए र केही यतै स्थानीयबासीसित विहे गरी बसोबास गरे । मङ्गोल चङ्गेज खाँ र कुबलाई खाँ; जसले एशिया र आधा यूरोपमा विजय प्राप्त गरेका थिए । तिनै घोडसवारहरू नै तामाङ हुन सक्छन् भन्ने उहाँको विचार थियो । यो अनुसन्धानको विषय हो ।

नेपाल एकीरकणभन्दा अघि यहाँ मल्ल काल रहेको थियो । मल्लभन्दा अघि भने लिच्छवीहरूले शासन गरेका थिए । तिनै लिच्छवीभन्दा पनि अघि भने यहाँ किराँत राज्य थियो । नेपालमा किराँतहरूको प्रवेशसँगै तामाङ समुदायले काठमाडौंको वरिपरिका डाँडाकाँडाहरू फाँडेर बस्ती बसाएको बुझिन्छ । लिच्छवीहरू आएपछि किराँतीहरू पूर्वी पहाडतिर लागे र तामाङहरू काठमाडौं वरिपरि राज्य गरेर बसे । घोडसवार भएर तिब्बत आउनुअघि देखि नै तामाङ समुदायको बसोबास भएको प्रमाणित भएको छ । त्यसबखत यो भूमि स्याङसुङ राज्यभोट अन्तर्गत नै थियो ।

मङ्गोलियनहरूको उद्गमस्थल मङ्गोल प्रदेश नै हो । पाषण युगदेखि नै मङ्गोलियनहरू एशिया, दक्षिण अमेरिका रुस लगायतका स्थानहरूमा बसाईँ सर्दै पुगेका हुन् । तिनै मङ्गोलियनहरू कृषि युगअघि शिकार गर्थे । कन्दमुल खाएर घुमन्ते जीवन यापन गर्दथे । तिनीहरूले सात देखि आठ हजार वर्षअघि मात्र कृषि गरेर खान सिके । गाउँबस्तीमा रहन लागे ।

बूढानीलकण्ठमा रसियन पूरातत्त्ववेत्ताले उत्खनन् गर्दा पाषण युगमा मङ्गोल गोबीमा पाइने इ.पू. ३०,००० वर्षअघिको ढुङ्गे हतियार प्राप्त गरेका थिए । ती हतियारहरूले यहाँ मङ्गोलियनहरूको प्रवेश इ.पू. ३०,००० वषैदेखि नै भैसकेको भन्ने प्रमाणित गरिसकेको छ । ती घुमन्ते जीवन यापन गर्ने ढुङ्गे युगका मङ्गोलियनहरू यहाँ पनि घुम्दै आएका हुन सक्छन् । पछि तिनीहरूले यहाँ कृषि युगमा थालनी गरेको देखिन्छ । कृषि युगको थालनीसँगै मानव संस्कृति र साहित्यको विकास गरे । त्यसै क्रममा देखिएका चीनमा ग्रीस मेसोपोटियम र भारत सिन्धु नदीको मोहनजोदाडो सभ्यता प्रसिद्ध छ ।

आर्यनहरूका रामायण गीता तथा वेदहरू पनि यही सामन्त दास युगिन कालका हुन् । हिन्दूहरूको सनातनी धर्म, सभ्यता, संस्वृmति भाषाको विकास यही सामन्तवादी दास युगमा भएको हो । फ्रेडरिक एङ्गेल्सका कथनअनुसार बाह्य जगतका मानिस माथिका प्रभावहरू उसका मस्तिष्कमा अभिव्यक्त हुन्छन् । त्यहाँ भावना, चिन्तन संवेग, इच्छा र संक्षेपमा मानसिक प्रवृत्तिहरूको रूपमा परिवर्तित हुन्छन् । मानिस सधैँ प्रवृmतिसँग सङ्घर्ष गर्दै आए । सोहीक्रममा उनीहरूले सिक्तै आए ।

तामाङ जातिको सन्र्दभमा काठमाडौंको वरिपरि रहेका नुवाकोट, रसुवा, धादिङ, काभ्रे, सिन्धुपाल्चोक र मकवानपुर आदि जिल्लाहरूमा बाक्लो बसोबास रहेको छ । त्यत्तिमात्र होइन पूर्वमा काँगडादेखि पश्चिममा आसामको अरुणाञ्चलसम्म पैmलिएका तिब्बतीमूलका मङ्गोलियनहरू पनि तामाङ (भोटे) कै परिवारभित्र पर्दछन् भन्नुमा कुनै फरक छैन । मुख्य कुरो तामाङहरूको उत्पत्तिको मूला थलो मङ्गोल नै हो र मङ्गोलबाट बसाइँ सर्दै हजारौं वर्षदेखि एशिया, युरोप र दक्षिण अमेरिकासम्म पनि फैलिएका हुन् ।

१७ औंदेखि १९औं शताब्दीसम्ममा यूरोपियनहरूले मध्ये इङ्गल्याण्ड, स्पेन साथै डच मुलुकहरूमा व्यापार गर्ने निहुँमा एशिया, अफ्रिका र अमेरिकन मुलुकहरूमा उपनिवेश बनाउन लागे । त्यही शिलशिलामा East India Company नामाकरण गरी सोह्रौं शताब्दीदेखि नै भारतमा आएर व्यापार लागे । त्यसबेलाका भारतमा फुटाऊ र राज्य गर (Divide & Rule) तथा भन्ने कूटनीति लिएर अङ्ग्रेजहरूले उपनिवेश विस्तार गरे । शुरूमा तिनीहरूले धेरै स–साना राज्यहरू जस्तै ः बङ्गाल, मद्रास र विहारबाट प्रवेश गरे । पूरै भारतलाई आफ्नो बशमा पार्न सफल भए ।

विश्वमा उपनिवेशको होडबाजीजस्तै चलेको थियो । नेपालमा पनि पृथ्वीनारायण शाहले आफ्नो सानो गोर्खा राज्यलाई विस्तार गरे । एकीकरणको क्रममा यहाँका मूलबासी तामाङ, गुरुङ, राई र लिम्बु जस्ता आदिवासी जनजातिको गणराज्यहरू र किपटभूमिहरू निर्दयीतापूर्वक दमन गरी खोसेर लिए । सोहीक्रममा बाइसे, चौबीसे राज्यहरू हुँदै पश्चिम काँगडादेखि पूर्वमा टिस्टासम्म एकीरकण गरे । अतः ब्रिटिस साम्राज्यवादीहरू र गोर्खा साम्राज्यवादीहरूको बीच आफूहरूले जितेका भूमिहरूलाई लिएर वैमनस्य पैदा हुनु स्वाभाविक थियो । परिणामतः दुवै पक्षबीच युद्ध भयो । सन् १८१६ मा सुगौली सन्धि पनि भयो ।

इतिहासलाई फर्केर हेर्ने हो भने– मुसलमानहरू भारत प्रवेश गरेपछि हिन्दू धर्मावलम्बी आर्यहरूमाथि आक्रमण र दमन गर्न थाले । त्यसपछि राजपुतना र पञ्चावमा रहेका हिन्दूहरू उत्तरी हिमालयन पहाडहरूमा पलायन हुन लागे । यस पहाडी इलाकाहरूमा स–साना गुरुङ, मगर, तामाङ अन्य गणराज्यहरू थिए । काठमाडौंमा लिच्छवीहरू तथा नेवारहरूको राज्य थियो । त्यसअघि तामाङहरू कै बसोबास भएको पाइन्छ । सन् १७९५ मा भारतबाट कर्नवालिसले कर्नेल किक प्याट्रीकलाई यहाँ नेपाल र तिब्बतको झगडामा मध्यस्थता गर्न पठाएका थिए । त्यति बेला कर्नेल किक प्याट्रीक स्वयम्भूको फाँटमा पाल गाडेर बसेका थिए । सोही शिलशिलामा उनले नेपाल सम्बन्ध एउटा राम्रो दस्तावेज तयार पारेर East Indian Company लाई पेश गरेका थिए । हाल त्यो पुस्तकको रूपमा उपलब्ध छ । जसको नाम हो । .  An account of the Kingdom of Nepal . An account of the Kingdom of Nepal त्यस पुस्तकको पृष्ठ नं. १४ यसरी लेखिएको छ ।

‘Sambhunath is a very ancient edifice, having it would seen, been erected when Nepal was ruled by race of Tibetans who being subsequently expelled by Newars, oftained the name of Kham Bhotias or (Bhootias of Kathmandu) which they preserve in this day, occupying the mountains of theKulhar but principally the part of range situated at the…’

अर्थात् स्वयम्भू अति प्राचीन मन्दिर हो । यसको निर्माण भूटिया तथा तामाङहरूले राज्य गर्दा भएको थियो । पछि नेवारहरूले तामाङलाई पराजित गरेपछि उनीहरू यस उपत्यकाको काठ तथा पहाडहरूमा बसोबास गरेका हुन् । यस कुराको प्रमाण त अझैँ तामाङहरू काठमाडौं उपत्यकालाई यम्बु नै भन्दछन् । यम्बु भन्ने नाग काठमाडौं पोखरी बस्थे । मञ्जुश्रीको नेतृत्वमा चोभारको डाँडा काटेर पानीलाई निकास दिई तामाङ समुदायले नै यहाँ बस्ती बसाएका थिए । यससम्बन्धमा अझै इतिहास तथ्य प्रमाणहरूको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न सकिरहेको छैन ।

तामाङ जातिलाई नेवार भनिएको लिच्छवीहरू आएपछि वा किराँत कालमा नै हो किटेर भन्न सकिएको छैन । वास्तवमा स्रङचङ गम्पोले ७ औं इस्वीमा तिब्बत एकीकरण गर्नुभन्दा अघिदेखि स्याङसुङ राज्य अन्तर्गत यो उत्तरी हिमालयनका काखमा रहेको भू–भाग तिब्बतकै अधिनमा थियो । २५० वर्षपछि मात्र पृथ्वी नारायण शाहले एकीकरण गर्दा यो गोर्खा साम्राज्य अन्तर्गत आएको थियो । तामाङ पनि तिब्बतीयन विभिन्न जातिहरूमध्येको एक हो । तिनताका यी भू–भागहरू जङ्गलै जङ्गलले ढाकेको थियो र जनसङ्ख्या पनि निकै कम मात्र भएको हुनुपर्दछ ।

विद्वान लेखक परशुराम तामाङको अनुसार १७ औं शताब्दीको प्रारम्भमा गोर्खाको मगर राज्यलाई षडयन्त्रपूर्वक लिएर हिन्दूहरूले हिन्दूराज्य खडा गरे । त्यसबेला पहाडी राज्यहरूमा पशुपालन र सरुवा खेती तथा shifting agriculture को विकास भैसकेको थियो । गोर्खालीहरूको आँखा अब कसरी यो काठमाडौं, भक्तपुर र पाटनको उपत्यका लिने भन्नेमा थियो । कारण भारत, चीनबीच हुने व्यापारको मूल केन्द्र यही थियो । गोर्खा साम्राज्यको विस्तारकाल सन् १७४४ मा नुवाकोट विजयपछि शुरू भयो । मुख्यतः नुवाकोट, काभ्रे, सिन्धुपालचोकमा तामाङ जातिको स–साना गणराज्यहरू र किपट थियो । तामाङ जातिसँग कुनै सङ्गठित सैनिक बल पनि थिएन । उनीहरूले सजिलैसँग किपट र राज्यहरू खोसेर तामाङलाई बिस्थापित र उनीहरूको किपट काठमाडौं वेदखल गरे । नुवाकोटपछि १७४८ मा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक तथा पूर्वका अन्य इलाका कब्जा गरी तिब्बत र नेपालको व्यापार गर्ने बाटोहरू बन्द गरी दिए र १७६२ मा मकवानपुर कब्जा गरी भारतका विभिन्न बाटो हुने व्यापारहरू नियन्त्रण गरे । १७६९ मा नेपाल खाल्डो विजय गरेर गोर्खाबाट काठमाडौंमा आएको राजधानी सारे । १७९० मा कुमाउ, १८०३ मा सतलज र १८०८ मा गोर्खालीहरू काँगडासम्म पुगे ।

गोर्खालीहरूले राज्य विस्तार गर्नको मुख्य उद्देश्य अधिकृत क्षेत्रहरूमा सुदृढ शासन स्थापित थियो । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सैनिक शक्ति बढाउने र राजस्व सङ्कलन गर्ने र गोर्खा राज्यको राजस्व शक्ति बढाउनको लागि गुठी, विर्ता जागीर प्रथा स्थापित गरे । तामाङहरू किपटका जग्गाहरू गोर्खालीहरूले आफ्नो निजामती र सैनिकहरूलाई गुठी र विर्ता दिएको हुनाले ती तामाङहरू मोही र शोषित किसान हुन पुगे । त्यसपछि विशेषतः तामाङहरूलाई भोटे भनेर गोर्खाली फौजमा नलिएर फगत पिपामा परिणत गरे ।

तामाङहरूको गढा राज्य किपटहरू अतिक्रमण गरेपछि स्वतन्त्र किसानहरूको उन्मूलन भयो र राज्य समर्थकहरू मध्ये उच्च जातिका जागिरदार तथा गुठियारको रूपमा बाहुन तथा क्षेत्री ठकुरी कुलीन वर्गका सदस्यहरू जमीन मालिक र किपटवालाहरू मोही भए । गोर्खा एकीकरणले तामाङहरूलाई जमीनको मालिकबाट दास परिणत ग¥यो । अङ्गे्रजहरूले भारतमा उपनिवेश कायम गर्न इसाइ धर्मलाई प्रवेश गराएका थिए । त्यसरी नै हिन्दूधर्मको साहारा लिएर गोर्खा साम्राज्यवादीहरूले प्रवेश गरे ।

एकीकरण अभियान अघि यहाँका तामाङ, गुरुङ, मगर, राई र लिम्बु समुदाय प्रायः सबै आ–आफ्नो स्वधर्म मान्थे । तामाङ (भोटे)हरू बोन र बौद्धधर्म मान्थे । यिनीहरूका जातीय भेदभाव विहीन समृद्ध समाज थिए । हिन्दू धर्मशास्त्रमा मानव उत्पीडनका सन्दर्भहरू धेरै छन् । गोर्खा शासकहरूले आफ्नो शासन सुदृढ गर्नका लागि यहाँका अहिन्दूहरूलाई हिन्दूकरण गरे ।

कुनै पनि चिन्तन पद्धति समाज विकासको खास चरणमा देखिने गर्दछ । समाज परिवर्तनको क्रममा त्यसको विचार समाजिक मूल्य र मान्यतामा पनि परिवर्तन आउने गर्दछ । हिन्दूशास्त्रहरू सामन्तवाद र दास युगीन चिन्तनमा आधारित थिए भन्न सकिन्छ; किनकी धर्मशास्त्र र साहित्यमा तत्कालीन समय र सामाजिक परिवेशको बिम्ब झल्किएको हुन्छ । हिन्दूधर्मका बहुप्रचलित मनुस्मृति र पाराशर स्मृति आदि ग्रन्थहरूले यही तथ्यलाई पुष्टि गरेका पाइन्छन् । मनुस्मृति दास युगीन साहित्य हो भन्ने कुराको प्रमाण स्वरूप निम्न त्यसमा उल्लेखित श्लोकलाई लिन सकिन्छ । जस्तैः– (१) ‘शुद्र कार येत् दास्य क्रीत अकौत मेव’ अर्थात् चाहे किनको होस्, चाहे नकिनेको होस् । शुद्र जातिको मानिसबाट दास कर्म नै गराउनु पर्छ । (२) ‘भार्या पुत्रश्च दास च त्रय एक्धना स्मृताः यत्रु समधि गच्छयन्ति यस्य ततस्य तद्नम’ अर्थात् आफ्नी स्वास्नी नावालिग छोरा र दासहरू भनेका मालिकका सम्पत्ति हुन् । यिनीहरू जसको पासमा हुन्छ; तिनीहरूकै सम्पत्ति मानिन्छ ।

हुन त नेपालमा लिच्छवीहरूसँग–सँगै हिन्दूधर्मको प्रवेश भएको हो । जङ्गबहादुरले वर्णाश्रम धर्म लागु गराएपछि भने यहाँका जनताहरू श्रम विभाजन, शासन र अत्याधिक धार्मिक, सामाजिक, राजनैतिक शोषणमा पर्न थाले । हिन्दू समाजमा अघिदेखि नै छुवाछुत, विभेद र मानवीय शोषण जस्ता कुरीतिहरू थिए । यहाँका आदिवासी जनजातिहरू यी सबै कुसंस्कार, कुरीतिबाट मुक्त थिए । यहाँका गणराज्यहरूमा परापूर्वकालदेखि नै मातृसत्तात्मक प्रशासनिक र साङ्गठानिक व्यवस्थाहरू प्रचलनमा थिए । पुरुष र स्त्रीमा विभेद थिएन । शोषण थिएन । आर्थिक आधारहरू स्वाबलम्वी थिए । कुनै किसिमको कुरीति,कु–संस्कार थिएन । विभेदमुक्त स्वछन्द समाज थियो ।

वर्णाश्रम धर्मले समाजमा फूट गराएर ऊँच–नीच, छुवाछुत, लैङ्गिक विभेद र वर्गीय शोषण जस्तो अमानवीय प्रचलनहरू समाजमा प्रतिपादन ग¥यो । हिन्दू धर्मशास्त्र मुख्यतः सामन्ती र दासयुगीन कालमा लेखिएको हुनाले यो धर्म अत्यन्तै मानव विरोधी र मानव पीडक छ । सन् १८४५ मा जङ्गबहादुरले मुलुकी ऐन बनाएर गोर्खा साम्राज्य अन्तर्गत बस्ने सबै जनतालाई हिन्दूकरण गरी शासन गरे । हिन्दूधर्म अनुसार मानवजातिको सृष्टि ब्रह्माले गरेको हो । ब्रह्माले बाहुनलाई मुखबाट, क्षेत्रीलाई पाखुराबाट वैश्यलाई पेटबाट र शुद्रलाई खुट्टाबाट सृष्टि गरेको भनी ऋग्वेदमा उल्लेख गरिएको छ ।

ऋग्वेद र मनुस्मृति जस्ताशास्त्रहरूको अध्ययन गर्दा यो धर्म साह्रै अमानीय शोषण उन्मूख देखिन्छ । बाहुनलाई मुखबाट सिर्जना गरेको हुनाले अति उत्तम् वर्गमा गनियो । त्यसैले उनीहरू बिना कर्म समाजमा ठूला भएर बस्न थाले । तिनीहरूलाई शुद्रहरूले कठोर श्रम गरेर खुवाउनु पर्ने भयो । बाहुनको विरोध गर्नसमेत धर्मतः निषेध गरियो ।

शाह वंशको प्रवेशअघि काठमाडौं उपत्यकाको चारैतिर तामाङ गणराज्यहरू थिए । त्यसैले काठमाडौंलाई हात पार्न पृथ्वीनारायण शाहलाई धेरै गाह्रो थियो । कूटनीतिक चालबाजीका धनी पृथ्वीनारायण शाहले पहिले तामाङ गणराज्यहरूलाई एकपछि अर्को गर्दै सिध्याउँदै लग्यो । त्यसरी आफ्नो बशमा पारिएपछि त्यहाँका स्थानीय भूमिपुत्र तामाङ समुदायमाथि चर्को शोषण र दमन पनि ग¥यो । जङ्गबहादुरले पनिसर्वप्रथम मुलुकी ऐन १८५४ मा जारी ग¥यो । सोही ऐनको आधारमा उनले तामाङ (भोटे)हरूलाई जबरजस्ती हिन्दूकरण गरे ।

देशमा वर्णाश्रम व्यवस्थामा आधारित जातीय विभेदहरूलाई कानुनतः मान्यता प्रदान गर्दै लग्यो । बाुहन र क्षेत्रीहरू उपल्लो जातका भए । त्यसपछि वैश्य व्यापारी भए र अन्य जनजातिहरू शुद्र भए । शुद्रहरूमा पनि कामी, दमै र सार्की जस्तालाईछोइछिटो हाल्नुुपर्ने नियम बनायो । अन्य तागाधारीमा ठकुरी, क्षेत्री, बाहुन र जनजातिहरू मगर, गुरुङ, तामाङ आदिमा पनि कोही मासिने र कोही नमासिनेमा परे । मासिनेहरूलाई दासहरू बनाउन र किनबेच गर्न पनि सकिने भयो । नमासिने मगर, गुरुङलाई सैनिकमा जागिर दियो तर तामाङहरू मासिने जातिमा परेको भन्दै सैनिक तथा निजामतिमा जागिर बन्देज लगाए । त्यसपछि तामाङलाई पिपामा राखी गोश्वारामा सैनिकहरूको भारी बोक्ने काममा लाद्नसम्म लादे ।

१८१६ मा ब्रिटिसहरूसँग सन्धि भएपछि ब्रिटिसले गोर्खा पल्टनको स्थापना गरेका थिए । त्यसमा पनि विशेषतः तामाङ समुदाय सदस्यलाई भर्ना हुन रोक लगाए । पूर्व नं. २ पश्चिम १ नं. धादिङ, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, कहीँबाट पनि तामाङलाई भर्ना हुन दिएनन् । तैपनि तामाङ समुदायका केही युवाहरूले भने गुरुङ, मगर आदि भन्दै जात ढाँटेर गोर्खा फौजमा भर्ती भएका थिए । तत्कालीन शासकहरूले तामाङ जातिमाथि यत्तिधेरै अन्याय गरे कि–तामाङ चेलीबेटीहरूलाई दरबारमा ल्याएर यौनदासी नै बनाए । तामाङका सन्तानलाई दरबारमा हुक्के, ढोके र पाले जस्ता जागिर दिएर चर्को श्रम शोषण गरिरहे । यो शिलशिला करिब २०० वर्षसम्म कायम रह्यो । ती घोडचढी सिपाहीहरूका वीर सन्तानलाई पिपा र खलासी बनाएर गरीब भीख माग्ने समुदायमा परिणत गराएर छाडे । यो कस्तो विडम्बना ? अतः तामाङ (भोटे) जातिले ताम्सालिङ राज्यको एकल जातीय पहिचानसहितको राज्य मात्र होइन २५० वर्षसम्म अमानवीय शोषण गरे वापत् क्षतिपूर्तिको माग पनि गर्नु पर्दछ ।
समाप्त

Comments

comments

SHARE