-नाम्सादिम संवाददाता
शैलुङमा निर्माणाधीन बोधीचैत्य झ्याङछ्युव छ्योर्तेनको लागि स्वायम्भू निवासी पाँचधाराका दावा छिरिङ तामाङले आर्थिक सहयोग गरेका छन् । उक्त रकम बुधबार तामाङ गोन्पामा श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछे तामाङ ज्यूलाई रु २५,००० रुपैयाँ प्रधान गरेका थिए ।

नेपाल शसस्त्र प्रहरी सही समेत रहेका तामाङले शैलुङ जस्तो पवित्र ठाउँमा निर्माणाधीन छ्योर्तेनलाई आफुले सहयोग गर्न पाउँनुमा धेरै भाग्यमानी ठानेको बताए । उनले थपे,‘रामेछाप र दोलखाको संगमस्थलमा रहेको शैलुङको विकट ठाउँ धार्मिक तवरले महत्वपूर्ण रहेकोले सबैले साथ सहयोग गर्नुपर्ने बताए ।’

दावा छिरङ तामाङ

तामाङले धार्मिक वा विभिन्न काम कार्यमा विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेका छन् । बर्खको समय भएपनि निर्माणाधीन छ्योर्तेन निर्माण कार्य भइरहेको निर्माण पक्षले नाम्सादिमलाई जानकारी दिएको छ । छ्योर्तेन निर्माण कार्य हाल बुम्ब मुनिको शेएरवालको तेस्रो तहमा पुगेको छ ।

Comments

comments

SHARE