-सजना गाेले तामाङ

कति अतुरी थिए म
तिम्रो अगनीमा लुट्पुटाउन
जति तिमि थियौ
मेरो आगमनको पर्खाइमा
मानौ हजारौ युग पछि
हाम्रो मिलन हुँदैछ
एउटा सगरमाथाको शिखर
टेके जस्तै मनमा कता कता
अग्लिएको भान भैरहेथ्यो
बाट्टै भरी ठिङ्गा उभिएका
बुढो चिलाउनेका रुखहरु
मलाइ नै हेर्दै थिए
अँखा तन्काइ तन्काइ
उनिहरुका एक जोर अँखा
ति आखंहरुमा प्रेमको सदभाव
झल्कीरहेको अभाष हुन्थ्यो
मन तेसै तेसै फुरुङ्ग थियो
लाग्दैथ्यो उनिहरु बर्षौदेखि
आफ्नोको पर्खाइमा बसे झै
उनिहरुको मौनताको भाषा बुज्दैन
यहाँ
म निस्तब्ध भए
यो देखावटी मात्रै हो कि ?
मनमनै सोचे तिम्रो बचन पुरा गर्न
सकुला कि नसकुला
पानाका बोटहरु हात हल्लाउदै थिए
मलाइ नै इसरा गरे झै
काफलेहरु रातो दात मुस्कुराउदै
मलाइ सोद्दै थिए
काडाहरु पन्छाउदै ऐसेलु र चुत्रोका दानाहरु
लटरम्म देखिन्थे
म अपरिचित
थोरै नजर जुदाए
कसैले देखिएला झै गरि
उसको हासोमा अलि मुस्कुराइ दिए
उता माथी भेडा बख्राका बथानहरु
मलाइ नै गोठाले झै हेरिरह्यो
म बडो अ्चमित भए
हैन
यति छोटो समयमा
कसरी प्रिय् भए
म अनविज्ञ थिए
बाल्यकालमा ओठ कालै हुने गरि
पाना खाएको दिनको कल्पना गरे
सोचे
सरकार किन
उनिहरुको अँखामा अँखा जुदाउन सक्दैनन
उनिहरुको बोलि किन सुन्न सक्दैनन
उनिहरुको हासोलाइ किन हेर्न सक्दैनन
हरिया ति डाडाका थुम्कोहरु नजरअन्दाज गर्दै थिए
ताकी कसैले उनिहरुलाइ
दिल खोलेर हास्न दिएका छैनन
ओठ खोलेर बोल्न दिएका छैनन
खबरदार
उनिहरुको हासोमा
कसैले छेकबार लगाउन पाउदैन
उनिहरुको बोलिमा कटुता
मिसाउन पाउदैन
म त भन्छु
तिमिहरुको थुम्कोहरुले दिल खोलेर हास्न पाओस
निरधक्क तिमिहरुको
सुन्दता देखाउने अवसर मिलोस
प्रिय गुफा डाडा तिमिलाइ
हृदयभरीको मिठो प्रेम

Comments

comments

SHARE