-ङिमा पाख्रिन

न्युयोर्क/ न्युयोर्कमा एक दिने बुद्ध दर्शन सम्बन्धी प्रवचन हालै सम्पन्न भयो । तामाङ समाज न्युयोर्कले आयोजना गरेको कार्यक्रममा श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पाेक्षेज्युले उपस्थित तामाङ जनसमुदायलाई बौद्ध दर्शन र हाम्रो जीवन सन्दर्भमा प्रवचन दिनु भयो । यसका साथै सामुहिक रुपमा विश्व शान्तिको लागि प्रार्थना गर्दै रिन्पाेक्षेले उपस्थित जनसमुदायलाई अभिषेक प्रदान गर्नु भयो ।

आयोजक संस्थाका सचिव दिपेन्द्र मोक्तानले संचालन गरेको कार्यक्रममा रिन्पाेक्षेसँग सम्बन्धित बिषयवस्तुमा खुला छलफल समेत गरिएका थिए । जनसमुदायबाट राखिएका जिज्ञासाहरुलाई सम्बोधन गर्दै रिन्पाेक्षेले सकरात्मक सोचले करुणामय ब्यबहारको विकास हुँदै जाने र यसबाट रिस, राग, मोह, ईर्ष्याको मात्र घटाउँदै लगी जिवन सरल र शान्त बनाउँदै एक आपसमा मित्रभाव बढाउँने सूत्र बताउँनु भयो । तामाङ समुदायमा बोन धर्म र बुद्ध धर्म बिच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै रिन्पाेक्षेले दर्शनको अध्ययन र धर्मको अभ्यासले बुझ्न सजिलो बनाउँने बारेमा प्रकाश पार्नु भयो ।

तामाङ समाज न्युयोर्कका अध्यक्ष गोमा योञ्जनले रिन्पाेक्षे, तामाङ समाज ग्रेटर वाशीङटनका अध्यक्ष उत्तर दोङ लगायत उपस्थित समुदायका सम्पुर्ण सहभागीहरुलाई आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामा, संस्थापक अध्यक्ष सुवास लामा, कोलोराडोबाट बाैद्ध दर्शनका अध्येता अक्कल पाख्रिन लगायत उपस्थित रहनु भएको थियो ।

Comments

comments

SHARE