-नाम्सादिम संवाददाता

तामाङ चलचित्रको बजार ब्यवस्थापन तथा तामाङ चलचित्र सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम तामाङ चलचित्र संघ र चलचित्र विकास बोर्डले आयोजना गरेको हो ।

गोष्ठीमा चलचित्र निर्देशक अरुण जोसी र क्यामरा म्यान नारायण जिसीले बजार ब्यवस्थापन र क्यामरा कसरी चलाउँने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनार, मातृभाषा चलचित्र प्रबद्र्धन विकास बोर्डका ज्योतिराज राई, चलचित्र कर्मी तथा पत्रकार दिपेन्द्र दोङ, कलाकार भुइसाल तामाङ, नायक सागर घिसिङ, अमिर दोङ, निर्देशक विनय दाेङ, नायक कुमार मोक्तान, खलनायक विकु थोकर, तामाङ चलचित्र संघका अध्यक्ष जेनिस दोङ, नायिका सुनिता लुङबा लगायत चलचित्र कर्मीहरुले सहभागि जनाएका थिए ।

कार्यक्रममा सुनारले चलचित्रकर्मी एक भएर राम्रो चलचित्र निर्माण गरेमा बोर्डले पनि प्रदर्शनका लागि पहल गर्नुपर्ने ठाउँमा पहल गरेर सहयोग गर्ने बताएका थिए । यस्तै ज्योतिराज राईले सेन्सर बोर्डले आदिबासीको चलचित्र काट्ने कानुन नरहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष जेनिस दोङले चलचित्र कर्मीहरु एक भएर अगाडि बढ्न सकेमा मात्र तामाङ चलचित्रको उत्थान हुने बताएका थिए । कार्यक्रम सञ्चालन संघका सचिव रोशन फ्युबा तामाङले गरेका थिए । कार्यक्रमको कार्यक्रमको अन्तिममा सहभागि सबैजनालाई प्रमाण पत्र प्रधान गरेका थिए ।

Comments

comments

SHARE