-नाम्सादिम संवाददाता

न्यूयोर्क – अमेरीकाको न्युयोर्कमा हालै सम्पन्न तामाङ समाज न्युयोर्कको साधारण सभाले गोमा योञ्जन तामाङलाई अध्यक्ष पदमा चयन गरिएको छ । इतिहासमा पहिलो पटक न्युयोर्कमा महिलाले नेतृत्व समालेकी हुन् ।

साधारण सभाले कार्यसमितिको उपाध्यक्षमा निमा गोले तामाङ, सचिवमा दिपेन्द्र लामा तामाङ, कोषाध्यक्षमा रमला तामाङ, सह–कोषाध्यक्षमा माया लामा तामाङ, सह–सचिवमा रोज लामा तामाङ रहेका छन् ।

यस्तै सदस्यहरुमा भने निमा लामु लामा, सृजना लामा तामाङ, लाल तामाङ,नुर्वु लामा र विजय नोर्देन तामाङ रहेका छन् । समितिमा थप दुईजना सदस्यहरु भने अध्यक्षले मनोनित गर्न पाउँने ब्यवस्था रहेको छ ।

नवगठित कार्यसमितिका पदाधिकारुहरुलाई गत जुन् ३० तारिख निर्वाचन कमिटी अध्यक्ष ङिमा पाख्रिन तामाङले सपथ ग्रहण गराइएको थियो ।

Comments

comments

SHARE