–नाम्सादिम संवाददाता
तामाङ गीतको भिडियो ‘ए बिना ङा’ राजधानीमा शुक्रबार सार्वजनिक गरिएको छ । बौद्धको पिपलबोटमा एक कार्यक्रम गरेर कलाकार र पत्रकारहरुको बीचमा भिडियो सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा स्मारिका थिङ तामाङ र नायक सागर घिसिङ तामाङले अभिनय गरेका छन् । स्मारिका सञ्चार क्षेत्रमा काम गर्दै आएकी थिइन भने घिसिङ तामाङ चलचित्रमा नायकको भूमिकामा अभिनय गर्दै आएका थिए ।

गीतमा शब्द कुमार स्याङबा तामाङ, स्वर जीतु लोप्चन तामाङ र आर के योञ्जनको रहेको छ । गीतको निर्देशन अजय स्याङतान तामाङले गरेको छ भने संगीत निमा दोङले भरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ चलचित्रका खलनायक विकु थोकर तामाङ, नायक कुमार मोक्तान, विश्व दोङ, विशाल काल्तन, रोशन फ्युबा लगायतले उपस्थिति जनाएका थिए ।

तामाङ गीतको भिडियो छायांकन सुर्य लामा र दिपेन्द्र भट्टले गरेका हुन् भने निर्माणका लागि सहयोग पम्फा तामाङ र छेसाङ घिसिङ तामाङले गरेका हुन् ।

भिडियोलाई लप्सङकर्पो म्युजिक सेन्टरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । नायक तथा भिडियोको नायक सागर घिसिङको अध्यक्षतामा सम्पन्न गरेको कार्यक्रमको स१चालन सुदिन दोङ तामाङले गरेका थिए ।

Comments

comments

SHARE