-राम तामाङ
“प्रबासमा जातिय संस्थाहरू बीच सहकार्य तथा एकताकाे सवाल र पहिचानकाे अान्दाेलनमा फेानिजकाे भुमिका” बिषयक एक दिने अन्तरकृया कार्यक्रम आईतवार टोक्योको शिनओबुकु स्थित टोक्यो रोधी क्लबमा सम्पन्न भएकेा छ ।

फेानिज जापानका अध्यक्ष चसिला तामाङकेा सभापतित्वमा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथिमा नेपाल अादिबासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बु, बिशेष अतिथिमा पत्रकार महासंघ जापानका अध्यक्ष मेाहन घले रहेका थिए । कार्यक्रमकाे सहजीकरण एनअारएनए अाइसिसि सदस्य तथा जनजाति अगुवा अाेम गुरूङले गरेकाे हाे ।

अन्तरकृया कार्यक्रममा नेपाल अ।दिबासी जनजाति महासंघ जापानका पदाधिकारीहरू,जापानमा रहेका १० जातिय संघ संस्थाको अध्यक्ष ,प्रतिनिधिहरू,जातिय हकहितका लागि कृयाशिल जनजाति नेता अगुवाइ, पत्रकारहरूकेा बाक्लेा उपस्थिति रहेकेा थियाे ।

कार्यक्रममा उपस्थित जातिय संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले जातिय पहिचान प्राप्त गर्नका लागि जनजाति युवाहरूमा चेतनास्तरकाे बिकास हुनुपर्ने, जनजाति अधिकार तथा सवालसंग सम्बन्धित लेख रचना समेटिएकाे पुस्तक, सामग्री, प्रकाशन गरी अध्ययनमा जेाड दिनुपर्ने, बिदेशमा रहेकेा फेानिज संस्थाहरूले नेपालमा रहेका फाेनिजसंग सहकार्य गरी पहिचान र अधिकार प्राप्तिका लागि संचार क्षेत्रमार्फत महत्वपुर्ण भुमिका निभाउनु पर्ने र जापानमा रहेका जातिय संस्थाहरू एकजुट भइ जापानमा नेपाली समुदायहरूमा देखिएकेा बिबिध समस्याहरूबारे सामुहिक रूपमा छलफलगरी अघि बड्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

दिउसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म संचालन भएको सो कार्यक्रममा करिब ३० जना भन्दा बढी सहभागिहरूले सहभागिता जनाएका थिए । कार्यक्रम फेानिज जापानका सह-सचिव शशिकला मेाक्तानले संचालन गर्नु भएको थियो भने सचिव फुर्बा शेर्पाले कार्यक्रमको बारेमा जानकारी सहित स्वागत मन्तब्य राख्नु राख्नु भएको थियो ।

Comments

comments

SHARE