ल्होछार मेला गीतबाट दर्शकले सर्बाधिक रुचाएका जोडी सुष्मा र खेम फेरी सङ्गै देखिएका छन । गायक बिक्रम वाइबाको बैशालु जोवन गीतबाट फेरी एकसाथ भिडियोमा आएका हुन । ल्हाप्साङ्कार्पो म्युजिक सेन्टरको अफिसियल युट्युब च्यान्नल बाट सार्वजनिक गरेको बैशालु जोवन सबैले रुचाउने आशा गायक बिक्रम वाइबाले गरेका छन् ।

सङ्गे ब्लोन तामाङको शब्द, सन्जीव वाइबाको संगीत र बिक्रम वाइबाको स्वरमा सजिएको यस गीतलाई सुष्मा मोक्तान र खेम मोक्तानको अभिनयले झन सुन्दर बनाएको छ । रोशन फ्युबाको निर्देशन तथा सम्पादन र प्रकाश तामाङ छायान्कन अनि खेम मोक्तान स्वयम् ले नृत्य निर्देशन गरेका छन् ।

भिडियाे हेर्नुहाेला ।

खेम मोक्तान र सुष्मा मोक्तान पछील्लो समय सेलो म्युजिक भिडियोमा सार्बाधिक ब्यस्त छन् । त्यस्तै सुष्मा मोक्तान तामाङ चलचित्र क्षेत्रमा पनि उत्तिकै कृयाशिल छिन् भने खेम मोक्तान पनि भिडियो निर्देशन तथा अभिनय गर्न भ्याइ नभ्याइ रहेकाे माेक्तानले बताए ।
-हाम्राे मिडिया ग्रुपबाट साभार

Comments

comments

SHARE