तस्बिर अनिल तामाङ

–नाम्सादिम संवाददाता
काठमाडौं । राजधानीमा शनिबार अनलाइन सञ्चालक तामाङ पत्रकारको राष्ट्रिय भेला सम्पन्न भएको छ । तामाङहरुले सञ्चालन गरिरहेका अनलाइनहरुलाई अझै गुनस्तरीय बनाएर अगाडि बढाउनको लागि उक्त भेला गरेको हो ।

याम्बु टाइम्स र तामाङ आवाजले संयुक्त रुपममा आयोजना गरेको कार्यक्रममा पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जय गोले तामाङ, तामाङ संघका अध्यक्ष विष्णु मोक्तान, शैलुङ रिगसुम गोन्पाका महासचिव कुमार थोकर, शैलुङ अनलाइनका सम्पादक इन्द्र तामाङ, नायक अमिर दाेङ लगायतले उपस्थिति जनाएका थिए ।

उक्त कार्यक्रममा बोल्दै घिसिङले भने, ‘तामाङहरुले राजनीतिक अधिकारका मुद्दालाई उठाउन सक्नुपर्ने बतताएका छन् ।’ साथै उनले थपे,‘आज अनलाइनहरुको राष्ट्रिय भेला भएकोले कार्यक्रमबाट एउटा टिम बनाएर नै अगाडि बढ्न सके अझै मिडियाले तामाङ समुदायको मुद्दालाई सजिलै उठाउँन सक्ने बताउनुभयो ।’

अझै पनि राज्यले तामाङ समुदायलाई २०४० वर्षअघि जसरी तल्लो स्थानमा राखेर विभिन्न ठाउँमा तामाङहरुलाई दवाएको थियो अहिले पनि त्यही छ भन्ने खालको ब्यवहार देखाएको राज्यमन्त्रि पाख्रिनले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले तामाङहरुद्धारा सञ्चालित अनलाइनहरुको लागि आफुले सकेको साथ र सहयोग गर्ने बताउनु भयो ।

तामाङ सञ्चारकर्मीहरुले मनोरोञ्जनको विषयलाई भन्दा पनि ताम्सालिङको मुद्दालाई जोड दिएर धेरै जसो समाचारहरु प्रकाशन प्रशारण गर्न सक्यो भने धेरै राम्रो हुने गोलेले बताउनुभयो । गोलेले तामाङहरु एक भएर ताम्सालिङको लागि लड्ने हो भने ताम्सालिङ प्राप्त गर्न समय नलाग्ने बताउँनुभयो ।

औपचारिक काक्रम सकेपछि गोल्चे गोल्चे सञ्चारका प्रमुख सम्पादक प्रितम तामाङको संयोजनमा तदर्थ समिति गठन गरेको छ । उक्त समितिले सम्पूर्ण तामाङ पत्रकारहरुले सञ्चालन गरेको अनलाइनहरुलाई एक रुपता बनाएर साथ सहयोग दिने उद्देश्यले समिति बनाएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम सञचालन भने अर्जुन पख्रिन तामाङले गरेका थिए ।

Comments

comments

SHARE