-हिरामान बल तामाङ

महायान बौद्ध परम्परामा प्रज्ञापारामिता सूत्र अत्यन्त महत्वपूर्ण र श्रेयसकर मानिन्छ । हामी हिमाली बौद्धहरुको निम्ति यो सूत्र भगवान् बुद्धको सूत्रको सार अनि ज्ञानको सार भएकोले अत्यन्त कल्याणकारी र मोक्षप्रदाय छ । यस सूत्र पाठ गर्नाले अनेक प्रकारका दुःख, कष्टहरु शान्त हुनका साथै सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ ।

विभिन्न स्थानहरुमा यस महत्वपूर्ण सूत्र पाठ गर्ने क्रम परापुर्वक काल देखि हाम्रो समाजमा निरन्तर रुपले चल्दै आईरहेको छ । हाल यस सूत्रलाई शेर्पा किदुक गुम्बा संयुक्त राज्य अमेरिकाको न्यूर्योक शहरमा यो शनिबार देखि पाठ हुने खबर सुन्दा ज्यादै हर्षित र गौरवान्वित भएका छौं । सायद यो नै अति विकसित मुलुकमा भगवान् बुद्धको अत्यन्त गर्भिर तथा उच्चतम ज्ञानले भरिएको महत्वपूर्ण कल्याणकारी सूत्रको पाठ गर्न लागिएको पहिलो पटक होला ।

कुनै पनि वस्तुको स्वतन्त्र सत्ता हुर्दैन् । यदि कुनै वस्तुको रुप, रड्ड, अकार, प्रकार हुन्छ या प्रतिभासित हुन्छ भने त्यो केवल प्रतित्य समुत्पादको आधारमा मात्र सम्भव हुन्छ । शुन्यताको दर्शन भन्नु नै माथि उल्लेखित कुनै पनि वस्तुको स्वतन्त्र सत्ता परमार्थ रुपमा हुर्दैन भन्नु हो । यसको अर्थ कुनै पनि वस्तु हुर्दैन भनिएको होइन् तर एक–अर्कामा निर्भर रहेर मात्र उत्पन्न हुन्छ वा नामाड्ढन गर्न सकिन्छ भन्ने हो ।

यो प्रज्ञापारामिता सूत्र शुन्यताको दर्शनमा आधारित भएको हुँदा सर्वसाधारणले सहजै बुझन कठिन भएता पनि यस गम्भिर सूत्रलाई विश्वास वा श्रद्धाका साथ यसलाई श्रवण मात्र गर्नाले वा स्पर्श मात्र गर्नाले पनि अपार पुर्णय लाभ गर्न सकिन्छ । त्यति मात्रै होइन यस जुनिमा अनेक प्रकारका विध्न बाधाहरु हटेर जानुका साथै मृत्यु पछि सुखवती भुवनमा उत्पन्न हुनेछ ।

यस प्रकार भगवान् बुद्धको अत्यन्त महत्वपूर्ण तथा गम्भिर सूत्रलाई समय समयमा पाठ गर्न सके एकातिर आफ्नो धर्म, संकृति र परम्पराको पनि रक्षा हुनेछ भने अर्को तिर विध्न बाधाहरु हटेर जानुका साथै मनमा चिताएको सबै पुर्ण भई अपार पुण्य समेत लाभ हुने निश्चित छ ।

Comments

comments

SHARE