बिगत लामो समयदेखी मिडियामा काम गर्दै अाइरहेकी समुदायको निम्ति केही गर्छु भन्ने उच्च मनोबल बोकेकी हाम्रो टिभी युट्युब च्यानलकी प्रस्तोता स्मारिका थिङ तामाङ अाउनेदिनहरूमा मोड्लिङ्मा पनि देखिने भएकी छिन । आफ्नो पढाईलाई सङ्गसङै अगाडी बढाउँदै पेशाकै हिसाबले स्टेज कार्यक्रमहरु सन्चालन गर्दै अाइरहेकी छिन् ।

हाम्रो टिभिमा जनजातीभित्रका कलाकारहरुको अन्तरबार्ता लिनुको साथै हाम्रो मिडिया ग्रुपमा न्युज राईटर र रिपोर्टरको काम पनि गर्दै आएकी उनी म्युजिक भिडियोमा प्रवेश गर्ने भएकाे उनले बताइन् ।

भर्खरै मात्र ३ दिनको प्याकेजमा सुटिङ सप्पन्न भएको एउटा म्युजिक भिडियोमा नायक सागर घिसिङ सङ्ग उनले अभिनय गरेकी छिन । उक्त गीतको शब्द रचनाकार तामाङ चलचित्र जगतको अत्यन्तै उत्कृष्ट रचनाकार कुमार स्याङ्बाले गरेकाे हाे । भने संगीत गायक तथा संगीतकार निमा दोङले गरेका हुन् । गीतमा सवर गायिका जितु लोप्चन र नव गायक आर के योन्जन रहेका छन् भने उक्त गीतको निर्माता नायक सागर घिसिङले गरेकाे हाे ।

छिट्टै ल्हापसाङ कर्पो म्युजिक सेन्टर प्रा लि बाट भिडियो सार्बजनिक गर्ने भएकाे छ ।

Comments

comments

SHARE