–नाम्सादिम संवाददाता
शैलुङमा निर्माणाधीन बोधीचैत्य झ्याङछ्युब छ्योर्तेनका लागि बौद्ध तामाङ कल्याण गुठीको तर्फबाट रु. तीन लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार गुठीका अध्यक्ष खड्गजीत तामाङले शैलुङ रिगसुम गोन्पा सेवा समाजका महासचिव कुमार थोकरलाई चेक हस्तान्तरण गरिएको हो ।

यस्तै बौद्ध निबासी वरिष्ठ समाजसेवी गजेन्द्र कुमार लामा तामाङले रु. एक लाख पाँच हजार रुपैयाँ र गुठिका अध्यक्ष खड्गजीत तामाङले रु २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

निर्माणाधीन झ्याङछ्युब छ्याेर्तेन ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष तामाङले भने ‘दोलखा र रामेछाप जिल्लाको संगम स्थल शैलुङ जस्तो पवित्र स्थानमा निर्माण भईरहेको छ्योर्तेनलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी भएकाे बताउँनुभयो ।’ साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृिष्ट्रकोणले अति महात्वपुर्ण स्थलमा निर्माण भईरहेको झ्याङछ्युब छ्योर्तेनको निर्माण कार्य सफल बनाउँन समेत शुभकामना दिनुभयो ।

बौद्ध निबासी बरिष्ठ समाजसेवी गजेन्द्र कुमार लामा तामाङले सहयोग रकम हस्तान्तरण गर्दै भने, ‘यस्तो विकट अनि शैलुङ जस्तो हरेक हिसाबले महत्वपुर्ण ठाउँमा छ्योर्तेन निर्माण गर्नु धेरै राम्रो हाे ।’ साथै देश तथा विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुले निर्माण कार्य सम्पन्न गराउनका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्यूको सदिक्षा अनुरुप निर्माण कार्य शुरु गरेको झ्याङछ्युब छ्योर्तेनलाई सक्दो छिटो निर्माण कार्य सम्पन्न गराउनका लागि संस्थाको तर्फबाट सक्दो कोशिस गरिरहेको संस्थाका महासचिव कुमार थोकर तामाङले बताउनु भयो ।

शैलुङडाँडामा रहेकाे बाघ ढुङ्ग ।

Comments

comments

SHARE