-नाम्सादिम संवाददाता
असार २ गतेदेखि चलिरहेको सेलो नाट्य महोत्सव २०७५ सोमबार ४ गते तीन दिनपछि सम्पन्न भएको छ । पहिलो दिन असार २ गते फूलमान बलद्धारा लिखित ‘सोनाम ग्याल्मो’ नाटक मञ्चन गरेका थिए । उक्त नाटकमा जंगबहादुरलाई जारले काटेको कथा मिथलाई जोडिएको थियो । नाटकको निर्देशन भने सोनाम तामाङले निर्देशन गरेका थिए ।

दोस्रो दिन असार ३ गते अमृत योञ्जनको तामाङ रङ्गमञ्चको वर्तमान अवस्था बारे कार्यपत्र प्रस्तुत गरेपछि ‘ताचेमा’ लोक नाटक र ‘ङाला फ्रेङबोङला टा’ नाटक मञ्चन गरेका थिए । ‘ताचेमा’ लोक नाटकलाई गोपाल फ्युबाले निर्देशन गरेको थियो भने ‘ङाला फ्रेङबोङला टा’ शान्ति वाइबा तामाङले निर्देशन गरेकी थिइन् ।

महोत्सवको अन्तिम दिन ‘ताचेमा’ र ‘ल्हालिमो’ को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुभएपछि रोशन फ्युबा निर्देशित ‘ल्हालिमो’ र अमृत योञ्जनद्धारा लिखित ‘चारदम’ नाटक मञ्चन गरेका थिए । चारदामलाई निर्देशन भने निशा पाख्रिन र सन्तोष तामाङले निर्देशन गरेका थिए ।

पहिलो दिन कार्यक्रम उद्घाटन पूर्व संस्कृति तथा पर्यटन उड्यानमन्त्री आनन्द पोख्रेलले गरेका थिए । दोस्रो काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यले उद्दघाटन गर्न व्याए । यस्तै अन्तिम दिन सोमबार कानुनमन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका थिए । महोत्सव नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सेलो फउण्डेशन नेपालले आयोजना गरेका थिए ।

Comments

comments

SHARE