-नाम्सादिम संवाददाता 
विगत लामो समयदेखि तामाङ समुदायमा ताम्बाको भुमिका खेल्दै आउँनुभएका कृतधावा घिसिङ तामाङद्धारा लिखित पुस्तक ‘ताम्बा ह्वाइ’ शनिबार बिमोचन भएको छ । तामाङ ताम्बा संघ नेपालका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

उनको पुस्तकमा दोलखा शैलुङ गाउँपालिका वरिपरिको संस्कार अनुसारको विवाहमा ताम्बाले गाउँने गीतलाई जस्ताको तस्तै ल्याएका छन् ।

उनको पुस्तकमा खे ङ, ठुङ्सा बाप्सा, साङ सेरकेम लगायतको शिर्षकहरु समावेश गरिएको बताए । तामाङको पुस्तकलाई लामा टि. ग्याल्छेन तामाङ, कुरमार थोकर तामाङ, बाबु घिसिङ तामाङ, ध्यान बहादुर तामाङ, मणी पाख्रिन लगायतले विमोचन गरेको हो ।

शैलुङअनलाइनले आयोजना गरेको कार्यक्रमको अध्यक्षता श्यामलाल योञ्जन तामाङले गरेको थियो भने कार्यक्रम सञ्चालन अर्जुन बहादुर ग्लान तामाङले गरेको हो ।

Comments

comments

SHARE