-सुदिन लामा
भक्तपुर । काभ्रे नमोबुद्धका राजु तामाङ हाल आफ्नो खुट्टाको घुँडा मुनिको भागमा आएको घाउ खटिराका कारण हिँडडुल गर्न नसक्ने अबस्थामा पुगेकाे छ । कमाउँनु पर्नेमान्छे नै दुवै खुट्टामा देखिएको समस्यामा परेपछि परिवार धेरै समस्यामा परेकाे बताएकाे छ । वुबा, आमा, श्रीमती र एक ७ बर्षको अपागं छोराको जिम्मेवारी भएका लामा आफै थला परेपछि परिवारमा समस्या अाएकाे हाे ।

सा-सानो खटिराका रुपमा आएको घाउ बल्जीदै जाँदा हाल उनी उपचार समेत गराउन नसक्ने अवस्थामा पुगेको बताउँछन् । विगत आठ महिना देखि आफ्नाे दुवै खुट्टा चलाउन समेत नसक्ने अबस्थामा पुगेपछि लामा आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमा नै थलिएका थिए ।

यसरी थलिएर बसेकाे थाहा पाएपछि काभ्रे नमोबुद्व नगरपालिका वडा न ३ का २९ बर्षीय राजु तामाङको उपचारमा लाग्ने सम्पुर्ण रकम आफुले दिने योङ कम्युनिस्ट लिग नेपालको केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का श्रम तथा बैदेशिक रोजगारी संघको प्रमुख एवम् समाजसेवी कुमार लामाले गरिदिने भएकाे छ ।

बिगत आठ महिनादेखि उपचार गर्न नसकेर मृत्युसंग लडिरहेका तामाङलाई मध्यपुर अस्पताल थिमीमा उपचारका लागि लानेभएकाे छ । समाजसेवी लामाले सबै उपचार खर्च आफुले बेहोर्ने जनाउँदै धर्म कमाउन कतै जानु पर्दैन दिन दुःखीको सहयोग गरे प्राप्त हुने बताउँदै राजु जस्ता निरियको सहयोग गर्नु नै आफ्नो ठूलो धर्म भएकाे कारण आफुले सहयोग गरेकाे बताए । लामाले आफुले सकेको सहयाेग गरिबी दुःखी र वृद्ध आश्रम अनाथ बालबालिकाहरु सहयोग गर्दै अाएका छन् ।

तामाङको दुवै खुट्टामा सुरुमा सानो पानी फोका जस्तो आएको थियो उक्त घाउले दुवै खुट्टामा घुँडा भन्दा मुनिको भागमा सुनिएर उनी हिड्डुल गर्न सकेकाे थिएन ।

Comments

comments

SHARE